September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

ढल भत्केको कारण धानबाली नष्ट

चाँगु जाने बाटो देकोचानेर तीन वर्षदेखि ढल बिग्रेको कारण स्थानीय किसानहरूको धान बाली नष्ट भएको छ। ढल बिग्रेर लगाइएको बाली नष्ट भइरहेको पीडित किसानहरू बताउँछन्। 
    स्थानीय किसान राम सुवालले आफ्नो खेत ढल नजिकै रहेको र बिग्रेको ढलबाट आउने सबै फोहोर पानी, प्लाष्टिक र कुहेका वस्तुहरू खेतमा पसेर धान तथा अन्य बाली नष्ट भइरहेको दुःखेसो पोखे। बाली लगाए पनि नसप्रने भएकोले कतिले खेतै बाँझो राखेको पाइएको छ। 
    ढलकै समस्याले अर्का किसान पुण्यराम सितिखू पनि वर्षायाममा रोपाइँ गर ेपनि फोहोर पानी, प्लाष्टिक र कुहेको वस्तु खेतमा पसेकोले धानबाली बिग्रेको बताए। यस्तै समस्या वरपर रहेका किसानहरूको पनि रहेको 
छ। प्रत्येक वर्ष भइरहने उक्त समस्याको निकासका लागि स्थानीय किसानले ढल मर्मत गरिदिन ढल शाखामा निवेदन दिइसके। 
    तर अहिलेसम्म बनाइएको छैन। किसानहरूले जति सक्दो चाँडो ढल बनाइदिन ढल शाखासँग माग गरिरहेका छन्। 
पञ्चकन्या सितिखू, प्रशिक्षार्थी