बेलायतका कामदार वर्गको अवस्था – ३३
जग्गाको मालिकले भूदासलाई भूमिबाट अलग्याउन सक्दैनथ्यो न त काममा जोत्नुबाहेक उसलाई बेच्न नै सक्थ्यो। सबै भूमि बिर्ता (मालपोत तिर्न नपर्ने जग्गा) भएकोले त्यहाँ पूँजी थिएन। त्यसैले व्यवहारिक तवरले उसलाई बेच्न सक्दैन। भू–दास जमिनको एक टुक्राको दास थियो जसमा ऊ जन्मेको थियो। मजदुर उसको आफ्नै जीवनका आवश्यकताहरुको र ती आवश्यकताहरु पूर्ति गर्ने पैसाको दास हुन्छ। दुवैजना एकै किसिमका दासहरु हुन्। भू–दाससँग जीवनयापनका साधन सामन्ती समाज व्यवस्थामा सुनिश्चित थियो। जसमा हरेक सदस्यसँग उसको ठाउँ हुन्थ्यो तर स्वतन्त्र मजदुरसँग कुनै पनि सुनिश्चितता हुँदैन किनभने उसलाई पूँजीपति वर्गले प्रयोग गर्नेबेलामात्रै समाजमा उसको ठाउँ हुन्छ। अरु सबै मामिलामा उसलाई बेवास्ता गरिन्छ। अस्तित्वहीन सम्झी व्यवहार गरिन्छ। भू–दासले युद्धमा उसको मालिकका निम्ति बलिदान दिन्थे।
कारखाना कामदार शान्तिमा उसको मालिकका निम्ति बलिदान दिन्छ। भू–दासका मालिक असभ्य थिए जसले मरेका गाईवस्तुको टाउकोलाई पनि उसको शत्रु सम्झन्थे। कामदारका उद्योगपति सभ्य भनिएको हुन्छ तर मजदुरको हातलाई मेसिन सम्झन्छ। छोटोमा भन्दा दुवैको अवस्था त्यति समान छैन। यदि कुनै एकले बढी बेफाइदा भोग्छ भने त्यो हो स्वतन्त्र मजदुर। दुवैजना दास भए पनि भिन्नता के छ भने एउटाको दासता खुला रुपमा व्यक्त गरिएको, इमानदार छ भने अर्काेको दासता धूर्त, कपटी, आफैबाट लुकेको र बाँकी हरेक व्यक्तिबाट धोकापूर्ण तवरले छिपेको छ। जुन पुरानोभन्दा झन् खराब र पाखण्डी दासता हो।
मानवतावादी टोरीहरु ठीकै थिए। तिनीहरुले कामदारहरुलाई सेता दासहरुको नाम दिए। तर पाखण्डी छद्मभेषी (कपटी) दासताले स्वतन्त्रताको अधिकारलाई कम्तीमा बाह्य रुपमा चिन्छ, स्वतन्त्रताप्रेमी जनताको विचारसामु झुक्छ। यहाँ नै पुरानो दासतासित तुलना गरिएझैंं ऐतिहासिक प्रगति फैलन्छ। जसले स्वतन्त्रताको सिद्धान्तलाई दृढतापूर्वक स्वीकारिन्छ। एकदिन शोषित पक्षले यो सिद्धान्त लागू भएको देख्नेछ।
अन्त्यमा एउटा कविताको केही श्लोखहरुका आवाजले कारखाना व्यवस्थाको बारेमा मजदुरहरूका भावना अभिव्यक्त गर्दछ। वर्मिङघामका मेड एड्वार्ड पिद्वारा रचित यो कविता तिनीहरुबीच फैलिएको विचारहरुको सही अभिव्यक्ति हो।
वाष्प राजा
त्यहाँ एक राजा छ, एक निर्दयी राजा,
कविको सपनाका राजा होइन
बरु निरङ्कुश र क्रुर,
सेता दासहरुलाई राम्ररी थाहा छ,
र त्यो निर्दयी राजा वाष्प हो।
उसँग एउटा हतियार छ, फलामको हतियार
र उसँग भए पनि तर एउटा
त्यस शक्तिशाली हतियारमा एउटा शोभा छ
जुन लाखौं गाँसिएको छ।
प्रचीन मोलक खराब खबर जस्तो उसको पूर्वज
