|
संयुक्त आन्दोलन खाँचो
हिमालयश्वर मूल संयुक्त वाम आन्दोलनले देशको राजनैतिक दिशामा नयाँ आयाम सुरु भयो। यसले आ–आफ्नो पार्टी गुट तथा आफ्नो कार्यनीतिको मतभेदलाई एक ठाउँमा थाँती राखेर मुख्य शत्रुको विरुद्ध लड्नुपर्ने मार्क्सवाद, लेनिनवाद, माओ विचारधाराको सैद्धान्तिक विचार नेपालको भूमिमा लागू गरेर देखायो। गलत पार्टीको खोक्रो क्रान्तिकारी नीति जनताले बुझ्न थाले। अन्ततः २०४२ को सत्याग्रह तथा २०४६ को जनआन्दोलनमा संयुक्त भएर ती बहिष्कारवादीहरू समेत आन्दोलनमा उत्रन बाध्य भए र आन्दोलनले ठूलो आकार लियो। जनताको जीत भयो। पञ्चायतको अन्त्य भयो। प्रजातन्त्र पुनः स्थापना भयो। भदौ २४, २०३७ को संयुक्त वाम आन्दोलन नेपालको कम्युनिष्ट आन्दोलन इतिहासमा अविस्मरणीय ऐतिहासिक आन्दोलनको हो। त्यस आन्दोलनको महत्त्वबारे प्रकाश पार्न भदौ २४ को वाम एकता दिवसको रुपमा नेपाल मजदुर किसान पार्टीले मनाउँदै आएको हो। निरङ्कुस तानाशाही पञ्चायती व्यवस्था २०१७ सालमा राजा महेन्द्रले लादेपछि नेपालको कम्युनिष्ट आन्दोलन विभाजनमा फूटको सृङ्खला सुरु भएको थियो। कम्युनिष्ट पार्टीहरू पञ्चायती व्यवस्थाको विरुद्ध लड्न राजनैतिक रुपमा एक थिए। एकाध कम्युनिष्ट र प्रजातान्त्रिक नेताहरूले मात्र पञ्चायती व्यवस्थाको अगाडि आत्मसमर्पण गरे। नेपालका कम्युनिष्टहरूबीच पञ्चायती व्यवस्थाविरुद्ध लड्ने कार्यनीति तथा सैद्धान्तिक रणनीतिमा मतभेद थियो। नेपालको कम्युनिष्ट आन्दोलनमा मोहनविक्रम सिंहले संविधानसभाको पक्षमा लड्ने नीति अगाडि सारेका थिए। पुष्पलाल काङ्ग्रेससँग मिलेर प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापना गर्ने पक्षमा थिए। कुनै पनि किसान आन्दोलन मजदुर आन्दोलनको पक्षमा थिएनन्। राजा नै मुख्य दुश्मनको रुपमा चित्रण गर्दथे अर्थात् नेपालको राजनैतिक आन्दोलनमा मुख्य शत्रु को हो मित्र शक्ति को भन्नेमै धेरै विवाद थियो। परिणाम पञ्चायती व्यवस्थाको विरुद्धमा संयुक्त आन्दोलन उठ्न सकेन। आफूलाई पञ्चायतको पूर्ण कट्टरविरोधी शक्तिको रुपमा चिनाउन खोज्नेले पञ्चायती व्यवस्थालाई कमजोर तुल्याउन उठ्ने आन्दोलनमा 'बहिष्कार' को राजनीतिले ठूलो स्थान ओगट्यो। त्यो चाहे पञ्चायती चुनाव होस्, प्रतिक्रियावादी सङ्घ संस्थामा घुसेर जनताको सेवा गर्ने लेनिनवादी नीति नै किन नहोस्। पञ्चायतविरुद्ध उठेको जनआन्दोलनबाट आएको जनमतसङ्ग्रह नै किन नहोस्। बहिष्कारको राजनीतिले पञ्चायती आयु लम्ब्याउन कम्युनिष्टहरू उपयोग भए वा पञ्चायतलाई सघाउने कार्य कम्युनिष्टले नै भूमिका खेले। नेपालको कम्युनिष्ट पार्टीको फूटमा एक सैद्धान्तिक आधार विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको संशोधनवादी विचार पनि रह्यो। नेपालमा संशोधनवादी विचारको पक्षमा बहस गर्ने तात्कालीन कम्युनिष्ट नेताले राजासामु आत्मसमर्पण गरेर कम्युनिष्ट आन्दोलनमा ठूलो फूट ल्याए। संशोधनवादीहरू विश्वको साम्राज्यवादी, सामाजिक साम्राज्यवाद र भारतीय विस्तारवादसँग लड्न चाहन्थे र