बेलायतका कामदार वर्गको अवस्था – ३०
उत्ति नै बेला दस घण्टाको काम गर्ने समयको लागि भएको कामदारहरूको आन्दोलन विनाप्रतिफल सकियो। १८३९ मा फेरि एकपटक त्यस आन्दोलनले पूर्णता पायो। स्याडलरको मृत्युपछि उसको ठाउँ प्रतिनिधि सभाका लर्ड एस्ले र रिचार्ड ओयस्ट्लरले लिए। दुवैजना टोरिज दलका नेता थिए। विशेषगरी ओयस्टलर, औद्योगिक क्षेत्रमा जसले निरन्तर आन्दोलन चलाएको थियो र उनी स्याड्लर जीवित छँदा पनि उत्तिकै सक्रिय थिए। उनी मजदुरहरूले औधि रुचाइएका व्यक्तित्व थिए। तिनीहरू उनलाई पुराना असल राजा, कारखानामा काम गर्ने केटाकेटीहरूको राजा भनी बोलाउँथे। त्यस उद्योग क्षेत्रमा उनलाई नचिन्ने र आदर नगर्ने केटाकेटी कोही पनि थिएनन्। न त कोही त्यस्ता केटाकेटीहरू नै थिए जसले उनको आगमनमा हुने स्वागत र्यालीमा भाग नलिएका होउन्। ओयस्ट्लरले जोडदारका साथ नयाँ तर कमजोर कानुनको पनि विरोध गरे। त्यसैले उनी ऋण नतिरेको निहुँमा लागि थोर्नहील साहेबद्वारा कैद भए। जसको औद्योगिक क्षेत्रमा अभिकर्ताको रुपमा जागिरे थिए, जसलाई उनले पैसा तिर्नुपर्र्थ्यो। ह्वीग्सले बारम्बार उसको ऋण तिरी दिने र अन्य कुराहरू प्रदान गर्ने विचार गरे यदि उनले गरिबी ऐनको विरुद्ध आन्दोलन गर्न छोड्थ्यो भने। तर सबै व्यर्थ भए। उनी कैदमै रहे। जहाँबाट उनले साप्ताहिक पत्रिका फ्लीट पेपर्स उद्योग व्यवस्था र गरिबी ऐनको विरुद्धमा प्रकाशित गरे।
१८४१ को टोरी सरकारले एकपटक फेरि यसको ध्यान कारखाना ऐनमा लगाए। गृहसचिव सर जेम्स ग्राहमले १८४३ मा केटाकेटीहरूको काम गर्ने समय साढे ६ घण्टा हुनुपर्ने र अनिवार्य विद्यालय शिक्षालाई बढी प्रभावकारी कार्यान्वयनका लागि एउटा विधेयक प्रस्ताव गरे। यस सम्बन्धमा मुख्य बुँदा बेहतर विद्यालयहरूको बन्दोबस्त गरिनु हो। तैपनि भिन्न मत भएकाहरूको इर्ष्याबाट त्यस विधेयक पङ्गु बनायो। किनकि ती विपक्षीहरूका केटाकेटीहरूमा अनिवार्य धार्मिक शिक्षा फैलिएको थिएन। धार्मिक शिक्षा दिइने विद्यालयहरू स्थापित गिर्जाघर र बाइबलको साधारण अध्यापनमा राखिन्थे। जसले सामान्य पढ्ने किताब, धर्म हुँदै सबै शिक्षा आधारशिला तय गर्यो। जहाँबाट भिन्न मत भएकाहरू आफै खतरामा परेको महसुस गरे। उद्योगपतिहरू र सुधारवादीहरू साधारणतया उनीहरूसँग मिलेका हुन्थे। मजदुरहरू गिर्जाघरको सवालमा विभाजित थिए र त्यसैले क्रियाशील थिएनन्।
विधेयकको विरोधी पक्षहरू सालफोर्ड र स्टोकपोर्टजस्ता ठूला उत्पादनशील सहरहरूमा बढी सङ्ख्यामा भए पनि म्यानचेस्टरजस्तै अन्यमा निर्भर भए पनि मजदुरहरूको डरका कारण यसको निश्चित बुँदा मात्रैलाई प्रहार गर्न सक्षम भए पनि झण्डै बीस लाख हस्ताक्षरहरू यसको विरुद्धको आवेदनका लागि सङ्कलन गरे। ग्राहम आफै समग्र विधेयक फिर्ता लिन त्यति बढी तर्सिए। अर्को वर्ष उनले विद्यालयसम्बन्धी उपदफा हटाई दिए। पूर्व प्रावधानको सट्टा ८–१३ बीचका केटाकेटीहरूलाई साढे ६ घण्टा काम गर्न बन्देज लगाइनुपर्ने प्रस्ताव पेश गरे। त्यसबमोजिम कि त पूरा बिहानी वा पूरा दिनका लागि केटाकेटीहरू स्वतन्त्र रहने किसिमले रोजगार हुनुपर्दछ। १३ देखि १८ वर्ष बीचका नवयुवक सम्पूर्ण महिलाहरू १२ घण्टामै सीमित हुनुपर्दछ ताकि कारखाना ऐन ऐतिहासिक रुपमा पटकपटकको हमलाबाट सुरक्षित रहन सकोस्। उनले यो विधेयक मुश्किलै पेश गरे जब दस घण्टा कामको अवधि रोक्नुपर्ने माग राखे।
