September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

बेलायतका कामदार वर्गको अवस्था – ३१

कारखानाभित्र पनि उसँग व्यवस्थापकको सम्बन्ध खराब हुन्छ। यहाँ कारखाना मालिक पूर्णतया ऐन निर्माता हुन्छ। उ ईच्छा अनुसारको नियम बनाउँछ, पुराना नियमावलीमा आफ्नो खुशीले हेरफेर गर्ने थप्ने गर्दछ। यदि उसले कुनै त्यस्तो अप्ठ्यारो कुरा घुसार्छ भने पनि अदालतले कामदारलाई भन्छ, 'तिमी आफ्नै मालिक आफै थियौ, तिमीले नचाहेको सम्झौताका लागि सहमत हुन कसैले तिमीलाई बाध्य पारेन। तर अहिले तिमी सम्झौतामा स्वतन्त्ररुपले छिरिसकेका छौ, तिमी यस नियममा रहनैपर्छ।' त्यसैले मजदुर या कामदार केवल शान्तिको न्यायको खिल्ली उडाउने मोलमोलाइ मात्र पाउँछ। जो पूँजीपति आफैको र पूँजीपति वर्गले बनाएको ऐनभित्र हुन्छ। त्यस्तो निर्णयहरू प्रायः पर्याप्त दिइँदै आएको छ। १८४४ अक्टोवरमा केनेडी कारखानाका कामदारहरूले म्यानचेष्टरमा हड्ताल गरे। केनेडीले तिनीहरूलाई त्यस कारखानामा लागू नियमहरूको आडमा सजाय सुनायो – कहिल्यै पनि दुईजनाभन्दा कामदारहरूले एकै कोठामा एकैताली काम छोड्ने छैन। अदालतले मजदुरहरूलाई माथिकै बयान सुनाउँदै केनेडीकै पक्षमा निर्णय  दियो। त्यस्ता नियमहरू प्रायः यी यस्ता हुन्छन्, उदाहरणको लागि:
    १. ढोकाहरू काम सुरुभएपछि दस मिनेट बन्द हुन्छन्। त्यसपछि कसैलाई पनि नास्ता समय नहुञ्जेल भित्र छिर्ने स्वीकृति हुँदैन। जो पनि यस समयमा अनुपस्थित हुन्छ उसले प्रतितान एक तिहाइ गुमाउँछ। २. हरेक स्वचालित यन्त्र बुन्नेले यन्त्र चलेको बखतमा आफै अनुपस्थित फेला पारेमा प्रतिघण्टा प्रतितान एक तिहाइ गुमाउँछ। काम गर्ने समयमा जाँचकीहरूको कोठा अनुमति नलिई कोठा छोड्ने हरेक व्यक्तिले एक तिहाइ गुमाउँछ। कपडा बुन्नेहरू आफैले कैंची लान नसकेमा प्रतिदिन एक अंश कमाइ गुमाउँछ। सबै भाँचिएका वा बिग्रेका शटल, (कपडा बुन्ने तानमा धागो वारपार गर्ने एक उपकरण) ब्रुशहरू, तेल राख्ने डिब्बा, पाङ्ग्राहरू, झ्यालका सिसाहरू आदि इत्यादिका लागि तान बुन्ने व्यक्ति आफैले क्षतिपूर्ति तिर्नुपर्छ। ५. कुनै पनि बुन्ने व्यक्तिले एक हप्ताको सूचना नदिईकन काम रोक्न मिल्दैन। उद्योगपतिले विना सूचना कसैलाई उसको खराब काम वा अनुचित व्यवहारका लागि कामबाट निकाल्न सक्नेछ। ६. हरेक कामदार एक अर्कोसित बोलिरहेको, गाउँदै वा आवाज निकाल्दै बसेको भेट्टिएमा ६ गुणा बढी जरिवाना तिराइनेछ। मेरो अगाडि कारखाना अनुशासनको अर्को प्रति छ। जसअनुसार तीन मिनेट ढिला आउने हरेक कामदारले घण्टामा एक चौथाइ ज्याला गुमाउँछ। जो बीस मिनेट ढिला आउँछ दिनको एक चौथाइ ज्याला गुमाउँछ। बिहानको नास्तासम्ममा पनि नआउने कामदारले सोमबार एक शिलिङ गुमाउँछ र हप्ताको