बेलायतका कामदार वर्गको अवस्था – ३४
अर्काे एउटा स्वतन्त्र पत्रिका मर्निङ्ग क्रोनिकलको पाना पूँजीपति वर्गको अङ्ग बराबरी श्रेष्ठतामा हिन्कलीमा मोजा बुन्नेहरूबाट केही चिठ्ठीहरू प्रकाशित भयो। जसले उसका समकक्षी मजदुरहरूको अवस्थालाई वर्णन गर्दछ। अरु कुराहरूको बीच ऊ ५० परिवारहरू, ३२१ व्यक्तिहरू, १०९ काया (फ्रेमहरू)बाट साथ दिइएकाहरूबारे प्रतिवेदन दिन्छ। प्रत्येक फेमले औसत ५१/२ शिलिङ्ग, ४ डब्बल साप्ताहिक रुपमा कमाउँथे। यसमध्ये त्यहाँ घरभाडा, फ्रेम भाडा, इन्धन, साबुन र सियोहरू सबैलाई ५ शिलिङ्ग १० डब्बल आवश्यक हुन्थ्यो। त्यस्तै प्रत्येक व्यक्तिलाई दैनिक खाना खानका लागि १ १/२ डब्बल बाँकी रहन्थ्यो। कपडा लगाउन भन्ने कुनै पैसा बाँकी रहँदैन। यी गरिब मान्छेहरूले सहने दुःखलाई देख्ने कुनै आँखा छैन, सुन्ने कुनै कान छैन र महसुस गर्ने मुटु कुनै छैन।
ओछ्यानहरू पूर्णतया वा आंशिक रुपमा अभावपूर्ण हुन्छन्। केटाकेटीहरू झुत्रे कपडा वा नाङ्गोखुट्टामा दगुर्छन्। ती मान्छेहरूले आँखाबाट आँसु झार्दै भने, 'हामीले मासु नखाएको धेरै महिना भयो र हामीले यो कस्तो स्वादको हुन्छ भन्ने कुरा बिर्सेका छौं।' अन्तमा तिनीहरूमध्ये कोही बिदामा पनि काम गर्थे। जनताको विचारले कुनै बाँकी कुरालाई योभन्दा बढी तयारीपूर्वक क्षमा दिए पनि, मेसिनको चर्को आवाज आसपासबाट सुन्न सकिन्छ। तिनीहरूमध्ये एकजनाले भने – 'तर मेरा केटाकेटीहरूलाई हेर्नुस् र कुनै प्रश्न नसोध्नुस्। मेरा गरिबीले मलाई यसतिर बाध्य पार्छ। म मेरा केटाकेटीहरू रोटी प्राप्त गर्ने अन्तिम साधनका लागि इमानदारीपूर्वक काम नगरी रोइरहेको सुन्न सक्दिनं र सुन्नेछैन। गत सोमबार म बिहान २ बजे उठें र मध्यरातमा काम गरें। अर्काे दिनमा बिहान ६ बजे उठेर राति ११ र १२ बजेको बीचमा काम गरें। मैले पर्याप्त गरेको छु, म आफैलाई मार्नेछैन, त्यसैले अहिले म १० बजे नै सुत्छु र गुमेको समय बिदाको दिनमा सदुपयोग गर्छु।' न त लेइसस्टर, नोटिङ्गघाममा न डेर्वीमा १८३३ देखि ज्याला बढेको छ। सबभन्दा नराम्रो त लेइसेस्टरमा ट्रक व्यवस्था ठूलो हदसम्म रहनु हो। त्यसकारण यस क्षेत्रका बुन्नेहरू सबै मजदुर आन्दोलनहरूमा सक्रिय भाग लिनुमा आश्चर्य मान्नुपर्दैन। अझ बढी सक्रिय तथा प्रभावशाली हुन्छन् किनभने फ्रेम निर्माण मुख्यगरी यी मान्छेहरूद्वारा गरिन्छ। यस मोजा बुन्नेहरूको क्षेत्रमा फित्ता उद्योगका मुख्य कार्यालयहरू छन्। त्यहाँ उल्लेखित तीन गाउँहरूमा सबै गरी २७६० फित्ता बनाउने फ्रेमहरू प्रयोगमा छन्। जबकि बेलायतका बाँकी सबै ठाउँमा गरी जम्मा ७८६ फ्रेममात्रै प्रयोगमा छन्। जुत्ताको फित्ता उत्पादन श्रमको अपरिवर्तनीय विभाजनबाट बडो कठिन हुन्छ। साथै असङ्ख्य प्रशाखाहरूलाई यसअन्तर्गत पार्छन्। स्वेटर बुन्ने धागो १४ वर्षका केटीहरूद्वारा माथितिर बेरिन्छ, घुमाइन्छ। त्यसपछि धागो बेर्ने पाङ्ग्रालाई फ्रेमसम्म राख्ने पुर्याउने काम केटाहरूद्वारा गरिन्छन्। ती केटाहरू ८ वर्ष र त्यसभन्दा माथिका हुन्छन् जसले खाली ठाउँबाट धागो छिराउँछन्।
