|
आजको परिप्रेक्ष्यमा भदौ २४ को आन्दोलन र वामपन्थी एकताको समीक्षा – २
यहु प्रकाश सन् १९९० अक्टोवर १० दिन का. किम जङ्ग इलको ४५ औं पार्टी स्थापना दिवसको अवसरमा कोरियाली मजदुर पार्टीका केन्द्रीय समितिका वरिष्ठ आधिकारीहरूको भेलामा दिनुभएको एउटा मन्तव्यको अंश यहाँ प्रस्तुत गर्नु समय सापेक्ष हुनेछ। उहाँले भन्नुभयो, '' ........ मार्क्सवाद–लेनिनवादले क्राान्तिको आजुको निरन्तरता र पार्टीको नेतृत्वको निरन्तरताको समस्यालाई उठाउन सकेन। यस सिद्धान्तका प्रतिपादकहरूले मजदुर वर्गको क्रान्तिकारी आजुको पूर्णताले दीर्घकालीन स्वरुप ग्रहण गर्ने यथार्थलाई देख्न सक्नुभएन र निजी स्वामित्व र वर्ग द्वन्द्व एकपटक हटेपछि वर्गीय विभेद उन्मूलन हुने क्रान्ति अन्तिम चरणमा पुग्ने र विस्तारै विस्तारै राज्यको अस्तित्व नरहने कुराको विचार गर्नुभयो। तसर्थ, उहाँहरूले पार्टी नेतृत्वको निरन्तरताको समस्यालाई उठाउन सक्नुभएन। पार्टी नेतृत्वको निरन्तरताको समस्या भनेको पार्टीको स्थान र भूमिकालाई सफलतापूर्वक अघि बढाउने उत्तराधिकारीलाई माथि उठाउने र उनको निर्देशन प्रणालीलाई स्थापना गर्नु हो। मजदुर वर्गीय क्रान्तिकारी पार्टीको स्थापना गर्ने र क्रान्तिलाई अघि बढाउने र नेताको आजुलाई इमानदारीपूर्वक नयाँ तरिकाले लाने योग्यता र सक्षमता भएका नेताप्रति पूर्णरुपले बफादार व्यक्तिलाई उत्तराधिकारीको रुपमा माथि उठाउनुपर्छ। उनकोे निर्देशनको पूर्ण प्रणालीलाई स्थापित गर्नुपर्छ। पार्टीलाई अवनति हुनबाट जोगाउने र पार्टीको आजुलाई पूरा गर्ने उपाय यही नै हो। विश्व कम्युनिष्ट आन्दोलनको पाठले के देखाउँछ भने यदि एक सही उत्तराधिकारीलाई माथि उठाउन सकिएन भने वा यदि उत्तराधिकारीलाई माथि उठाए पनि उनको निर्देशन प्रणालीलाई सही ढङ्गले स्थापित गर्न सकिएन भने पार्टी धोखेबाजहरूको खेलौना हुनेछ र पार्टीको आजु लक्ष्यमा पुग्नसक्दैन। हाम्रो युगको क्रान्तिकारी विकासको बिध( नयखभचलभम को आवश्यकताको दृष्टिकोण र विश्व कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पाठबाट हाम्रो पार्टीले नेतृत्वको निरन्तरताको समस्यालाई मजदुर वर्गीय पार्टीको क्रान्तिकारी आजुलाई एक पुस्ताबाट अर्काे पुस्तामा पूरा गर्दै लाने सबैभन्दा महत्त्वपूर्ण कार्यको रुपमा स्थापित गर्यो र सैद्धान्तिक र व्यवहारिक दुवै ढङ्गबाट क्रान्तिको निरन्तरताको समस्यालाई समाधान गरेको छ। परिणामस्वरुप हाम्रो देशमा एक पुस्ताबाट अर्काे पुस्तामा जुछे क्रान्तिकारी आजुलाई अघि बढाउने कार्यको पूर्ण प्रत्याभूति भएको छ। ............. मार्क्सवादी–लेनिनवादी पार्टी निर्माण सिद्धान्तमा सीमाहरू रहेका थिएर केही पार्टीहरू आफूहरू मार्क्सवाद लेनिनवादबाट निर्देशित भएको भनी त्यसैमा टेकेर मार्क्सवाद लेनिनवादमा हठवादी ढङ्गले अडिग भएर बसे। तसर्थ, तिनीहरूले