November 17, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

नाइजर मरुभूमि क्षेत्रमा चवालीस आप्रवासीको मृत्यु

नाएमी (नाइजर), १९ जेठ। उत्तरी नाइजरको मरुभूमि क्षेत्रमा गाडी बिग्रिएर अलपत्र परेका बालबालिका, महिलासहित ४४ जना सबसहारा क्षेत्रका आप्रवासीको पानी पिउन नपाउँदा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। 

अगादेजका नगरप्रमुख रिस्सा फेल्टोका अनुसार सबसाहरन क्षेत्रबाट लिबियाका लागि हिँडेका उनीहरूको मरुभूमि क्षेत्रमा गाडी बिग्रेपछि पानीको अभावमा मृत्यु भएको हो। सो क्षेत्र मानव तस्करहरूले अफ्रिकी आप्रवासीलाई ओहोरदोहोर गराउने क्षेत्र र यस्ता घटना यदाकदा यस पहिले पनि हुने गरेको उहाँको भनाइ छ। 

नाइजर रेडक्रस सोसाइटीले आप्रवासी शरणार्थीको मृत्यु भएको ठाउँबाट सूचना जम्मा गर्न टोली त्यसतर्फ खटाइएको जनाएको छ। 

नाइजर सुरक्षा स्रोतले उनीहरूको गाडी बिग्रेपछि पानी पिउन नपाउँदा गाडीमा यात्रारत सबैको मृत्यु भएको जनाएको 

छ। 

एएफपी