अन्य दिनमा ६ पेन्स (सिक्का) गुमाउँछ आदि इत्यादि। यो अन्तिम चाहिं जर्सी स्ट्रीट म्यानचेष्टरमा फोनिक्स वकर्सको नियम हो। त्यस्ता नियमहरू एउटा विशाल अव्यवस्थित कारखानामा आवश्यक हुन्छन् भन्न सकिन्छ। विभिन्न क्षेत्रको कामको व्यवस्था सुनिश्चित गर्न यस्तो घोषणा गर्न सकिन्छ कि त्यस्तो कठोर सैनिक अनुशासनमा सेनामा जस्तै यहाँ पनि आवश्यक छ। यो त्यस्तो हुन सक्ला, तर यो कस्तो खालको सामाजिक क्रमबद्धता हो जसलाई त्यस्तो लज्जास्पद निरङ्कुशताविना कायम राख्न सकिंदैन? कि त समाप्तिले साधनलाई पवित्र तुल्याउँछ वा साधनहरूको खराबीबाट समाप्तिको खराबीको निष्कर्ष न्यायोचित हुन्छ। सैनिक जवानको रुपमा सेवा गरेका हरेक व्यक्तिलाई सैन्य अनुशासनमा छोटो अवधिका लागि मात्रै अनुवन्धित हुनु के हो भन्ने कुरा थाहा हुन्छ। तर यी कामदारहरूलाई शारीरिक तथा मानसिक तवरले तिनीहरूको नवौं वर्षदेखि मृत्युपर्यन्त तरवारमुनि जीउन बाध्य पारिन्छ। तिनीहरू अमेरिकामा काला हब्सीहरूभन्दा बढी खराब जीवन व्यतित गर्ने दासहरू हुन्। किनभने तिनीहरूलाई बढी कडा रुपले रेखदेख गरिरहन्छन् अझै तिनहिरूको यस्तो माग गरिन्छ कि तिनीहरू मानवजस्तै बाँच्ने छन्, मानिसले जस्तै सोच्नेछन्, अनुभव गर्नेछन्। वास्तवमा तिनीहरू यसलाई केवल तिनीहरूको शासकहरूप्रतिको तीव्र घृणाका रुपमा अनुभव गर्न सक्छन्। तिनीहरूलाई त्यस्तो स्थितिमा पुर्‍याउने तमाम चीजहरूप्रतिको घृणामा मात्रै यसलाई जारी राख्न सक्छन्।
    जसले तिनीहरूलाई यन्त्रमा पतन गरिदिन्छ। तर अझै यो स्थिति ज्यादै लज्जास्पद हुन्छ। कामदारहरूको विश्वव्यापी सवुतका अनुसार असङ्ख्यक उत्पादकहरू कामदारमाथि अत्यधिक निर्दयी कठोरतासँगै तिराइएको जरिवाना सङ्कलन गर्दछन्। फार्दिङ्ग (पेनीको एक चौथाई) बाट अतिरिक्त मुनाफा कमाउने उद्देश्यका लागि यसरी दरिद्र तुल्याइएका सर्वहाराहरूबाट जबरजस्ती असुलियो। लीच घोषणा पनि गर्छ कि कामदारहरू प्रायः कारखानाको भित्ते घडी पन्ध्र मिनेट चलाख गरिएको फेला पार्छन् अनि ढोका बन्द भएको पाउँछन्। जब कारखानाका कर्मचारी भित्रपट्टी जरिवाना किताब साथमा लिई चल्छ त्यसमा केवल अनुपस्थितहरूबाहेक अरु केही हुँदैन। लीचले पन्चानब्बे जना कामदारहरूलाई यसरी बाहिरै राखिएको दाबी गर्छ। जो कारखाना घडीभन्दा पन्ध्र मिनेट ढिलो थियो। बिहान भने पन्ध्र मिनेट चलाख हुन्थ्यो। कारखानाको प्रतिवेदनले उस्तै तथ्यहरू बताउँछ। एउटा कारखानामा त घडी काम गर्ने बेला ठीकविपरीत दिशामा घुमाएर राखिएको थियो। त्यसैले कामदारहरू तोकिएको समयभन्दा बढी काम विनापारिश्रमिक गर्थे। अर्कोतर्फ घण्टाको एक चौथाइ समय बढी काम पहिल्यै गराइन्थ्यो। तेस्रो चाहि त्यहाँ दुईवटा भित्ते घडीहरू थिए। एउटा साधारण अनि