पार्टी निर्माणको सिद्धान्तलाई विकास गर्नसकेनन्, अन्ततःपरिवर्तित युग सुहाउने गरी तिनीहरूले आफूलाई लडाकू र सशक्त पार्टीमा विकास गर्न र क्रान्तिलाई अघि बढाउन सकेनन्। ......... पार्टी निर्माणमा मार्क्सवादी लेलिनवादी सिद्धान्तका सीमाहरू र क्रान्ति र निर्माणलाई तीव्रगतिमा अघि बढाउने वास्तविक वस्तुस्थितिसँग मेल खाने गरी सिद्धान्त विकासको असफलताबाट फाइदा उठाउँदै आधुनिक संशोधनवादीहरूले मजदुर वर्गीय पार्टीहरूलाई बेकम्मा बनाए। अवसरवादको विरुद्धको सङ्घर्षमा मजदुरप्रतिको धारणा नै प्रमुख समस्या हो। इतिहासमा देखापरेका सबैखाले अवसरवादीहरूले राजनीतिक आम सञ्चालकको रुपमा रहेको मजदुर वर्गीय पार्टीलाई भित्रभित्रै बिगार्न र कमजोर पार्न डरलाग्दो षड्यन्त्र गरे र सुधारवादी पार्टीमा फेरिदियो। आधुनिक संशोधनवाद देखापरेपछि तिनीहरूको संयन्त्र अझ खतरनाक चरणमा पुग्यो। मजदुर–वर्गीय पार्टीको नेताबाट पार्टीको निर्णय, त्यसलाई अझ सुदृढ र बलियो बनाउने नियमलाई अस्वीकार गर्दै आधुनिक संशोधनवादीहरूले मजदुर –वर्गीय पार्टी नेताको इज्जत र प्रतिष्ठाको बद्नाम गरे। यो शंसोधनवादको सुरुको प्रतिक्रृयावादी स्वरुप हो। आधुनिक संशोधनवादको सुरुको प्रतिक्रयावादी स्वरुप हो। आधुनिक संशोधनवादीहरूले अति नै दुष्टतापूर्वक मजदुर–वर्गीय नेताको प्रतिष्ठामाथि कलङ्क लगाए। यसो गरेर तिनीहरू पार्टीको गौरवमय इतिहासमाथि हिलोछ्यापे र नेताको ठूलो उपलब्धि र उनले बसालेका परम्परालाई नामेट गरे। आखिरमा उनीहरूले एउटा मजदुर–वर्गीय क्रान्तिकारी पार्टीलाई अवसरवादी र सुधारवादी पार्टीमा फेरिदिए। यो आधुनिक संशोधनवादीहरूको सबैभन्दा नीच विश्वासघात हो।'' लेनिनले अन्य केही प्रमुख विशेषताहरु थप्नुभएको थियो। सोभियत सङ्घमा सबैभन्दा पहिले समाजवादको स्थापना भएपछि सन् १९१८ मा आरसीपीसीबीको सातौं कङ्ग्रेसमा लेनिनले भन्नुभयो –'हामीले समाजवाद यसो हुन्छ भनी वर्णन गर्नसक्दैनौं। समाजवादको स्वरुप तम्तयार भएर हाम्रो अगाडि आएको होइन। यो कस्तो हुन्छ हामीलाई थाहा छैन, हामीले बताउन सक्दैनौं।' मार्क्सवाद–लेनिनवादको अध्ययनको सम्बन्धमा अध्यक्ष माओले मार्क्सवाद–लेनिनवादको अध्ययन चीनको विशेषता र वस्तुस्थितिसँग मिल्ने गरी अध्ययन गर्नुपर्छ, रुढीवादी ढङ्गले मार्क्सवाद–लेनिनवादमा टाँसिएर त्यसको अध्ययन गर्नु र मार्क्सवाद–लेनिनवादबाट अलग्गिएर त्यसको अध्ययन गर्नु दुवै गलत कुरा हुन् भन्ने गर्नुहुन्थ्यो। यद्यपि उहाँको मृत्युपछि उहाँले सांस्कृतिक क्रान्तिको बेला प्रतिपादन गर्नुभएका कतिपय सिद्धान्त, अडान र निर्देशनको आलोचना भयो। ती विभिन्न आलोचनाहरुमा 'प्रत्येकलाई उसको कामअनुसारको ज्याला' सम्बन्धमा अध्यक्ष माओले मार्क्सद्वारा लिखित 'गोथा कार्यक्रमको आलोचना' भन्ने कृतिमा उल्लेख भएको 'बुर्जुवा अधिकार'लाई ठीक ढङ्गले