हिम्मोन्सको उपत्यकामा उभिन्थे
उसको पेट सशक्त आगोझैं छन्
र केटाकेटीहरु उसको भोजन हो।
उसको पुरेत्याइँ एउटा भोको बाजा हुन्,
रक्त प्यासी, घमण्डी र सुरो
यसरी तिनीहरु उसको राक्षसी हात चलाउन निर्देशन गर्छ
जसले रगतलाई सुनमा बदल्छ।
अनुचित प्राप्तिका निम्ति तिनीहरुको दासवत सिक्रीमा
प्रकृतिको सबै अधिकार तिनीहरु जमाउँछन्
तिनीहरु सुन्दर आइमाइको दुःखमा जिस्किन्छन्
र मानवीय आँसुमा अन्धो हुन्छन्।
श्रमिकका छोराहरुको सुस्केरा र आर्तनादहरु
तिनीहरुको कानमा सङ्गीत हुन्छन्
युवायुवतीहरुको अस्थिपञ्जरको अवेशष
वाष्प राजाको नरकमा देखा पर्छ।
पृथ्वीमा ती नरकहरु वाष्प राजाको जन्मदेखि
निराशा आसपास छरिएका छन्
मानव हृदयका लागि स्वर्गबाटै निर्धारित
शरीरसँगै त्यहाँ हत्या गरिन्छ।
त्यसपछि राजाको मुर्दावादसँगै
मोलोक राजा
का लागि लाखौं सबै काम गर्दैछन्
उसको हातलाई सिक्रीले बाँध नत्र हाम्रो मातृभूमि
उसद्वारा पतनतिर लक्षित हुन्छ।
र उसको तिरस्कृत (राज्यपालहरु) हरेक घमण्डी मिल मालिक
अहिले सुन अनि रगतसित कोचिएकाहरुलाई
राष्ट्रको असन्तोष प्रकटका साथै
तिनीहरुका विलक्षण भगवानबाट दबाइनुपर्छ
हामी कारखाना व्यवस्थालाई केही हदको लम्बाइमा सम्बन्ध राख्न बाध्य थियौ। किनकि यो एउटा औद्योगिक कालको उत्कृष्ट रचना हो। किनकि यो एउटा औद्योगिक कालको उत्कृष्ट रचना हो। हामी अरु मजदुरहरुसँग बढी विस्तृत तवरले व्यवहार गर्न सक्षम हुनेछौं। किनभने औद्योगिक सर्वहारा वर्ग साधारणतया वा कारखाना व्यवस्थापन विशेषगरी दुईमा एक सम्पूर्णतया वा आंशिक रुपमा तिनीहरुका लागि जेसुकै भनिए पनि पेशा हुन्छन्। त्यसकारण हामीले कारखाना व्यवस्थापनले यसको मार्ग प्रत्येक उद्योगको प्रशाखाभित्र बलपूर्वक पस्न दिन कति हदसम्म जोक गर्छन् भनी जाँच्नेछौं। साथै यसले के–कस्ता अन्य विचित्रताहरु यिनीहरु प्रकट गर्नेछन्।
कारखाना ऐनअन्तर्गत सम्मिलित चार प्रशाखाहरु कपडा उत्पादनमा व्यस्त रहन्छन्। हामीले अत्यन्तै राम्रो गर्नेछांै। यी कारखानाहरुबाट तिनीहरुको सामग्री पाउने मजदुरहरुसँग अर्कोपटक सम्बन्ध राख्यौं भने।
सर्वप्रथमतः नोटिङ्गघम, डर्वी र लेइसेस्टरका कपडा बुन्नेहरुसँग सम्बन्ध राख्नुपर्छ। यी मजदुरहरुको अध्ययन गरेर बाल रोजगार आयोग प्रतिवेदन दिन्छ कि लामो घण्टाको काम गराई, कम ज्यलाामा गराउनु, अचल (धेरै बसिरहनुपर्ने) जीवन तथा आँखाको तन्काइसँगै रोजगारको प्रकृतिमा सहभागी हुन्थे। तिनीहरुको प्रायः समग्र शारीरिक ढाँचा कमजोर हुन्छन्। विशेषगरी आँखा। टुकीका किरणमा ध्यान केन्द्रित गरेर उत्पन्न सशक्त प्रकाशविना रातमा काम गर्नु असम्भव छ। सिसाका घेराहरुबाट छिरेर काम गर्नु असम्भव