पसल हटाउनुपर्ने
भक्तपुर नपा वडा नं. १७ दूधपाटीमा अवस्थित सिद्धपोखरी क्षेत्रका ठाउँहरू ओगटी गाडामा पसल राख्नेहरूको सङ्ख्या बढिरहेको छ। सार्वजनिक ठाउँ ओगटी पसलहरू राखिदिंदा सिद्धपोखरीको वातावरणमा प्रत्यक्ष असर पर्नुका साथै त्यहाँ घुम्न आउनेहरूलाई सहज रुपमा हिंड्न तथा सवारी साधनको पार्किङ गर्न ठाउँको अभाव हुन गएको छ। सिद्धपोखरीको क्षेत्रभित्र पसल राख्न छुट दिइरहने हो भने पछि नगरपालिकालाई समस्याको बोझ बन्न सक्नेछ। पसलहरूको सङ्ख्या त्यहाँ बढ्दै जाँदा नगरपालिकाले पछि तिनीहरूलाई त्यहाँबाट हटाउन समस्या हुनसक्छ। हट्नु परे पनि त्यसको विकल्प खोज्न सक्नेछ। भविष्यमा आउनसक्ने समस्यालाई समयमा नै अन्त गर्न सिद्धपोखरीको गरिमा र सुन्दरता जोगाउन नगरपालिकाले यथाशीघ्र ती पसलहरू त्यहाँबाट हटाउन जरुरी भईसकेको तर्फ हामी ध्यानाकर्षण गराउँदछौं। – दूधपाटीका शुभचिन्तकहरू
|