पहिले कहिल्यै त्यति जोडदारसँग नउठेको आन्दोलन उठ्यो। ओयस्ट्लरले भर्खरै जेलबाट छुट्कारा पाएको थियो। उनका असङ्ख्य साथीहरू र मजदुरहरूबीचको आर्थिक सङ्कलनबाट उनको ऋण तिरिएको थियो। उनी आफू त्यस आन्दोलनमा आफ्नो भएभरको शक्ति लगाई हाम फाले। दस घण्टा कामको अवधि रोक्ने विधेयकको पक्षहरूको सङ्ख्या अब संसदमा वृद्धि भयो। थुप्रै आवेदनहरू यसलाई समर्थन गर्दै सबैतिरका मित्रराष्ट्रहरूबाट ओइरियो। १८४४ मार्च १९ मा लर्ड एश्लेले १७९ देखि १७० को बहुमतसितै एक अठोट बोकी 'कारखाना ऐनमा रात्री' भन्ने शब्दले बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्मको समयलाई बोध गर्छ जबकि रात्री कार्यको निषेधको अर्थ बार्ह घण्टाको काम गर्ने समयमा सीमित हुनु हो। कामबाट स्वतन्त्र समय वा दिनको ठ्याक्कै दसघण्टा काम गर्ने अवधिसमेत समाविष्ट हुनु हो। तर मन्त्री यसमा सहमत भएनन्। मन्त्री सर जेम्स् ग्राहमले मन्त्रीमण्डलबाट राजीनामा दिने चेतावनी दिए। त्यस विधेयक अर्को मतमा दस र बार्ह घण्टाको दुवैको सानो बहुमतबाट संसद बहिष्कृत भए। ग्राहम र पीलले चेतावनी दिए कि तिनीहरूले नयाँ विधेयक प्रस्तुत गर्नुपर्नेछ। यदि यो पारित हुनसकेन भने तिनीहरूले राजीनामा दिनुपर्थ्यो। नयाँ विधेयक विल्कुलै पुरानो बार्ह घण्टे काम गर्ने अवधिमा सामान्य हेरफेरको एउटा रुप थियो। त्यही संसदले मार्चमा यस विधेयकको मुख्य बुँदालाई अस्वीकार गरेको थियो। अहिले यसलाई पूर्णतया विना शङ्काले स्वीकार्यो। यसको कारण थियो दस घण्टाको विधेयकका समर्थकहरूमध्ये धेरैजसो टोरीहरू थिए जसले मन्त्रालयलाई भन्दा पनि विधेयकलाई असफल हुन दिएका थिए। तर मनसाय जे जस्तो भए पनि यस विषयमाथि संसदको मतद्वारा प्रत्येक मत पछिल्लो विधेयकको विपरीत रह्यो। यसले सम्पूर्ण मजदुरहरूबीच ठूलो तिरस्कार भित्र यसैलाई ल्याएको छ। साथै अत्यधिक उत्कृष्ट पाराले यसको सुधारको आवश्यकताको चार्टिष्ट घोषणा सावित भयो। मन्त्रालयको विरुद्ध पहिला मत दिएका तीनजना सदस्यहरूले पछि यसका लागि मत दिई यसलाई उद्धार गरे। सबै विभाजनहरूमा असङ्ख्य प्रतिपक्षीहरूले मत खसाले भने यसको आफ्नै राजनीतिक पार्टीले त्यस कुख्यात मन्त्रालयको विरुद्धमा मत राखे। साढे ६ घण्टा काम गर्ने केटाकेटीहरू र बार्ह घण्टा काम गर्ने सबै अन्य कामदारहरूको रोजगारीलाई छुनुमा ग्राहमको पूर्वगामी मान्यताहरू अहिले कार्यपालिकाको मान्यताहरू हुन्। तिनीहरू तथा अधिक कामको सीमितताबाट यन्त्र साधन बिग्रँदा वा खडेरी वा अनावृष्टिको कारण अपर्याप्त पानी उर्जाबाट खेर गएको समुदाय सदुपयोग गर्न बार्ह घण्टाभन्दा बढी दैनिक काम गर्ने समय तय गरिनु असम्भव प्रायः भइसकेको छ। तैपनि त्यहाँ कुनै शङ्का थिएन कि धेरै छोटो समयमा 'दस घण्टे कामसम्बन्धी साँच्चिकै स्वीकारिनेछ। उत्पादकहरू सबै स्वभावैले यसका विरुद्ध हुन्छन्। त्यहाँ सायद यसको पक्षमा दसजना पनि छैनन्। यस तर्सिएको मापनविरुद्ध हरेक सम्मानजनक तथा असम्मानजनक माध्यम तिनीहरूले प्रयोग गरेका छन्। तर तिनीहरूमा ती मजदुरहरूको अहिलेसम्मको गहिरो