|
बेलायतका कामदार वर्गको अवस्था – ३२
ट्रक व्यवस्था, कामदारलाई मालसामान दिई पारिश्रमिक दिने व्यवस्था यसभन्दा पहिला बेलायतमा व्यापक थियो। उद्योगपतिहरू कामदारको सुविधाका लागि पसल खोल्छन् साथै तिनीहरूलाई साना व्यापारीहरूको चर्को मूल्यबाट बचाउँछन्। यहाँ सबै किसिमका माल सामानहरू तिनीहरूका लागि उधारोमा बेचिन्छन्। ती कामदारहरूलाई बढी सस्तोमा मालसामान उपलब्ध गराउन सक्ने टोपी पसलहरूमा ढाउन दिन प्रायः पसलको बोलपत्रमा पैसाको सट्टा अन्यभन्दा २५ देखि ३० प्रतिशत बढी ज्याला तिरिन्छ। १८३१ मा ट्रकसम्बन्धी ऐनको गतिमा दोहोर्याएको यस व्यवस्थाविरुद्ध सामान्य आक्रोशले धेरै कारिन्दाहरूका लागि यस ऐनले तोकेको पारिश्रमिक पूर्णतया अभाव र गैरकानुनी ठहर्याइयो। जसलाई जरिवाना तिराई दण्डित गरियो। तर बेलायती अन्य ऐन कानुनजस्तै यसलाई केवल यताउति लागू गरियो। विशाल सहरहरूमा यसलाई तुलनात्मक रुपले प्रभावकारी ढङ्गले प्रयोगमा ल्याइयो। तर ग्रामीण क्षेत्रमा भने यस ट्रक व्यवस्था प्रत्यक्ष वा अप्रत्यक्ष केही अगाडि बढ्छ। लेसेन्सटर सहरमा पनि ट्रक व्यवस्थाले व्यापकता पाउँछ। त्यहाँ मेरो अगाडि झण्डै एक दर्जन यस अपराधको निम्ति १८४३ नोभेम्बर र १८४४ जुनबीचको समयावधिदेखि दोषी परे। जुन कुरा म्यानचेष्टर गार्डियनमा आंशिक अनि नर्थनस्टारमा आंशिक छापियो। यो व्यवस्था वास्तवमा अहिले कमै खुल्ला तवरले जारी गरिन्छ। ज्याला प्रायःजसो नगदमा तिरिन्छ तर कारखाना मालिकसँग अझै उसलाई उसको बिक्री कक्षहरू ट्रक पसलमा वा कतै पनि खरिद गर्न बाध्य पार्न पर्याप्त साधन नियन्त्रणमा राखिएको हुन्थ्यो। 'होल्मफर्थमा निन्दनीय ट्रक व्यवस्था अस्तित्वमा रहन त्यस्तो हडसम्मको व्यवहार गर्छ भनी सोच्नु ज्यादै अनौठो छैन। उद्योगपतिलाई यसबाट रोक लगाउन सक्ने साहस भएको कोही भेटिंदैन। त्यहाँ असङ्ख्य इमानदार हस्त शिल्पीहरू यस निन्दित व्यवस्थाबाट पीडित छन्। यहाँ धेरै त्यस्ता उद्धार स्वतन्त्र व्यापार मण्डलीमध्ये एउटा नमुना पेश छ। त्यहाँ एकजना उद्योगपति छ गरिब हस्त शिल्पीहरूप्रति उसको निर्दयी व्यवहारका कारण उप्रति सबैको घृणा छ। तिनीहरूसँग यदि ३४ वा ३६ पैसा पर्ने कुनै टुक्रा तयार भएको खण्डमा उसले पैसामा २० शिलिङ्ग र अन्य चीज, कपडा र सामानहरूमा ४० देखि ५० प्रतिशतले अरु पसलहरूमा भन्दा महङ्गोमा दिन्छ। प्रायः ती चीजहरू मोलतोलमै बिग्रिन्छन्। तर स्वतन्त्र व्यापार मर्करी, लीड मर्करी (एक मौलिक पूँजीवादी समाचारपत्र) यसबारे के भन्छ? तिनीहरू ती मालसामानहरू दिन बाध्य छैनन्, तिनीहरू आफूखुशी गर्नसक्छन्। तर हो, तिनीहरूले त्यसलाई ग्रहण गर्नैपर्छ होइन भने भोकै हुन्छन्। अर्काे २० पैसा मागेको खण्डमा एउटा जहाज तान्ने डोरीको लागि तिनीहरूले आठदेखि चौध दिन पर्खनै पर्छ। तर ती कामदारहरूले २० शिलिङ्ग र मालसामान लिएमा त्यहाँ सधैं एउटा जहाज तान्ने