September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

पुरातत्त्व विभागलाई केही प्रश्न

पाँचतले देवलको समानान्तर अथवा कुरुप हुने गरी मोबाइल टावर बनाउँदा पुरातत्त्व विभाग कहाँ थियो?
दरबार स्क्वायर वा लायकू पशुपति मन्दिरको पूर्वमा मापदण्डविपरीत घर बनाउँदा पुरातत्त्व विभाग कहाँ थियो?
दरबार स्क्वायरमा ट्रक, बस, मोटर र सारा बाहन आउँदा पुरातत्त्व विभाग कुन कुम्भकर्ण निन्द्रामा थियो?
अरु पनि मापदण्डविपरीत घरहरू निर्माण हुँदा नगरपालिकाको विरोध हुँदाहुँदै पुरातत्त्व विभागले किन स्वीकृति दियो?
पुराना घर, सहर, चोक स्मारकहरूलाई यथावत राख्न जनतामा जागरण ल्याउन पुरातत्त्व विभागले कतिवटा चोकसभा, कोणसभा, जनसभा र अन्तरक्रिया गर्‍यो?
के पुरातत्त्व कार्यालयले आफ्नो बजेट कहिल्यै पारदर्शी गर्‍यो?
नगरपालिकाले तलेजुमा जीर्णाेद्धार गर्नुभन्दा पहिले पुरातत्त्व विभागले २० वर्ष यता एक पैसा खर्च गर्‍यो?
काठको कलाकृति जोगाउन कुमारी चोकको पछाडि चुलोको काम लिंदा पुरातत्त्व विभागले कहिले के कदम चाल्यो?
आज पनि खौमाको मल्लहरूको कलात्मक पुरानो भवन जोगाउन वा संरक्षण गर्न पुरातत्त्व विभाग के गर्दैछ?
वडा नं. १४ को राजभण्डारी चोक र घरहरूको संरक्षण र संवर्द्धन गर्न पुरातत्त्व विभाग के गर्दैछ? 
सुर्खेतको काँक्रे विहारमा कति खर्च गर्‍यो? के काम गर्‍यो पुरातत्त्व विभागले?
– सम्पदा