घृणालाई पोख्नुभन्दा कुनै अरु परिणाम हुँदैन। त्यस विधेयक पारित हुनेछ। मजदुरहरूले गर्नसक्ने जति काम गर्नेछन्। तिनीहरूसँग गत वसन्तमा पारित गरेको यो विधेयक हुनेछ। उद्योगपतिहरूको आर्थिक तर्कहरू यस्ता छन् कि 'दश घण्टे विधेयक' दस घण्टा कामको विधेयकले उत्पादनको मूल्यवृद्धि गर्थ्यो र बेलायती उत्पादकहरूलाई विदेशी बजारमा प्रतिस्पर्धाका लागि असमर्थ तुल्याउँथ्यो। ज्याला घट्नैपर्छ भन्ने कुरा सबै अर्धसत्य मात्र हुन्। तर तिनीहरू यसबाहेक केही पुष्टि गर्दैनन् कि बेलायतको औद्योगिक महानता कामदारहरूको पशुवत व्यवहार तिनीहरूको स्वस्थ, सामाजिक, भौतिक तथा मानसिक पतन र सम्पूर्ण पिंढीको विनाशपश्चात्मात्रै कायम राख्न सकिन्छ। स्वभावैले दस घण्टाको काम गर्ने विधेयक अन्तिम मापन थियो। यसले बेलायतलाई बर्बाद गर्थ्यो नै तर यससँगै अन्य मापनहरू अवश्यम्भावी ल्याउनैपर्ने भएकोले यसले बेलायतलाई इतिहासमा पुर्खाले पछ्याएको भन्दा पूर्णतया फरक मार्गमा दोहोर्याउनैपर्छ। यसले केबल एउटा अग्रिम कदम प्रमाणित गर्न सक्छ।
अब कारखाना व्यवस्थाको अर्को पक्षमा ध्यान दिऔं जुन कार्यपालिकाको मान्यताबाट यसले निम्त्याएको रोगहरूलाई जस्तै त्यति सजिलै समाधान गर्न सकिंदैन। हामीले पहिल्यै रोजगारको प्रकृतितिरको साधारण मार्गमा लक्षित गरेका छौं। साथै दिइएका तथ्यहरूबाट सही निष्कर्ष निकाल्न सक्षम तुल्याउन पर्याप्त विवरण सङ्केत गरेका छौं। यन्त्रको निरीक्षण, काटिएको धागो जोड्नु कुनै सजिलो क्रियाकलाप होइन जसले कामदारहरूको मानसिक शक्ति दोहन गर्दछ। अझै यो उसको विचार अन्य कुराहरूबाट विचलित हुनबाट रोक्ने एक काइदामात्रै हो। हामीले देख्यौं–यस कार्यले मांशपेशीलाई कुनै शारीरिक क्रियाकलाप गर्नसक्ने क्षमता प्रदान गर्दैन।
तसर्थ ठीकसँग बोल्ने हो भने यो कुनै काम होइन, तर विरक्ति (नरमाइलोपन), अत्यधिक निष्त्रि्कय विचारणीय प्रक्रिया हो। कामदारलाई उसको शारीरिक तथा मानसिक शक्ति यस पूर्ण दिक्दारीमा खियाउन दिने फैसला सुनाइन्छ। हरेक दिन र सबै दिन आठ वर्षदेखि निरास जीवन व्यतित गर्नु उसको लक्ष्य हो। यसका अतिरिक्त उसले एकछिनको आराम पनि पाउँदैन। मेसिन लगातार चल्छ, पाङ्ग्राहरू, फित्ताहरू, धागो बेर्ने फिर्कीहरू विनारोकतोक उसको कानमै आइ खट्याक खट्याक आवाज निकाल्छन्। यदि ऊ एकै ताली खोस्न प्रयास गर्छ भने यहाँ निरीक्षकहरू आफ्नै पछाडि जरिमाना तिराउने पुस्तिकासाथमा हुन्छ। कारखानामा जीवित गाडिन दण्डित हुनु अथक यन्त्रमा निरन्तर ध्यान दिनुलाई कामदारहरूद्वारा सर्वाधिक प्रबल यातना महसुस गर्दछन्। मन र शरीरमाथि यसको कार्य लामो समयसम्म उच्चत्तम हदमा अवरुद्ध रहन्छ। कारखानामा काम गर्ने अवधिमा भन्दा बेसी स्तब्धता उत्पन्न गर्ने माध्यम अरु कुनै छैन। कामदारहरूसँग यदि कुनै छ भने पनि त्यसले केवल तिनीहरूको बुद्धिमत्ताको बचाऊ गरेन तर यसलाई अन्य मजुदरहरूलाई भन्दा बढी शिष्ट र तीक्ष्ण राख्यो। तिनीहरूले यसलाई केवल तिनीहरूको भाग्यविरुद्धको विद्रोह र पूँजीपति वर्गको विरुद्धको विद्रोहमा सम्भव बनाएका छन्। यही नै मुख्य विषय हो जसको सबै अवस्थाहरूमा तिनीहरू काममा हुँदा सोच्न र अनुभव गर्नसक्छन्।
प्रस्तुति: सुन्दर सुवाल
|