अर्को यन्त्र जडित हुन्थे। जसले मुख्य औजारको लामो विंड परिवर्तनलाई दर्ता गरे। यदि यन्त्र ढिलो गतिमा चल्यो भने बार्‍ह घण्टाको परिक्रमाको गणना नपुगुञ्जेल यन्त्र जडित घडीबाट काम गर्ने घण्टा मापन गरियो। काम राम्ररी भयो भने सामान्य काम गर्ने घण्टा सामाप्त हुनुअघि त्यस गणनाको परिक्रमामा पुग्थ्यो। कामदारहरू बार्‍हौं घण्टाको अन्त्यसम्म कठोर परिश्रम गर्न बाध्य पारिन्थे। त्यसमा साक्षी बक्छ कि उसले ती केटीहरूलाई चिनेको थियो जसबाट राम्रो हुन्थ्यो। जसले अत्यधिक काम गरेका थिए। जसले आफैलाई यस निरङ्कुशतामा उत्सर्ग गर्नुभन्दा वेश्यावृत्तिको जीवन व्यतित गर्नमा लगाए। जरिवानातिर फर्कंदा लीचले बारम्बार गर्भावस्थाको अन्तिम चरणमा पुगेका आइमाईहरूलाई ६ गुणा बढी जरिवाना तिराइएको देखेको वर्णन गरेका छन्। जुन केवल एकछिन आराम गर्न बसेर नियम उल्लङ्घनका लागि थियो। खराब कामको निम्ति जरिवाना पूर्णतयार स्वेच्छाचारी छन्। मालसामानहरू भण्डारकोठामा जाँचिन्छन्। निरीक्षकहरू कामदारहरूलाई नबोलाइकनै एक सूचिमाथि जरिवाना तिराउँछन्।
    जसले आफूलाई जरिवाना तिराइएको कुरा केवल कारखानाका पर्यवेक्षकहरूले उसको ज्याला दिने बेला मात्र थाहा पाउँछन् वा उनीहरूको पहुँचभन्दा पर राखिएका हुन्छन्। लीचसँग त्यस्तो जरिवानाको सूचि दस फिट लामो र कूल पैत्तीस पाउण्डको दस गुणाका दरले १७ जनाको थियो। उहाँ बताउनुहन्छ कि यो सूचि तयार गरेको कारखानामा एकजना नयाँ निरीक्षकलाई धेरै कम जरिवाना तिराएकोमा हटाइएको थियो। किनभने उसले हप्ताभरिमा पाँच पाउण्डमात्र सङ्कलन गर्दैथियो। म दोहोर्‍याउँछु कि लीचलाई म पूर्णतया गलत कार्य नगर्ने मान्छे हो भनी चिन्छु।
    तर कामदार अझै अर्को सन्दर्भमा उसको मालिकको दास हुन्छ। उसको श्रीमती वा छोरीले त्यस मालिक, एक निर्देशन, पर्याप्त सङ्केतको दृष्टिकोणमा सहयोग वा समर्थन पाउँछ भने तिनले आफैलाई उसको अधीनमा पाउँछिन्। कारखाना मालिक पूँजीपति वर्गको पक्षमा एउटा आवेदन हस्ताक्षरसँगै पुर्‍याउने इच्छा गर्दा उसले केवल यसलाई आफ्नो कारखानामा पठाउन आवश्यक हुन्छ। यदि उनी संसदीय चुनाव गर्न चाहन्छ भने उनी उसका दासत्वबाट स्वतन्त्र कामदारहरूलाई पदमा पुर्‍याउँछ र चुनावका लागि उम्मेदवारी दिन्छ। तिनीहरू पूँजीपति वर्गका उम्मेदवारहरूलाई मत दिन्छन् चाहे पूँजीपतिहरूले देओस् वा नदेओस्। यदि उनी सार्वजनिक भेलामा बहुमतले इच्छा गर्छ भने उ ती स्वतन्त्र कामदारहरूलाई अघिपछिभन्दा आधा घण्टा चाँडै फर्काउँछ र सार्वजनिक भाषण मञ्च (प्लेफर्म) नजिक तिनीहरूलाई हेरेर सन्तुष्टि लिन्छन्। दुई थप बन्दोबस्तले विशेषगरी कामदारलाई उत्पादकको अधिपत्यमा रहन बाध्य पार्छन्। ती हुन् – ट्रक व्यवस्था र घरेलु व्यवस्था।