September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

यसो नभए हुन्थ्यो

पुस्तकालयमा सामान्यतः 'कृपया शान्त रहनु होला' भन्ने सूचना भित्ता भित्तामा लेखिएको हुन्छ। त्यसो नभनिए तापनि सामान्यतः पुस्तकालय शान्त नै रहन्छ। कति ठूला पुस्तकालयमा दर्जनौं मानिस रहँदा पनि कोही नरहेझैं भएको पाएको छु। पुस्तकालयमा जति मानिसको घुइँचो हुन्छ उत्तिकै शान्त हुने गरेको देखेको छु। तर मानिसको उपस्थिति नै नहुने पुस्तकालयमा भने कर्मचारीबाटै शान्ति बिथोलिएको धेरै पटक अनुभव गरेको छु। कर्मचारी स्वयम्ले टेलीफोनमा चर्को आवाजमा कुरा गर्ने, कर्मचारीबीच गफ मार्दा हो हल्ला हुने स्थितिबाट पुस्तक, पत्रपत्रिका पढ्न आउनेलाई हुने 'डिर्स्टव' बारे ख्याल नगर्ने मानिसदेखि दिक्क लाग्छ। आफैले प्रकाशित गरेको सूचनासमेत बेवास्ता गर्नु हदैको गैरजिम्मेवारी हो।
    अध्ययन अनुसन्धान गर्नुको अर्थ विषयवस्तुमा गम्भीर ध्यान केन्द्रित गर्नु हो। पढ्ने ठाउँमा अरु कुनै आवाजले ध्यान विकेन्द्रित गर्दछ। जहाँ जस्तो व्यवहार गर्नुपर्ने त्यो गर्नु नै सभ्यता हो। त्यसो गर्न सिक्नु नै सुसंस्कार हो। शिक्षाको अर्थ पनि त्यही हो। आफ्नो कारण अरुलाई कुनै अप्ठ्यारो नपरोस् भन्ने सोच्नु नै मानवीय सवेदना हो। त्यसो भएमा संसार सुन्दर हुन्छ।
सङ्कल्प, भक्तपुर