September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

प्रचण्ड आगोमाथि घिउ किन थप्दैछौ?

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आइतबार आफ्नै निवासमा भेट्न आएका आदिवासी जनजातिको समूहलाई जातीय राज्यको विरोध गर्नेहरूको प्रतिकार गर्न आह्वान गरे। देशमा जातीय मुठभेद विस्तारै बढ्दै जाँदा आएको यस्तो राष्ट्रघाती अभिव्यक्तिलाई आम राष्ट्रवादी जनताले सामान्य रुपले लिएका छैनन्। आज सुदूरपश्चिमका जनता अखण्ड सुदूरपश्चिमको माग गर्दै १८ दिनदेखि आन्दोलित छन्। थारुवान राज्यको माग गर्दै थाहरूले त्यही ठाउँमा प्रतिकारमा उभिरहेका छन्। सुर्खेत, बाँकेलाई नछुट्याउन माग गर्दै र जातीय राज्य चाहिंदैन देश टुक्राउन पाइँदैन भन्दै अनिश्चितकालीन बन्द छ। पूर्वमा पनि जातीयताको आगो बल्दैछ। यस्तो जातीय हिंसा, सद्भाव बिग्रदै जाँदा प्रचण्डले जातजातिलाई उक्साएर आगोमाथि घिउ थप्नु देशलाई जातीय र गृहयुद्धमा फसाउनु हो। देशको जिम्मेवार र सबैभन्दा ठूलो पार्टीका अध्यक्ष प्रचण्डले यसरी जनजातिलाई उक्साइरहँदा उनीहरूलाई थप बल मिलेको छ। जसको परिणाम जेठ ७, ८ र ९ गते नेपाल बन्दको घोषणा गरिसके।
    प्रचण्डले विदेशीको उक्साहट र दबाबमा जातीय राज्यको वकालत गर्नु लेण्डुप दोर्जेको चरित्र नै हो। भारतीय राजदूतले भेटेको भोलिपल्ट उनबाट यस्तो अभिव्यक्ति आउनुले उनी देशलाई सिक्किमीकरणतर्फ लैजाँदै छन् भने प्रस्ट छ। त्यसले जसरी युगोस्लाभियामा नेताहरूल्ाई गुलेली युद्ध चलाइएको थियो। त्यसैगरी नेपालीले पनि चलाउनुपर्ने देखिन्छ। देशलाई बचाउन प्रचण्डजस्ता राष्ट्रघाती, जनविरोधी अभिव्यक्तिको कडा विरोध आवश्यक छ।
– मोहन गुरुङ, सूर्यविनायक