September 24, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

ईयूका जनताको अधिकार सुरक्षित गरिन्छ: मे

ब्रसेल्स (बेल्जियम), ९ असार। युरोपेली महासङ्घ (ईयू)बाट बहिर्गमनपछि पनि बेलायतमा बसोबास गर्दै आएका ईयूका जनताको अधिकारको सुरक्षाको प्रत्याभूत गरिनेे बेलायती प्रधानमन्त्री टेरिजा मेले बताउनुभएको छ। 

बिहीबार ब्रसेल्समा सञ्चारकर्मीसँग बोल्दै उहाँले भन्नुभयो, “ब्रेक्जिट कार्यान्वयनमा आएपछि पनि बेलायत बसोबास गर्दै आएका ईयूका जनताले पूर्णरूपमा आफ्ना अधिकारको प्रयोग गर्न वातावरणको सिर्जना हुने गरी आफूलेे योजना ल्याउन लागिएको छ।” यस विषयमा कोही चिन्तित हुनुपर्दैन। 

प्रधानमन्त्री मे ईयूका नेताहरूसँगको दुईदिने बैठकमा बे्रक्जिटबारे छलफल गर्न ब्रसेल्स आउनुभएको हो। 

यसैबीच जर्मन चान्सलर एन्गेला मर्केलले आफूहरू ब्रेक्जिट वार्तामा ईयूको भविष्यलाई प्राथमिकतामा राखेरमात्र अघि बढिने बताउनुभएको छ। बेलायती प्रधानमन्त्रीले ब्रसेल्समा ल्याउने भनिएको योजनाबारे आलोचना गर्दै भन्नुभयो, “मेरा लागि बेलायतबाहेकका २७ सदस्य राष्ट्रको भविष्य बेलायतको बहिर्गमनको विषयभन्दा महत्त्वपूर्ण रहनेछ। वार्तामा सहभागी हुन ब्रसेल्स पुगेपछि दिनुभएको प्रतिक्रयामा ईयूका प्रभावशाली नेता मर्केलले “बहिर्गमनभन्दा पहिले ईयूको भविष्यसँग जोडिएका मुद्दामा छलफल हुने बताउनुभयो। 

बे्रक्जिट फिर्ता हुनसक्ने: टस्क 

ईयू नेता तथा बेलायती प्रधानमन्त्री मे वार्ताका लागि जुटेका समय ईयू प्रमुख डोनाल्ड टस्कले भने रक गायक जोन लेननको 'कल्पना' को जस्तै बेलायत अझै ईयू समूह राष्ट्रमा रहनसक्ने सङ्केत गर्नुभयोे। 

“प्रक्रिया अझै पनि उल्टिने सम्भावना छ,” पोल्याण्डका पूर्वप्रधानमन्त्री रहनुभएका टस्कले आफ्ना केही बेलायती साथीहरूले ब्रेक्जिटबारे निर्णय उल्टिन सक्दैन भनी सोधेको प्रसङ्ग राख्नुभयो। “यसोभन्दा तपार्इंहरू मलाई सपना देखेको भन्नुहोला तर म त्योमात्र होइन।” 

ईयूको स्थापना असम्भव मानिएको सपनाबाटै सम्भव भएको प्रसङ्ग कोट्याउँदै भन्नुभयो, “कसले जान्छ बे्रक्जिट ईयूमा नै पनि रहनसक्छ।” 

एएफपी