September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

के निवृत्त कर्मचारीहरूसँग कर लिनु न्यायोचित छ?

देश विकास गर्न विभिन्न कर उठाउनु राज्यको दायित्व हो। कर लिने प्रथा प्राचीन कालदेखि नै चल्दै आएको हो। तर करको नाममा मनलाग्दो नियम लागू गर्न अत्युक्ति हुँदैन। कर भनेको भएकाहरूसँग लिएर नभएकाहरूलाई केही सहयोग होस् भनेर सरकारले कर निर्धारण गरेको हुन्छ। तर हाम्रो देशमा अहिले विभिन्न कर असुल गर्ने कार्य गरेको छ। पेन्सन प्राप्त कर्मचारीहरूले नोकरी गरेको समयदेखि कर तिरेर के निवृत्त भएर नमरेसम्म कर तिर्नुपर्ने न्यायोचित छ त? 

फेरि सबै कर्मचारीहरूअन्तर्गत शिक्षकहरूसँग महिना महिनामा कर काट्ने के यो मनासिव देखिन्छ? जो कैयौं वर्ष देसको सेवा गरी निवृत्त भएका हुन्छन्, पेन्सनबाहेक अरु केही आम्दानी हुँदैन। उनीहरूसँग पनि कर असुल गर्नु सरकारको लाचारीपन हो। सुनिन्छ, निवृत्त कर्मचारीहरूले सर्वाेच्च अदालतमा राखेको मुद्दा विचाराधीन छ। यसैले हामी निवृत्त भरण प्राप्त शिक्षकहरू र कर्मचारीहरूले अर्थमन्त्रालयसँग यो अनुरोध गर्दछौं कि निवृत्तभरण प्राप्त कर्मचारीहरूसँग लिएको एक प्रतिशत कर नलिनुहुन हामी अनुरोध गर्दछौं। 

– एनआर शाक्य तथा निवृत्त शिक्षकहरू