काल्पनिक समाजवादी रोवर्ट ओवेन
'१८०० देखि १८२९ सम्म उहाँले स्कट्ल्याण्डको न्युलनार्क–कपास कारखानामा एक सञ्चालक र हिस्सेदारको रुपमा काम गर्नुभयो। उहाँले यहाँ धेरै स्वतन्त्रपूर्वक काम गर्नुभयो र सफलता पाउनुभयो। यसले सारा युरोपमा उहाँको नाम चल्यो। त्यहाँ विभिन्न किसिमका मानिसहरू थिए। तिनीहरूमध्ये धेरै हुतिहाराहरू थिए। उहाँले काम गर्नुभएपछि त्यो ठाउँ २५०० जवानको एक राम्रो बस्तीमा फेरियो। रक्सीबाजी, पुलिस, मेजिष्ट्रेट, मुद्दा–मामला, कानुनी–दरिद्रता, दान–दयाजस्ता कुराहरूको त्यहाँ नाम–निसानै थिएन। मानिसलाई उहाँले खालि मानिस बस्न लायक परिस्थितिमा राखिदिनुभयो र नयाँ पुस्तालाई होसियारीपूर्वक हुर्काउनुभयो। न्युलेनार्कमा पहिलोचोटि प्रयोग भएको परोपकार–स्कूलको उहाँ संस्थापक हुनुहुन्थ्यो। त्यहाँ दुई वर्षका उमेरका केटाकेटीहरू स्कूल आउँथे। तिनीहरू त्यहाँ हाँसखेल गर्थे। यसले गर्दा तिनीहरू घर फर्कन मन पराउँदैनथे।'
एकचोटि कपासको कमी भयो। ४ महिनासम्म कारखाना बन्द भयो। तर रोवर्ट ओवेनले काम नगरेको दिनको ज्याला पनि सबै कामदारहरूलाई दिनुभयो। तैपनि कारखानाले रामै्र नाफा पाएको थियो। तर त्यसको ठीक उल्टो, ओवेनका विरोधी कारखानेदारहरू आफ्ना कामदारहरूलाई दिनको १३–१४ घण्टा काम गराउँथे।
ओवेन आफ्नो कामबाट अझै सन्तुष्ट हुनुहुन्नथ्यो। किनभने ती कामदारहरू अझै उहाँका इच्छाका कमाराहरू थिए। उहाँ तिनीहरूलाई स्वतन्त्र र कसैको इच्छामा कमारा हुन नपर्ने बन्दोबस्त गर्न चाहनुहुन्थ्यो। उहाँ तिनीहरूको चौतर्फी विकास गर्न चाहनुहुन्थ्यो। तर त्यो कुरा छिट्टै हुनसक्दैनथ्यो।
रोवर्ट ओवेनले लेख्नुभयो –'२५०० व्यक्तिहरूको यस जनसङ्ख्याबाट समाजको निम्ति दिनमा जति वास्तविक धन उत्पादन हुन्छ, ५० वर्ष अगाडि त्यत्ति उत्पादनको निम्ति ६ लाख मानिसहरूको आवश्यकता हुन्थ्यो। मैले आफैसँग सोधें कि ६ लाख मानिसहरूले गर्ने खर्चभन्दा २५ सय मानिसहरूले धेरै कम खर्च गर्छन् त बाँकी धन कहाँ गयो?'