डोरी तयार हुन्छ। त्यो स्वतन्त्र व्यापार हो। लर्ड ब्रोगमले भन्नुभयो – हामीले हाम्रो युवा दिनहरूमा केही चीज बचत गर्नुपर्छ ताकि हामीले बुढो हुनेबेला पेरिस जान नपरोस्। के हामी सडेका सामानहरू थाती राख्नका लागि हौं? यदि एकजना न्यायधीशबाट यो कुरा आएन भने जो कोहीले उसको दिमाग हाम्रो मालसामानलाई जसरी तिरिन्छ त्यस्तै बिग्रिएको भन्थ्यो। छाप नभएको कागजहरू गैरकानुनी तवरले बाहिर निस्कँदा होमफर्थ, ब्लीड्स, एडवार्ड आदिमा तिनीहरूमध्ये धेरैजना यसलाई प्रहरीसमक्ष उजुरी हाल्थे। तर अहिले तिनीहरू कहाँ छन्? तर यो फरक छ। हाम्रा एक ट्रक निर्माता पवित्र स्वतन्त्र व्यापारको अधीनमा छ। उनी हरेक आइतबार दुईपटक चर्चमा जान्छ। पादरीसँगै भक्तिपूर्वक दोहोर्याउँछ – हामीले गरिसक्नुपर्ने कुराहरू अपूर्ण छोडेका छौं र हामीले गर्न नपर्ने काम गरेका छौं। हामीमा कुनै राम्रो कुरो छैन तर भगवान हामीलाई राम्रो कुरा पुर्याउँछन्। हो भोलिसम्ममा पुर्याउ, हामी हाम्रा शिल्पीहरूलाई हाम्रा बिग्रेका मालसामानहरूका लागि ज्याला काट्ने छांै।' कामदारमाथि उही दासतापूर्ण प्रभाव भए तापनि यो व्यवस्था ज्यादै निर्दाेष र हानिरहित तवरले माथि उठेको देखिन्छ। ग्रामीण क्षेत्रमा रहेका कारखानाहरूमा प्रायः कामदारहरूका लागि बास बस्ने कोठाको अभाव हुन्छ। उद्योगपतिहरू बारम्बार त्यस्ता निवासहरू निर्माण गर्न बाध्य हुन्छन् र खुशी भई बनाउँछन्। आफ्नो पूँजी लगानीमा पाउने व्याजबाहेक ठूलो फाइदा पाउन तिनीहरू लालायित हुन्छन्। उसको लगानी भएको पूँजीमा कुनै कामगरी खाने मान्छेको बसाइको औसत करिब ६ प्रतिशत हुन्छ भने मजदुरहरूको उद्योगहरूले यसको ठीक दुई गुणा दर कायम राख्छन् भनी हिसाब राख्नु उचित हुन्छ। जबसम्म उसको उद्योग पूर्णतया स्थिर रहँदैन, तबसम्म ऊ समयमै भाडा तिर्ने ती आदिवासीहरूको बारेमा निश्चिन्त हुन्छ। त्यसकारण उसले दुई प्रमुख बेफाइदाहरू छोड्छ, जसअन्तर्गत अन्य घरधनीहरूको परिश्रम, उसको उद्योगहरू कहिल्यै बाँझो रहँदैन, उसले कुनै कठिनाइ भोग्दैन। तर उद्योगहरूको भाडा यी बेफाइदाहरू पूर्ण लागू भएझैं त्यतिकै बढ्छ। साधारण घरधनीद्वारा त्यही भाडामा लिएर, निर्माताहरू, कामदारहरूको खातिर १२ देखि १४ प्रतिशतमा ठूलो लगानी गर्छन्। किनकि यो स्पष्टतः अनुचित छ कि उसले अन्य प्रतिस्पर्धी घरमालिकहरूभन्दा दुई गुणा बढी नाफा उठाउनुपर्छ। जसलाई त्यही बेला उसँगको प्रतिस्पर्धाबाट निकालिन्छ। तर यसले ठूलो गल्तीलाई सङ्केत गर्दछ, जब उसले उसको निश्चित नाफा स्वामित्वविहीन वर्ग प्रत्येक पैसाको खर्चमाथि विचार पुर्याउनै पर्नेबाट उठाउँछ। उनी जसको सम्पूर्ण धन उसका कामदारहरूको कारण प्राप्त भए तापनि उ त्यसमा अभ्यस्त हुन्छ। तर यो अन्याय एउटा कलङ्क बन्छ जब निर्माता प्रायः हुने जस्तै उसका कामदारहरूलाई पेल्छ, जसले उसका घरहरूमा सेवामुक्तिको पीडा बस्नैपर्छ। सामान्यभन्दा बढी भाडा तिर्न, तिनीहरू बस्दै नबसेको घरभाडा तिर्नैपर्छ। 