बुझ्नुभएन, सिद्धान्ततः बुर्जुवा अधिकार भनेको कामअनुसार प्राप्त हुने पुरस्कारसरह हो, अध्यक्ष माओले पटकपटक 'बुर्जुवा अधिकार' को आलोचना गर्नुभयो र वितरणको भिन्नतालाई कम गर्ने कार्यको वकालत गर्नुभयो, 'ठूलो भाँडो' को रुपमा चर्चित पूर्ण समानतावादलाई प्रोत्साहन पुग्यो र जनताको उत्पादन गर्ने उत्साहमाथि पानी खन्याउने काम भयो आदि भनी आलोचना गरिएको थियो। यस सम्बन्धमा दुवै पक्षको सैद्धान्तिक पक्ष र व्यवहारलाई आलोचनात्मक ढङ्गले तुलना गरी अध्ययन गरिनुपर्छ। विश्वका विभिन्न समाजवादी देशहरुले प्राप्त गरेका ठूलठूला उपलब्धिहरु र ती देशहरुमा क्रान्ति र निर्माणमा भएका ठूलठूला विरामहरुलाई संयोजन गरेर निष्कर्ष निकाल्दा समाजवाद–साम्यवादको स्वरुपको विषयमा थाहा पाउने परिस्थिति परिपक्व भइसकेको छ भनी समाजवाद र साम्यवादको स्वरुप सम्बन्धमा झण्डै आठ दसकपछि कामरेड किम जोङ इलले 'जुछे क्रान्तिकारी पार्टी निर्माणका आधारभूत सिद्धान्तहरु' भन्ने रचनामा उल्लेख गर्नुभएको थियो। केही महिना अगाडि योगेन्द्रजीसँग (समाजशास्त्रको विद्यार्थी एवं शिक्षक योगेन्द्र बिजुक्छें) मार्क्सवादको सम्बन्धमा कुराकानी भएको थियो। त्यसक्रममा उनले भनेे –'मार्क्स र एङ्गेल्स उहाँहरुको समयमा अति नै अध्ययन गर्ने र युरोपलगायत अन्य महादेशहरुको विभिन्न पक्षको जानकारी राख्ने र सबैभन्दा बढी सूचनाहरु सङ्कलन गर्ने दार्शनिकहरुमा पर्नुहुन्थ्यो। समाजशास्त्रमा मार्क्सको देन त अतुलनीय थियो। ........ हामी त समाजवाद र वर्गसङ्घर्षको विषयमा मात्र मार्क्सलाई पढ्ने गछर्ौं। ........ उहाँहरुले अमेरिकी समाजशास्त्री लुइश हेनरी मोर्गन, जीवशास्त्री एवं वैज्ञानिक डार्विनजस्ता आफूभन्दा पहिलेका र समकालीन विद्वान, दार्शनिक र वैज्ञानिकहरुको कृतिहरुबाट उहाँहरुले मार्क्सवादलाई संमृद्ध बनाउनुभएको थियो। ........ मार्क्सवादमा मनोविज्ञानको पक्ष थोरैमात्र रहेको छ। मार्क्सले सर्वहारा र मजदुरहरुलाई आफूहरुले उत्पादन गरेका सामानहरु प्रति कुनै प्रेम र लगाव हुँदैनथ्यो किनभने ती सामानहरु आफूहरुले उपभोग गर्न पाउँदैनथे र बल्ल बल्ल दुई टुक्रा रोटी किन्ने ज्याला पाउँथे। ........सायद आधुनिक मनोविज्ञानका महान हस्ति सिग्मण्ड फ्रायड मार्क्सभन्दा अगाडि वा समकालीन भएको भए मार्क्सले जरुर पनि सिग्मण्ड फ्रायडका मनोविज्ञानका कृतिहरूबाट मार्क्सवादलाई अझ संमृद्ध पार्दो हो। ....... मार्क्सभन्दा पहिलेका र उहाँका समकालीन दार्शनिकहरुले बहुमत मजदुर, किसान र कामदारहरुको दयनीय स्थिति र सामन्त र पूँजीपतिहरुको शोषण र अत्याचारको यथार्थ वर्णणमात्र गरे। तर मार्क्सले शोषणको जडलाई नै उन्मूलन गरी संसारलाई बदल्न सिद्धान्त प्रतिपादन गर्नुभयो। यो नै लाखौं वर्षको मानव इतिहासमा उहाँको ठूलो देन थियो।'' त्यसपछि, मैले योगेन्द्रजीलाई