|
दुई शब्द युनिभर्सिटीलाई
सुरेश बखुन्छे खुला पाठको शाला हौ तिमी नाम युनिभर्सिटी तिम्रो आगमनले रोलान्, अरु छाती पिटी। दुबो जस्तै मौलाउनू तिमी, पीपलझैं छायाँलु लाग्छ तिमी भेट हुँदा पूर्व जनमकी मायालु। सफर गर्दा तिमीसँग म संसार नै भुल्दछु त्यसैले तिम्रो तस्विर मेरो नयनमा सजाउँछु। एक मासको बिछोड पनि, कयौं साल लाग्दछ जब म देख्छु मुहार तिम्रो, उदासपन भाग्दछ। भनेको मैले साँच्चै हो हैन, ख्याल ख्याल ठट्टामा आँखा बिछाउँछु प्रतिक्षा गर्छु, यो मनको बट्टामा। जीवन मेरो सफल भयो, पाएर साथ तिम्रो जति लाए नि अपुग हुने, यो कस्तो प्रित हाम्रो? मनको ताप हटाउन नयाँ अंक लिई आएछौ क्यै गरी पनि नसक्ने भुल्न, मोहनी लाएछौ। प्रत्येक मनको ढुकढुकी सास, बनेर आए है, निरन्तर नयाँ विचार बोकी, अनन्त छाए है। |