September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

पर्यटकीय स्थलको संरक्षण र संवर्द्धन अभाव

 

पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको सिन्धुपाल्चोकको बाँडेगाउँ संरक्षण र संवर्द्धनको अभावमा पछाडि परेको छ। बाँडेगाउँको प्रत्येक वडामा कुनै न कुनै विशेषता पाउन सकिन्छ। वडा नं. १ मा रहेको डाँडाबाट सूर्य उडाएको, अस्ताएको, लामताङ, गौरीशङ्कर, सगरमाथा, जुगलजस्ता सुन्दर हिमालका दृश्य देख्न सकिन्छ। त्यस्तै वडा नं. २ मा गौपुरेश्वर र फलाटेश्वर मन्दिर छन्। त्यस मन्दिरलाई दोस्रो मुक्तिनाथ पनि भनिन्छ। वडा नं. ३ मा खड्पेश्वर गुफा ९ सय मिटर लामो रहेको छ। खड्पेश्वर मन्दिरमा वर्षको दुईचोटि मेला लाग्ने गर्दछ। वडा नं. ५ मा बौद्ध मन्दिर, कालिका मन्दिरजस्ता सांस्कृतिक महत्त्व बोकेका मन्दिर छन्। वडा नं. ९ मा भीमसेन थापाको भाइको पालामा बनेको मन्दिर छ। यस्ता प्राकृतिक र सांस्कृतिक महत्त्व बोकेका सम्पदाहरूको उचित संरक्षण र संवर्द्धनको कमी रहेको कुरा स्थानीय बासिन्दा सोम तामाङले बताए। बाँडेमा रहेका प्राकृतिक सम्पदा संरक्षण र बाटोको राम्रो सुविधा नभएको, पर्यटकका लागि आवश्यक गाइड, होटल, लज, सञ्चार सुविधाको उचित व्यवस्था नभएकोले पर्यटकको आगमन शून्य रहेको हो। 

– सिर्जना दुलाल