November 17, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

ब्राजिलियाली मजदुर पार्टीको छैटौं राष्ट्रिय अधिवेशन राष्ट्रपतिमा लुलालाई उम्मेदवार बनाउने निर्णय

साउ पाउलो, १९ जेठ। ब्राजिलियाली मजदुर पार्टीको छैटौं राष्ट्रिय अधिवेशन बिहीबार उद्घाटन भयो। अधिवेशनमा पार्टीका नेता तथा पूर्व राष्ट्रपतिहरू लुदुस दुनासियो लुला डा सिल्भा र डिल्मा रुसेफलगायतले सम्बोधन गर्नुभएको थियो। 

अधिवेशन सन् २०१८ मा हुने राष्ट्रपतीय निर्वाचनमा केन्द्रित थियो। अधिवेशनले पूर्व राष्ट्रपति लुला डा सिल्भालाई नै पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवार बनाउने निर्णय गरेको छ। 

अधिवेशन शनिबारसम्म चल्ने बनाइएको छ। अधिवेशनले स्वतन्त्र, धाँधलीरहित र प्रजातान्त्रिक निर्वाचनको माग गरेको छ। 

अधिवेशनमा फिडेल कयास्टो, चे ग्वेभारा, पूर्व भेनेजुयाली राष्ट्रपति ह्युगो चाभेजलगायत क्रान्तिकारीहरूका तस्विर राखिएका थिए। 

अधिवेशनमा पार्टी र पार्टी सम्बद्ध जनवर्गीय सङ्गठनहरूबाट १ हजारभन्दा बढी प्रतिनिधिको उपस्थिति थियो। 

अधिवेशनमा पार्टी प्रतिनिधिहरूले वर्तमान राष्ट्रपति माइकल टेमरको प्रजातन्त्रमाथि मडारिएको खतरालाई परास्त गर्ने रणनीतिबारे छलफल गरिएको बताइएको छ। 

अधिवेशनले ब्राजिलको प्रतिनिधिसभाका पूर्व सभामुख दुडुवार्डो कुन्हा, पूर्वसांसद एसियो नेभेस, वर्तमान राष्ट्रपति माइकल टेमर स्वयम् जनताको प्रजातान्त्रिक अधिकार हनन गर्ने षडयन्त्र, भ्रष्टाचार र घूसखोरीमा संलग्न रहेको निष्कष निकाल्दै तिनीहरूविरुद्ध अभियान चलाउने निर्णयसमेत गरेको छ। 

सम्मेलनलाई सम्बोधन गर्दै लुलाले भन्नुभयो –तिनीहरू विगतमा मैले गरेका हरेक राम्रा कामका निम्ति सजाय गर्न चाहन्छन्, जुन काम गरेर म अहिले पनि गौरवको अनुभूति गर्छु। मैले मेरो निर्दोषिता पटक–पटक सावित गरिदिएको छु। अब तिनीहरूको मूर्खता अन्त्य गर्ने समय आएको छ। यस देशले अरु बढी विध्वंसलाई स्विकार्न सक्दैन। 

अधिवेशनमा ब्राजिलियाली कम्युनिष्ट पार्र्टीका अध्यक्ष लुसियानो सान्तोसले मजदुर पार्टीसितको चुनावी गठबन्धन, ग्रामीण भूमिहीन कृषि मजदुरहरूको आन्दोलन र केन्द्रीय मजदुर सङ्घ तथा ब्राजिलको जनमोर्चाप्रतिको समर्थन पुनः जाहेर गर्नुभयो। 

सम्मेलनमा पूर्वराष्ट्रपति डिल्मा रुसेफले पनि जनमोर्चाको तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रुपमा लुलाको प्रस्तावप्रति पूर्ण समर्थन व्यक्त गर्नुभयो।