'डि ह्यालिफ्याक्स गार्डियन' लण्डनको एक स्वतन्त्र दैनिक पत्रिकाले उल्लेख गरेअनुसार एस्टन मुनिको लाइन वल्डहाम र रकडेल आदि ठाउँहरूमा सयौं कामदारहरू तिनीहरूका मालिकहरूबाट घर प्रयोग गरे पनि नगरे पनि भाडा तिर्न बाध्य पारिन्छ। ग्रामीण क्षेत्रहरूमा घरेलु व्यवस्था व्यापक छ। यसले सम्पूर्ण गाउँ समेटेको छ। निर्माताहरूसँग प्रायःजसो उसका घरहरू विरुद्ध कुनै प्रतिस्पर्धा हुँदैन। त्यसकारण उसले कुनै पनि बजारको मूल्य नसम्झी वास्तवमै उसको खुशीमै तोक्न सक्छ। उद्योग व्यवस्थाले उद्योगपतिलाई उसका कामदारहरूमाथि मालिक र कामदार मान्छेबीचको असहमतिमा के शक्ति प्रदान गर्छ? कामदार मान्छेहरूले हड्ताल गरेमा उसले केबल तिनीहरूलाई उसको उद्योग परिसर छोड्न सूचना दिन्छ। त्यो सूचना एक हप्तासम्म जारी गर्नुपर्छ, त्यसपछि कामदारले खानामात्र नभई बाससमेत गुमाउँछ। उ एक जना आश्रयहीन बन्न पुग्छ र कानुनको दयामा हुन्छ जसले उसलाई खुड्किलो जस्तोमा टेकेर घुमाउने मिलमा (उच्चाटलाग्दो कार्य) मा अवश्य पठाउँछ। मेरो ठाउँले दिएसम्मको पूरा वर्णन गरिएको उद्योग व्यवस्था त्यस्तो छ। ती निशस्त्र (प्रतिरक्षाहीन) मजदुर आज्ञापत्रविपरीत पूँजीपति वर्गको बहादुरीपूर्ण कार्यको पक्षधर झै कामसित तटस्थ रहन असम्भव हुन्छ। जसप्रतिको तटस्थता पनि अपराध हुन्थ्यो। १८४५ का स्वतन्त्र बेलायती मानिसको अवस्थालाई जर्मन मूलका स्याक्सन दास ११४५ को नर्मन सामन्त (बेलायती भारदार) मातहत रही चल्ने मान्छेबीच तुलना गरौं। त्यस दास पादरी कुट तिर्नुपर्ने एक टुक्रा जमिनको माटोमा जीउन बाध्य थियो। त्यस्तै गरी उद्योग व्यवस्थापकबाट कामदार मानिस स्वतन्त्र हुन्छ। दास उसको मालिकलाई पहिलो रातको अधिकारको ऋणी हुन्छ भने स्वतन्त्र कामदार मानिस त्यतिमात्र नभई सम्पूर्ण रात उसको मालिकका लागि समर्पण गर्दछ। दासले कुनै सम्पत्ति प्राप्त गर्न सक्दैन, उसले प्राप्त गरेको हरेक चीज उसको मालिकले उसबाट खोस्न सक्थ्यो। स्वतन्त्र कामदारसँग कुनै सम्पत्ति छैन। प्रतिस्पर्धाको चापका कारण केही जोड्न पनि सक्दैन। नर्मन बेलायती बादशाहबाट जग्गा पाएका मान्छेहरूले नगरेका सबै कुरो आधुनिक उद्योगपतिले गर्दछ। ट्रक व्यवस्थाबाट प्रत्येक दिन उ त्यहाँको प्रशासनले सबै वस्तुको विस्तृत विवरणमा अनुमान गर्छ जुन कामदार मजदुरका लागि उसको जरुरी आवश्यकताहरू खाँचो हुन्छ। दासका लागि जग्गा मालिकको सम्बन्ध विद्यमान परम्परा रीतिरिवाज र कानुनबाट नियन्त्रित थियो। जसलाई दासहरूद्वारा पालना गरिन्थ्यो किनभने रीतिरिवाज र कानुन तिनीहरूसँग मेल खान्थे। जबकि स्वतन्त्र कामदार मान्छेको उसको मालिकसँगको सम्बन्ध पालना नगरिने कानुनबाट नियन्त्रित हुन्थ्यो। किनभने तिनीहरू न उद्योगपतिका व्याजसँग न त त्यहाँको रीतिरिवाजसित मिल्थ्यो। |