September 24, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

ब्ाार्सिलोनाका मुस्लिम नागरिक बिस्तारै बाहिर निस्किन थाले

बार्सिलोना, १५ भदौ। स्पेनको बार्सिलोना सहरमा गएको करिब १० दिनअघि भएको आतङ्ककारी हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएपछि यहाँका मुस्लिम नागरिकमा ठूलो त्रास छाएको थियो।  

त्यहाँ भएको सो हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको थियो। त्यस्तै अरु १०० जनाभन्दा बढी नराम्ररी घाइते भए। सो हमलाका कारण यहाँ बसोबास गर्दै आएका मुस्लिम नागरिकलाई निकै अप्ठेरो परेको बताइएको थियो।  

सो हमलाको इस्लामिक स्टेट नामक आतङ्ककारी समूहले जिम्मा लिएको छ। उक्त समूहले सो भीषण हमलाको जिम्मा लिएपछि सो सहरमा बस्ने मुस्लिम समुदायका नागरिकमाथि नै निगरानी बढेको र यसले गर्दा उनीहरूले आफूलाई असुरक्षित महसुस गरेको समाचारमा जनाइएको थियो।  

उनीहरूले आफूहरूलाई प्रहरीले निगरानी गर्ने गरेको तथा यस समुदायका नागरिकमाथि हमला हुनसक्ने त्रास बढेको बताएका थिए। बार्सिलोना सहरमा सानो सङ्ख्यामा मुस्लिम समुदायका नागरिक बस्छन्।  

गएको करिब नौ वर्षदेखि बार्सिलोनमा बस्दै आएका ती नागरिकहरूले यहाँ बसोबास गर्दै आएका मुस्लिम समुदायका नागरिक निकै डराएका र उनीहरू घर बाहिर पनि निस्किन नसकिरहेको बताएका थिए।  

बार्सिलोना सहरको एक बस्तीमा ४० जना मुस्लिम बस्दै आएका छन्। उनीहरू ४० को सङ्ख्यामा रहेका छन्। तर सो हमलापछि उनीहरू केही समय त शुक्रबारको प्रार्थनाका लागि मस्जिद जान पनि डराएका थिए।  

प्रहरी तथा स्थानीय स्पेनिसले पनि मुस्लिम अनुहार देखेपछि बाटो हिंडिरहेका सर्वसाधारण नागरिकदेखि प्रहरीसम्मले निकै निगरानी गर्ने र आशङ्काको रुपमा हेर्ने भएकोले उनीहरूमा त्रास छाएको यहाँका स्थानीय मुस्लिम समुदायका नागरिकको भनाइ थियो। 

तर पछिल्ला केही दिनयता आएर भने उनीहरू विस्तारै घर बाहिर निस्किने र सार्वजनिक सभा समारोहरूमा भाग लिने पनि गर्न लागेको पाइएको स्थानीय समाचारहरूमा उल्लेख गरिएको छ।  

इस्लामिक स्टेटले गएका केही वर्षयतादेखि युरोपेली देशमा आक्रमण गर्दै आएको छ। यसरी गरिएका आक्रमणबाट नागरिकको ज्यान जाने क्रम बढ्दो मात्रामा रहेको बताइएको छ। 

सन् २०१४ मा उक्त आतङ्ककारी समूहले गरेको आक्रमणमा परी ४८ जनाको ज्यान गएको थियो भने यो संख्या २०१५ सम्ममा निकै बढेको छ। 

युरोपमा कार्यालय रहेको एक संस्थाको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१५ मा युरोपका विभिन्न देशमा भएका यस्ता आतङ्ककारी हमलामा परी ज्यान जानेको सङ्ख्या ५३४ रहेको छ। एएफपी