September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

सिरियामा शान्तिका वास्तविक शत्रुहरू

लिन्द्रो (ीभबलमचय), क्युवा
    केही महिनाअघि सिरियाली राष्ट्रपति बजार अल अस्सादले स्थानीय सुरक्षा फौजले विद्रोहीको तर्फबाट लडिरहेकाहरूमध्ये बाट कैयौं विदेशी भाडाका सिपाहीहरू पक्राउ गरेको खुलासा गर्नुभएको थियो।
    त्यत्तिखेर सिरियाली राष्ट्रपतिले दाबी गर्नुभएको उक्त तथ्यलाई आज तथाकथित फ्री सिरियन आर्मीमा फ्रान्सेली, टर्केली, अङ्ग्रेज, यमनी, सोमाली र लिवियाली भाडाका सिपाहीं सङ्लग्न रहेका  समाचारहरूले पुष्टि गरिदिएका छन्। 
    सिरियाली टेलिभिजन च्यानल इखवारियाका पत्रकार याटा सालेहरूले दमासकस नजिकको अल ताल नगरमा कैयौं दिन सशस्त्र समूहद्वारा अपहरण गरी कब्जामा राखेको थियो। आफ्नो मुक्तिपछि तिनी भन्छिन्– कि उनलाई कब्जामा राखेको समूहका ७  सय सदस्यहरू विभिन्न देशका विभिन्न सहरबाट आएकाहरू थिए।
    तिनले त्यस समूहमा साउदी भाडाका सिपाहींहरू भएको सुनिन् तर तिनीहरू सिरियालीहरू जस्तै नै देखिने भएको हुनाले प्रस्ट छुट्यान सकिनन्। 'तिनीहरू सबैले जँुगा खौरेर दार्‍ही पालेका छन् तर अनुहार उस्तै उस्तै छन्। – भोल्टेयर नेटवर्कमा छापिएको आफ्नो अन्तर्वार्तामा तिनले भनिन् ।
    सिरियाली विद्रोही फौजमा विदेशी भाडाका सिपाहीं रहेका अन्य थुप्रै प्रमाणहरू पनि छन्। कैयौं अरब र विज्ञप्तिहरूबाट नै त्यस कथित विद्रोहमा जिहादका नाममा युद्धका व्यापारीहरूको जबरदस्त संलग्नता रहेको स्पष्ट हुन्छ।
    मध्यपूर्वका मामलाबारेका विद्वान, अनुसन्धानकर्ता एवम् इतिहासकार वेवस्टर जी टारप्लेका अनुसार अलकायदा आतङ्कवादीहरूले प्रारम्भदेखि नै सिरियाली विद्रोहीहरूलाई सघाएका छन् र अमेरिकी सरकारले अफगानिस्तान र अन्य ठाउँमा शत्रु माने पनि त्यहाँ भने तिनीहरूलाई सहयोग गरिरहेको छ। 
    संरा अमेरिकी सरकारले सेप्टेम्बर ११, २००१ को घटनाका निम्ति गिनी पिग बनाएको त्यस सङ्गठनसित कुनै सम्बन्ध नभएको दाबी गर्छ तर सिरियाको यथार्थले भाडाका सिपाहींहरूको व्यवस्था गर्न त्यहाँ अमेरिकीलगायत पश्चिमा सरकारहरूले अलकायदालाई बढावा दिइरहेका छन्।
    फ्रान्सेली राष्ट्रपति फ्रन्कोइस होल्याण्ड र उनका प्रधानमन्त्री जीन मार्क अर्याउल्टले पनि ती भाडाका सिपाहींहरूलाई ठूलो भरथेग गरेका छन्। केही दिन अगाडि तिनीहरूको देशले (फ्रान्सले) फ्रि सिरियन आर्मीको निम्ति सहयोग गरेको स्वीकारेको थियो। यद्यपि उसले सामग्रीमा हतियार नभएको बताएको थियो। 
    केही विश्वस्त स्रोतका अनुसार गुप्तचर सेवाका कैयौं सदस्यहरू सिरियामा सक्रिय रहेका छन् , तिनीहरू कैयौं पक्राउ परेका छन्, विद्रोहीहरूसँग युद्धको मैदानमा भाग लिइरहेका छन्। त्यस्तै ठूलो सङ्ख्यामा टर्कीको फौज पनि युद्धमा संलग्न रहेको छ। 
    सिरियाली विद्रोहीको झूट विस्तारै सतहमा आउँदै छ र यस सङ्कटमा विदेशी भाडाका सिपाहींहरूको संलग्नताले समुद्रमुनिको बरफको पहाड (आइसवर्ग)का रुपमा रहेको सिरियाविरुद्धको पश्चिमा अभियान विस्तारै सतहमा देखापर्र्दै छ। 
    सिरियाको गृहयुुद्ध जसको मुख्य भाग ४० हजारदेखि ६० हजार विदेशी भाडाका सिपाहींहरू रहेका छन्। त्यसैको आधारमा पश्चिमाहरू सिरियाली राष्ट्रपति बसार अल अस्सादको राजीनामा माग्दै छन्। वास्तवमा पश्चिमाहरू राष्ट्रपति अस्सादको राजीनामामात्र होइन सिरियाली शासन व्यवस्था नै ढालेर त्यहाँ आफू अनुकूलको कठपुतली शासन व्यवस्था स्थापित गर्न उद्यत छन्।
    जसै सिरियाको अवस्था नाटकीय बन्दै गएको छ, फ्रि सिरियन आर्मीका नाममा भइरहेको ठूल्ठूला गल्तीहरू अगाडि आउँदै छन्। त्यसले प्रारम्भदेखि नै अन्य देशका कट्टरपन्थी इस्लामिक तत्त्वहरूलाई अगाडि राख्दै आएको छ। तिनीहरू यथार्थमा भाडाका सिपाहींहरू नै हुन् र आज त्यसै रुपमा परिभाषित गरिंदै छ।
    अब दमासकसमा रहेको सरकारले विश्व जनमतसामु राखेको घारणालाई बेवास्ता गर्न मिल्दैन। सिरियाली विद्रोह विदेशीहरूद्वारा नियोजित र विदेशी संलग्न सिरियाविरुद्धको षड्यन्त्रमात्र भएको त्यसले भन्दै आएको थियो र संयुक्त राष्ट्रसङ्घले त्यसलाई बेवास्ता गर्दै आएको थियो। यसै झूटलाई सिरिया सरकारविरोधी आन्दोलन भन्दै विगत १८–१९ महिना अघिदेखि पश्चिमाहरू बेच्ने कोसिस गर्दैछन्। तिनीहरूको त्यस योजनामा सिरियाविरुद्धको पश्चिमा सञ्चारमाध्यमका दुष्प्रचार अभियानले सघाउँदै थियो। 
त्जभ च्भब िभ्लझष्भक या त्जभ एभबअभ ष्ल क्थचष्ब 
स्रोत–रेडियो हवाना, क्युवा 
अनुवाद: प्रकाश