धन कहाँ जान्थ्यो ५ प्रतिशत ब्याज पूँजीलाई जान्थ्यो र त्यसबाहेक ३ लाख पाउण्ड चोखो नाफा निस्कन्थ्यो।
सन् १८१३ मा उहाँका निबन्धहरू प्रकाशित भए। मानिसको स्वभाव आफैबाट तयार हुने कुरा होइन। उसको स्वभाव ऊ बस्ने वातावरणबाट प्रभावित हुन्छ। यसकारण कुनै व्यक्ति, व्यक्तिगत रुपले तारिफ या निन्दाका पात्र हुँदैन। मानिसलाई राम्रो बनाउन त्यस्तै भौतिक, नैतिक र सामाजिक परिस्थितिमा राख्नुपर्छ। मानिस असल र खराब हुनुमा उसको शिक्षा र सामाजिक परिस्थिति नै कमजोर हुन्छ। यही उहाँको निबन्धको चुकुल या सार हो। निबन्धको शीर्षक हो– 'समाजको नयाँ दर्शन' अथवा 'मानव चित्रको निर्माणका सिद्धान्तका निबन्धहरू।' त्यसमा जम्मा ४ वटा लेखहरू थिए।
उहाँको स्कूलको उदाहरणको अनुसरण न्युलेनार्कमा अरुले पनि गर्न थाले। १८१६ मा त्यहीं त्यस्ता अरु पनि स्कूलहरू उहाँले खोल्नुभयो। यो बेलायत र युरोपको निम्ति एक उदाहरण बन्यो।
त्यसबेला बेलायतका विभिन्न कारखानाहरूको ऐन कानुन बनिरहेको थियो। अनेक किसिमका स्थानीय मजदुरका असन्तोषहरू र विरोधहरू देखापर्दै थिए। उहाँले आइमाई र केटाकेटीलाई कामको घण्टा निश्चित गराउने ऐन पास गराउन आवश्यक काम गर्नुभयो। उहाँ मजदुरहरूलाई बढी सहुलियत दिलाउने पक्षमा हुनुहुन्थ्यो र केटाकेटीबाट काम लिने कुराको विरोधी हुनुहुन्थ्यो। बल्ल ५ वर्षको दौडधूप र मेहनतपछि आइमाई र केटाकेटीको कामको घण्टाभन्दा बढी काम गराउन नपाउने ऐन पास गराउन सफल हुनुभयो। उहाँ मजदुरहरूका पक्का र सच्चा समर्थक हुनुहुन्थ्यो।
उहाँले मन्त्रिमण्डलका सदस्यहरू, शासक पार्टी र विरोधी पार्टीका नेताहरूसँग पनि आफ्नो योजना र विचारबारे कुराकानी गर्नुभयो। तिनीहरू पनि न्युलेनार्कमा हेर्न जान्थे। अनेक समाज सुधारकहरू र राजनेताहरू त्यहाँ हेर्न जान्थे। राजा निकोलश र एक रुसी सम्राट पनि त्यहाँ हेर्न गएका थिए। केटाकेटीहरू सार्है राम्रा र खुसी थिए। तिनीहरू स्वतन्त्र र शान्त देखिन्थे। यो देखेर सबै पाहुनाहरू प्रभावित भएर फर्कन्थे। कारखाना राम्रो र नियमित रुपले नाफामा चल्यो। मजदुर र सञ्चालकहरूको सम्बन्ध राम्रो थियो।
उहाँ गरिबहरूको ऐन पास गराउनुहुन्थ्यो।
सन् १८१७ तिर यस उद्देश्यको निम्ति उहाँ सम्बन्धित मानिसहरूलाई चित्त बुझाउन दौडधूप गर्नुभयो। गरिबी ऐनले गरिबहरूले भत्ता र अरु सहुलियतहरू चित्त बुझाउन दौडधुप गर्नुभयो। गरिबी ऐनले गरिबहरूले भत्ता र अरु सहुलियतहरू पाउँथे। गरिबी र युद्धको अवसरहरूबारे उहाँले एक रिपोर्ट तयार गर्नुभयो। कामदारहरूलाई मेसिनहरूसँग प्रतियोगिता गर्न दिने जस्ता कामलाई उहाँ मनपराउनु हुन्नथ्यो। उहाँले सबै वर्गलाई उद्धारको काम गर्न आह्वान गर्नुभयो। यसकारण उहाँले परोपकार र निःस्वार्थी भावनामा आधारित एक समाजवादी समाज बनाउने योजना अघि सार्नुभयो।
