|
विद्युत प्राधिकरण टाट भ्रष्टहरू मालामाल
सरकारले नेपाल विद्युत प्राधिकरणको २७ अर्ब घाटा भएको समाचाार प्रकाशित भएको १ वर्षभित्रै पुनः ७ अर्ब रुपैयाँ नोक्सानी भएको खबर छ। प्राधिकरण चुहावट र भ्रष्ट कर्मचारीकै कारण निरन्तर घाटामा जान थालेको छ। संस्थागत सुशासनको अभाव नै प्राधिकरण घाटामा जान थालेको छ। सुधार नै हुन नसक्ने तहमा प्राधिकरण पुगिसकेको छ। प्राधिकरणका बहालवाला र पूर्व हाकिमहरुको सम्पत्ति जाँच गर्ने हो भने प्राधिकरण कसरी टाट उल्टिएको रहेछ भन्ने कुरा खुलस्त हुन्छ। प्राधिकरणको प्रशासन विभाग प्रमुख लोकेन्द्र थापा नै अकूत सम्पत्ति थुपार्ने प्रतिनिधि पात्र हुन्। पूर्व कार्यकारी निर्देशकहरु रामेश्वर यादव, उत्तरकुमार श्रेष्ठ, जनकलाल कर्माचार्यको सम्पत्ति छानबिन गरी स्रोत नखुलेको सम्पत्ति प्राधिकरणको नाममा ल्याउनुपर्ने प्राधिकरणको भलो चिताउनेहरु बताउँछन्। त्यस्तै, पूर्वहाकिमहरु रामप्रसाद अधिकारी, विनोद ढकाल, सूर्यप्रसाद न्यौपाने, गोविन्द केसीहरुको पनि सम्पत्ति छानबिन हुनु जरुरी छ। – महेश |