September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

सबै दलका नेताको सम्पत्तिको छानबिन हुनुपर्छ


    २०५२ सालमा सम्पूर्ण व्यक्तिगत सम्पत्ति पार्टीकरण गरेर भूमिगत भएका तत्कालीन नेकपा (माओवादी) का महासचिव एवं वर्तमन एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को परिवार करोडौं करोड सम्पत्तिका मालिक देखिएको छ। उनी र उनका परिवार मासिक लाखौं रुपैयाँ बहाल तिर्ने गरी महलमा बसेका छन्, उनको सम्पत्तिको स्रोत के हो? भने प्रश्न उठिरहेको छ। एमाओवादी पार्टीभित्र अध्यक्ष दाहालको मात्र होइन अन्य नेताहरूको हैसियतभन्दा बढी सम्पत्तिमाथि प्रश्न उठिरहेको छ। एमाओवादी छानबिन आयोगमा कैयौं केन्द्रीय, राज्य र जिल्लास्तरीय नेताहरूको विरुद्ध अनियमितता र भ्रष्टाचारको आरोपसहितको उजुरी परेका छन्।
    माओवादी पार्टीका मात्र होइन काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादी दल भनिने सबैजसो बढी खर्चिलो जीवन जिइरहेका छन्। स्रोत केही नदेखिए पनि उनीहरूको सम्पत्ति बढेको बढेकै छन्। तसर्थ सबै दलका नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ र सम्पत्तिको स्रोत खुलाउनुपर्छ। स्रोत नखुलेको सम्पत्तिहरूको स्वतः राष्ट्रियकरण गर्नुपर्दछ।
प्रिती शर्मा, काठमाडौं