उहाँको योजनाअनुसार १००० देखि १५०० एकड जमिनभित्र एउटा सिङ्गो घर बनाइनेछ। त्यो घर ४ नाले या चोक भएको हुनेछ। त्यसमा १२ सय जवान मानिसहरू बसोबास गर्नेछन्। त्यसमा हरेक परिवारको निम्ति अलग अलग कोठाहरू रहनेछन्। भान्छा घर र खाना भने सबैको एकै ठाउँमा रहनेछ। तीन वर्षपछि केटाकेटीहरूलाई समाजले पाल्नेछ। त्यस समाजलाई मानिसहरू आफै मिलेर गाउँ वा वार्ड, जिल्ला र राज्यको रुपमा स्थापना गरिनेछ। मनोरञ्जनका साधन सामूहिक हुनेछन्। योग्य व्यक्तिहरूको रेखदेखको बन्दोबस्त हुनेछ। यो थियो उहाँको योजना। त्यस योजनामा न्युलेनार्कका गाउँलेहरूको पनि सल्लाह र सुझाव गाभिएको थियो।
उहाँको त्यस आदर्श समुदायमा पुगनपुग ५ सयदेखि ३००० मानिसहरू रहनेछन्। समाज खास गरेर कृषिमा निर्भर रहनेछ। त्यहाँ आवश्यक कलकारखाना र मेसिनहरू पनि रहनेछन्। पछि विस्तारै सहरहरूजस्तै दसौं, सयौं र हजारौं समुदायहरूको संयुक्त सङ्घ बन्नेछ। यसरी त्यो समाज संसारव्यापी हुनेछ।
सन् १८२३ मा उहाँले आयरल्याण्डमा गरिब र पीडितहरूको सामूहिक बस्ती बसाल्ने योजना पेस गर्नुभयो। त्यसबेला त्यस सामूहिक बस्तीलाई 'कम्युनिष्ट' भन्दथे। उहाँले त्यस सामूहिक बस्तीको आम्दानी, खर्च र योजनाका सबै नक्साहरूसमेत पेस गर्नुभएको थियो। गरिबी म्हास्ने उहाँका विचारहरूलाई ठूला–वडा व्यक्तिहरू र 'त्जभ त्ष््कभक' (समय) र
'त्जभ:यचलष्लन एयक' (बिहानको समाचार) जस्ता नाउँ चलेका खबर कागजहरूले चर्चा गर्थे। उहाँका प्रशंसकहरूमध्ये केन्ट भन्ने इलाकाका एक रजौटा पनि थिए। उनी महारानी भिक्टोरियाका बाबु थिए। उनको मद्दतबाट लण्डनमा ठूल्ठूला सभाहरूको आयोजना हुन्थे र ओवेनले ती सभाहरूमा आफ्ना प्रवचनहरू दिनुहुन्थ्यो। यसकारण उनी पनि एक समाज सुधारकको रुपमा प्रख्यात भए। रोवर्ट ओवेन एक परोपकारी र सुधारकको रुपमा प्रख्यात भए।
रोवर्ट ओवेन एक परोपकारी र सुधारकको रुपमा देखेसम्म ती ठूला ठालूहरूले उहाँलाई तारिफ र प्रशंसा गरे। ओवेनले सम्मान र गौरव प्राप्त गर्नुभयो। त्यसबेला उहाँ युरोपका सबभन्दा लोकप्रिय व्यक्ति हुनुहुन्थ्यो। उहाँका स्तरका मानिसहरूले मात्रै होइन, राजा, महामाराजा र राजनीतिज्ञहरूले पनि उहाँको कुरालाई सम्मानपूर्वक सुन्थे। तर जब उहाँले कम्युनिष्ट सिद्धान्तहरूलाई अगाडि राख्दै जानुभयो, स्थिति उल्टो हुँदै गयो। तिनीहरू उहाँबाट टाढाटाढा भाग्न थाले।
बेलायतीहरू सार्है पुरानो विचारमा टाँसिरहने रुढीवादी, अन्धविश्वासी र धर्मका अन्धाहरू थिए। ओवेनका निजी सम्पत्ति, धर्म र विवाहसम्बन्धी विचारहरू सुनेर तिनीहरूको सातोपुत्लो गयो र छेराउती लागेर थला पर्यो। ओवेनलाई तिनीहरू धर्म नमान्ने नास्तिक भन्न थाले। उहाँलाई तिनीहरूले विरोध र हेलासमेत गर्नथाले।
तर ओवेन तिनीहरूको विरोध र निन्दाबाट अलिकति पनि डग्नुभएन। उल्टो परिस्थिति देखेर पछि हट्नुभएन।
सरकारी अड्डा अदालतले उहाँलाई वास्ता गर्न छोड्यो। बेलायती प्रेसले उहाँको विषयमा लेख्न छोड्यो। त्यसकारण उहाँले आफ्नो विचारलाई प्रयोग गरेर हेर्न चाहनुभयो।
बाँकी ५ जेठको अङ्कमा
|