छ। जुन तिनीहरुको दृष्टिका निम्ति सर्वाधिक हानिकारक हुन्छ। चालीस वर्षको उमेरमा झण्डै सबैजना चस्मा लगाउँछन्। ठूलो चक्का भएको रिल बेर्ने र लामो फट्का हुने सिलाइमा नियुक्त केटाकेटीहरु प्रायः स्वस्थ र शारीरिक गठनमा गम्भीर चोटबाट ग्रसित हुन्छन्। तिनीहरु ६, ७ र ८ वर्षदेखि दैनिक दसदेखि बार्ह घण्टा घण्टा सानो बन्द कोठाभित्र काम गर्दछन्। तिनीहरु काम गर्दै बेहोस् हुनु, सर्वाधिक सामान्य घरायसी कामका लागि पनि असशक्त हुनु र त्यति अगाडिका मात्र देख्न सक्ने हुन्छन् जो बालक अवस्थामै चश्मा लगाउन बाध्य हुनु तिनीहरुका लागि असामान्य छैन। आयोगद्वारा धेरैसँग त्यसका साथै क्षयरोगसम्बन्धी लक्षणहरु पनि भेटाइयो। ती उद्योगपतिहरु प्रायः धेरै कमजोर भइसकेका केटीहरुलाई काममा लगाउन अस्वीकार गर्छन्। यी केटाकेटीहरुको अवस्थालाई 'एउटा इस्लाम देशको कलङ्क' को रुपमा चित्रण गरिन्छ। साथै उक्त इच्छा व्यवस्थापकीय हस्तक्षेपका लागि व्यक्त गरिन्छ।
कारखानाको प्रतिवेदन थप्छ कि लामो मोजा बुन्ने कामदारहरु लेइसेस्टरमा सबैभन्दा कम ज्याला पाउँछन्। ६ शिलिङ वा ठूलो प्रयास गरे हप्तामा सात शिलिङ्ग कमाउन दैनिक १६ देखि १७ घण्टा काम गर्छन्। पहिला तिनीहरु २०–२१ शिलिङ्ग कमाउँथे तर ठूलो मेसिनको प्रयोगले तिनीहरुको व्यवसाय खस्कँदै गयो। तर ठूलो बहुसङ्ख्यक अझै पुरानो, सानो, एउटै ढाँचाको मेसिनबाट काम गर्छन्। साथै यन्त्रको विकाससँगको कठिनाइसित प्रतिस्पर्धा गर्छन्। यहाँ पनि हरेक विकास मजदुरहरुको निम्ति बेफाइदा हो। यद्यपि आयोग उच्चाधिकारी मोजा बुन्नेहरुको सम्मानमा तिनीहरु स्वतन्त्र छन् र तिनीहरुको खाना खान, सुत्न र काम गर्न समय बताउने कुनै घडी कारखानामा छैन भनी भन्छन्। तिनीहरुको अवस्था आज १८३२ मा भन्दा राम्रो छैन। कारखाना आयोगले पूर्ववर्ती प्रतिवेदन बनाउँदा जर्मन मूलका स्याक्सन मोजा बुन्नेहरुसित मुश्किलै खानको लागि केही थियो, तिनीहरुसितको तुलनाले यसलाई छर्लङ्ग पार्छ। यो तुलना बेलायतीहरुका लागि झण्डै सबै विदेशी बजारहरुमा ज्यादै जोडदार हुन्छ।
साथै बेलायती बजारमा समेत मालसामानहरुको न्यून गुणस्तरका लागि हुन्छ। देशभक्त जर्मन मोजा बुन्नेका लागि उसको खान नपुग्ने ज्यालाले उसका बेलायती दाजुभाइहरुलाई पनि अभाव झेल्न बाध्य पार्छ भने कुरा आनन्दको स्रोत हुन्छ। वस्तुतः के उसले भोकै मर्नुपर्ने छैन, पितृभूमिको सम्मानले माग गरेअनुरुप उसको टेबुल खाली हुनुपर्छ र थाल आधी समाप्त हुनुपर्छ भनेदेखि जर्मन उद्योगका निम्ति योभन्दा ठूलो कीर्ति, घमण्ड तथा खुशी के हुनेछ? ओहो यस प्रतिस्पर्धा, यो 'राष्ट्रहरुको दौड' एउटा उल्लेखनीय कुरा हो।
प्रस्तुति: सुन्दर सुवाल
|