सोधें, ''सिग्मण्ड फ्रायड त मार्क्सपछिका भए। त्यसो भएर लेनिन र स्टालिनहरूले पनि उहाँहरुका सिद्धान्तहरूलाई सिग्मण्डका मनोविज्ञानका कृतिहरूबाट पनि अघि बढाउनु भएन?' उनले भने –'अहँ, समाज विज्ञान र समाजशास्त्र, वातावरण र प्रदूषण सम्बन्धमा मार्क्सहरूले यथेष्ट व्याख्या गरिसकेका हुनाले लेनिनहरूले त्यतातर्फ ध्यान दिनुभएन र नयाँ परिस्थितिसँग मिल्नेगरी मार्क्सवादलाई विकास गरी लेनिनवादको प्रतिपादन गर्नुभयो .......।'' यस कुराकानीबाट मलाई कम्युनिष्ट आन्दोलनमा सिग्मण्ड फ्रायडको मनोविज्ञानबाट लाभ लिनसकिन्छ भन्ने लाग्यो। मैले योगेन्द्रजीलाई यस सम्बन्धमा लेख्न पनि अनुरोध गरें। सिग्मण्ड फ्रायडले आफ्नो वृद्धावस्थामा भन्ने गर्थे– 'म असन्तुष्ट छु किनभने जिन्दगीभर मैले रोगीहरूका मनोविज्ञान मात्र बुझ्ने कोसिस गरें र स्वस्थ मान्छेको मनोविज्ञान कस्तो हुन्छ त्यसको खोज गर्न पाइनँ। यसै कुराको दुःख छ। अझै धेरै वर्ष बाँच्ने भएँ म परोमनोविज्ञानको अनुसन्धानमा लाग्थें।' मनोविज्ञानले मानसिक रोगीको उपचार गर्न सघाउँछ। तर, परोमनोविज्ञानले मान्छेभित्रको अथाह शक्तिलाई जगाउने काम गर्छ। का.रोहितले बेलाबखत अनौपचारिक भेटघाटमा भन्ने गर्नुहुन्छ –'जहिले पनि ठूलो देशमा साम्यवादी क्रान्ति भएपछि अन्य स–साना देशहरूका क्रान्तिहरुमा पनि सघाउ पुग्छ, ठूलो देशमा हुने मजदुर–किसान, सर्वहारा आन्दोलनहरूबाट अन्य स–साना देशहरू प्रभावित हुन्छन् भन्ने कुरोे पूर्ण सत्य होइन। सानो देशमा हुने जनआन्दोलन, मजदुर–किसान र सर्वहारा आन्दोलन र क्रान्तिबाट ठूलो देशलाई पनि प्रभाव पार्ने गर्छ। जसरी सुरुमा भारतमा भएको मुक्ति आन्दोलन र सर्वहारा आन्दोलनको प्रभाव नेपाललगायत अन्य साना छिमेकी देशहरूमा पर्यो त्यसैगरी नेपालको वाम आन्दोलनले पनि ठूलो देशमा प्रभाव पार्नसक्छ। कतिपय अवस्थामा सैद्धान्तिक छलफलमा ठूला देशका नेताहरूलाई त्यस सम्बन्धमा स्पष्ट हुन सघाउ पुर्याउन सकिन्छ। .......' उहाँको यस भनाइबाट हामीभित्र चालै नपाउने गरी विकास भएको हीनताबोधलाई हटाइदिन्छ। भदौ २४ को आन्दोलन र वाम एकताको महत्त्वलाई बुझी त्यसको भावनालाई आत्मसात गरी आ–आफ्नो स्थानमा रहेर क्रान्तिलाई पुस्तौं पुस्ता निरन्तरता दिन आन्दोलन र क्रान्तिका उत्तराधिकारीहरूको भूमिका निभाऔं, आधुनिक संशोधनवादको भण्डाफोर गर्दै जाऔं, समाजवाद उन्मुख संविधान निर्माणको आन्दोलनलाई अघि बढाऔं, कामदार वर्गलाई शासक वर्गको रुपमा उठाऔं भन्ने नारालाई अझ घन्काउँदै जाऔं, नेपाललगायत विश्वका वामपन्थी आन्दोलनहरूको पनि ठूलठूला उपलब्धि र कमी कमजोरी र ठूलठूला विरामहरूलाई संयोजन गरेर नयाँ ढङ्गले आन्दोलनलाई उठाउने कार्यशैलीहरू सम्बन्धमा चिन्तन मनन गरौं, स्थापित नेताहरूको निर्देशनलाई पनि सही ढङ्गले अघि बढाउने प्रणाली स्थापना गर्ने सम्बन्धमा छलफल चलाऔं। |