भारतीय विस्तारवादीहरूको पोल्टामा नेपालका धेरै नेताहरू गए। यसले पञ्चायतविरुद्धको सङ्घर्षमा समेत प्रभावित तुल्यायो। यसरी नेपालको कम्युनिष्ट र प्रजातान्त्रिक आन्दोलन कमजोर भएको अवस्था मुख्य शत्रु सामन्ती तानाशाही पञ्चायती व्यवस्था नै हो भन्ने सैद्धान्तिक विवादमा पार्टी र जनताको बीच धेरै बहस र छलफलले अन्ततः मुख्य शत्रु पञ्चायतलाई फाल्नु नै कम्युनिष्ट पार्टीको मुख्य दायित्व हो भन्ने प्रस्ट भयो। भदौ २४ को पञ्चायतको विरुद्ध बहुदलको पक्षमा आन्दोलन हुन सहमत हुनु पञ्चायतको अन्त्यको सुरुवात बन्यो। त्यसकारण भदौ २४, २०३६ को ऐतिहासिक महत्त्व रहेको देखिन्छ। यस संयुक्त आन्दोलनमा तात्कालीन नेपाल मजदुर किसान सङ्गठन, नेकपा चौथो महाधिवेसन निर्मल लामा पक्ष, नेकपा पुष्पलाल, नेकपा कोसी अञ्चल, नेकपा मानन्धर पक्ष सम्मिलित संयुक्त आन्दोलनले नेपालको जनमतसङ्ग्रहमा पञ्चायतलाई फाल्न ठूलो जनआन्दोलनको शंखघोष गरेको थियो। यसको पञ्चायती तानाशाही व्यवस्थाको निरङ्कुश शासन जनताको बीच उदाङ्ग्याउन सफल भएको थियो। तर आफूलाई क्रान्तिकारी शक्ति सम्झने नेकपा माले, नेकपा मसालजस्ता पार्टीको जनमतसङ्ग्रहमा बहुदलको पक्षमा मतदान गर्न आन्दोलन उठाउनुको सट्टा बहिष्कारको राजनीतिले थोरै मतले पञ्चायतको जीत भयो। पञ्चायती तानाशाहीले जेलमा कोचेका तात्कालीन मालेका नेताहरू तथा अन्य नेताहरू रीहा भएन र थप जेलजीवन बिताउन बाध्य भए। यसमा आफै पार्टीको नीतिले ठूलो भूमिका खेल्यो। किनकि भाद्र २४ को आन्दोलनको माग थियो – सम्पूर्ण राजबन्दीहरू रिहा गर। विदेशमा बसेका र भूमिगत राजनैतिक नेता तथा कार्यकर्ताहरूको वारेण्ट खारेज गर। पञ्चायती निकाय खारेज गर, अन्तरिम सरकार गठन गर। मौलिक अधिकारलाई बन्देज गर्ने सम्पूर्ण ऐनहरू खारेज गर। १८ वर्ष पुगेका व्यक्तिलाई मतदान गर्ने अधिकार देऊ। यी उल्लेखित मागलाई लिएर भएको संयुक्त वाम आन्दोलनले देशको राजनैतिक दिशामा नयाँ आयाम सुरु भयो। यसले आ–आफ्नो पार्टी गुट तथा आफ्नो कार्यनीतिको मतभेदलाई एक ठाउँमा थाँती राखेर मुख्य शत्रुको विरुद्ध लड्नुपर्ने मार्क्सवाद, लेनिनवाद, माओ विचारधाराको सैद्धान्तिक विचार नेपालको भूमिमा लागू गरेर देखायो। गलत पार्टीको खोक्रो क्रान्तिकारी नीति जनताले बुझ्न थाले। अन्ततः २०४२ को सत्याग्रह तथा २०४६ को जनआन्दोलनमा संयुक्त भएर ती बहिष्कारवादीहरू समेत आन्दोलनमा उत्रन बाध्य भए र आन्दोलनले ठूलो आकार लियो। जनताको जीत भयो। पञ्चायतको अन्त्य भयो। प्रजातन्त्र पुनः स्थापना भयो। यस अर्थमा देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, देशको प्राकृतिक सम्पत्तिमाथिको विदेशी थिचोमिचो र देशको राजनैतिक शक्ति विदेशको खेलौना भएर राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिई देशको ढुकुटी लुट्ने राष्ट्रघाती सरकारहरूविरुद्ध संयुक्त आन्दोलन अझैं खाँचो रहिरहनेछ। (वामपन्थी एकता दिवसका क्रममा शनिबार नेमकिपाद्वारा भक्तपुरमा आयोजित कार्यक्रममा व्यक्त मन्तव्य – सम्पादक) |