September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

भक्तपुरमा सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन लागू गर्नुपर्ने


    आजभोलि सुर्तीजन्य पदार्थ सेवन गर्ने फेशनजस्तै भइसकेको छ। बाटोमै सुर्तीजन्य पदार्थ सेवन गर्दै हिंड्न थालेका छन्। त्यसरी बाटामै सुर्तीजन्य पदार्थ सेवन गर्दै हिंड्नाले त्यसबाट निस्केको धुँवाले वरपर हिंड्ने मानिसहरूको स्वास्थ्यमा नकारात्मक असर पारेको छ, मानिसहरूको भनाइअनुसार धुम्रपानजस्ता सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई भन्दा वरपर हिंड्ने व्यक्तिलाई बढी असर परकोको छ। यसले गर्दा बालबालिकाहरूको सोचाइमा समेत नकारात्मक असर पारी त्यसको लहैैलहैमा जाने गरेको कतिपय आमाबुबाको गुनासो छ। 
    सुर्तीजन्य पदार्थ सेवनले नेपालमा मात्र वर्षेनि हजारौं मानिसहरूको मृत्यु भएको  कुरा हामीले समाचारमा सुनेका छौं। 
    त्यसले सुर्तीजन्य पदार्थ सेवन नियन्त्रण गर्न हाल नेपालमा यससम्बन्धी ऐन कानुन लागु भइसकेको छ। काठमाडौंमा सर्वप्रथम सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेका मानिसहरूलाई पक्राउ गरी सम्झाई बुझाई छाडेको र दोस्रो पटक समात्दा १०० रुपैयाँ जरिवाना तिराएको छ भन्ने समाचार प्राप्त भएको छ। 
    यसले  गर्दा काठमाडौंमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसहरूको सङ्ख्या घट्दै गइरहेको छ। 
    त्यसले सुर्तिजन्य पदार्थ नियन्त्रण ऐन भक्तपुरमा पनि लागू गर्नुपर्छ। यस ऐनअनुसार विद्यालयको वरिपरि अर्थात् १०० मिटर क्षेत्रफलभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाउनु पर्दछ। 
    यदि यो ऐन भक्तपुरमा पनि सार्वजनिक स्थलमा सेवन निषेध गरिदिएको भए यहाँ पनि सेवनकर्ताको सङ्ख्या घट्दै थियो होला। हामीले देख्न सक्छौं कि भक्तपुरको प्रसिद्ध हनुमान घाटमा मानिसहरू दिनमै गाँजा र ड्रक्स लिई जहाँ पायो त्यहीं लडिरहेका हुन्छन्।
    यसले गर्दा प्रसिद्ध स्थल हनुमान घाटको महत्त्व घट्दै गएको छ। त्यसकारण सुर्तीजन्य पदार्थ सेवन नियन्त्रण ऐन कार्यान्वयन गर्न अति आवश्यक भइसकेको छ। 
    त्यसैले यो ऐन कानुन सांस्कृतिक र सुन्दर नगर भक्तपुरमा पनि लागू गर्न सम्बन्धित निकायहरूलाई अनुरोध गर्दछौं। 
    रमेश, राकेश र सबिन, भक्तपुर