जसको प्रत्येक यन्त्रमा औसत १८०० धागो बेरिएको हुन्छ, ती धागो बेर्ने केटाहरूले यसलाई लक्ष्यमा पुर्याउँछ। त्यसपछि बुन्नेहरू फित्ता बुन्छन् जुन मेसिनबाट कपडाको चौडा टुक्रा बाहिर निस्केजस्तै आउँछ। यसलाई ज्यादै स–साना केटाकेटीहरू जोड्ने धागो निकाल्नेहरूद्वारा छुट्टाछुट्टै लगिन्छ। यसलाई घुमिरहने वा खिचिरहने फित्ता भनिन्छ। केटाकेटीहरू आफै भने फित्ता धावकहरू हुन्। फित्तालाई त्यसपछि बेच्नका लागि तयार राखिन्छ।
चक्का घुमाउनेहरूसँग धागो बेर्नेहरूजस्तै कुनै निर्धारित काम गर्ने समय छैन। तिनीहरूले फ्रेममा रहेको रोलमा धागो समाप्त हुने जुनसुकै बेला बोलाइन्थ्यो। धागो बुन्नेहरू राति काम गर्ने भएकोले कारखानामा वा काम गर्ने कोठामा कुनै पनि बेला हाजिर हुन तिनीहरू जवाफदेही हुन्छन्।
यस अनियमितता, बारम्बारको रात्री सेवा, बेढङ्गको जीवनयापनका परिणामस्वरुप यसमाथि असङ्ख्य शारीरिक तथा नैतिक रोगहरू जन्मिन्छन्। विशेषगरी शीघ्र तथा अनियन्त्रित यौनका स्वीकृति जसमाथि सबै गवाही सर्वसम्मत हुन्छन्। त्यस्तो काम आँखाका लागि ज्यादै खराब हुन्छन्। धागो बुन्नेहरूको मामिलामा स्थायी घाउ चोटपटक सामान्यतया हेर्नलायक हुँदैन। आँखा पाक्नु, पीडा, आँसु तथा दृष्टिको क्षणिक अनिश्चितता धागो बुन्ने बेला उत्पन्न हुन्छ।
तैपनि धागो बेर्नेहरूका लागि निश्चित छ कि तिनीहरूको यो कामले आँखालाई गम्भीर असर पुर्याउँछ। यसले आँखाको गेडी (कोर्निया) बारम्बार दुखाउनुबाहेक अन्धोपन तथा मोतीबिन्दुका धेरै समस्याहरू निम्ट्याउँछ। ती बुन्नेहरूको काम आफैमा ज्यादै कठिन छ। फ्रेमहरूलाई स्थिर रुपमा झन् फराकिलो बनाइएका हुनाले अहिलेसम्म प्रयोगमा नआएका ती फ्रेमहरू सबै करिब तीनजना मान्छेहरूद्वारा पालैपालो काममा प्रयोग गरिन्छ।
प्रत्येकले आठ घण्टा काम गरिरहेका हुन्छन्। त्यस फ्रेमलाई नघुमाइ त्यत्तिकै रहन नदिन काम गर्नैपर्दछ। १८०० खाली ठाउँ धागोले भर्ने कार्यमा तीन केटाकेटीहरू कम्तीमा दुईघण्टा व्यस्त हुन्छन्। धेरै फ्रेमहरू (घेराहरू) वाष्प शक्तिबाट सञ्चालित हुन्छन्। यसरी कामदार मान्छेहरूको कामलाई विस्थापित गरिन्छ। साथै बाल रोजगार आयोगको प्रतिवेदनले फित्ता उद्योगहरूमै मात्र केटाकेटीहरूलाई काम गर्न बोलाइएको उल्लेख गर्दछ। यस्तो देखिन्छ कि या त बुन्नेहरूको कामलाई ठूला कारखानाहरूमा हटाइन्छ वा वाष्प शक्तिबाट बुन्ने काम सामान्यतया राम्रो भएको अनुसरण गर्दछ।
प्रस्तुति: सुन्दर सुवाल
|