कार्टेलिङको कारण मूल्यवृद्धि
अहिले बजारमा खाद्य पदार्थहरूको मूल्य असुहाउँदो किसिमले बढेको छ। विशेषगरी चाडपर्वको समयमा मात्र हुने मूल्यवृद्धिलाई सामान्य नै मान्नसकिन्छ किनभने अर्थशास्त्रको नियमअनुसार कुनै पनि वस्तु वा सेवाको माग बढ्दा त्यसको मूल्यवृद्धि हुन्छ तर आजभोलि बजारमा जुन किसिमले मूल्यवृद्धि भएको छ अर्थशास्त्रीहरूले यसलाई असामान्य तरिकाले मूल्यवृद्धि भएको र यसको कारण कार्टेटिङलाई प्रमुख मानेका छन्। बजारमा सीमित २/३ जना उत्पादकहरूको मिलेमतोमा व्यापार व्यवसाय गर्नुलाई कार्टेलिङ भनिन्छ। यसको मुख्य उद्देश्य अधिकतम नाफा कमाउनु हो र बजारलाई नियन्त्रण गर्नु पनि हो। यसरी २/३ जना उत्पादक तथा फर्महरूले कुनै पनि वस्तुको मूल्य निर्धारण गरिन्छ। पहिलोपटक भएको चिनी र चामलमा भएको मूल्यवृद्धिलाई पनि कार्टेलिङको उदाहरणको रुपमा लिनसकिन्छ। संयुक्त राज्य अमेरिकामा यस किसिमको बजारलाई अवैधानिक मानेको छ। कार्टेलिङले सर्वसाधारण जनतालाई सास्ती दिने र दैनिक आधारभूत वस्तुको महङ्गो हुने भएकोले यस किसिमको कार्यलाई सरकारले बेलैमा नियन्त्रण गर्नुपर्छ र बजार अनुगमनलाई पनि निरन्तरता दिनु आवश्यक छ। श्रीराम कासिछ्वा
|