September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

भारी सवारी साधन गुडाउने होइन

 डिभिजन सडक कार्यालय, भक्तपुरले कमलविनायकदेखि भत्केपाटीसम्मको बाटो पुनःनिर्माण कार्य गरिरहेको छ। पुनःनिर्माण कार्य अत्यन्त ढिलो भएको कारण सडकमा धूलो उडेर सडक दायाँ बायाँका घर पसल एवं सो बाटो हिंड्ने बटुवाहरूलाई ठूलो असर परेको छ भने अर्काेतिर ठूला ठूला गाडीहरूसमेत सँगैको कमलविनायक आवास क्षेत्रबाट पठाउने गरेको छ। यसले कमलविनायक आवास क्षेत्रको कच्ची बाटोहरू बिगार्नुका साथै घरहरूमा समेत असर पुगेको छ। आवास क्षेत्रभित्र हलुका सवारी साधनमात्र गुडाउने हो, १० पाङ्ग्रे टि्रपरजस्ता भारी सवारी साधन गुडाउने होइन। हुन त भक्तपुरको ६ लेनको सडकबाहेक अन्य सडकहरूको बनोट भारी सवारी साधन गुडाउने खालको छैन। डिभिजन सडक कार्यालयले ५ सय मिटर सडक बनाउन १ किमि सडक बिगार्ने काम भएको छ। यस्तो हुनुमा डिभिजन सडक कार्यालय वा ढिलोगतिमा काम गर्ने निर्माण व्यवसायी वा आवास क्षेत्रभित्र भारी सवारी गुड्दा पनि नहेर्ने सडक विभाग र नगरपालिकाको दोष हो। सम्बन्धित निकायको यथाशीघ्र ध्यान जाओस्।
– रविन र रामप्रसाद