September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

वन्यजन्तु निकायले वन्यजन्तु नै चिन्दैनन्

राजु आचार्य 

पत्रकारले चितुवा तथा हुँडारलाई बाघ भनेर रिपोर्टिङ गर्नु नौलो रहेन नेपालमा। सेतोपाटीमा जेठ २ गते प्रकाशित खबरमा सल्यान देवस्थलका टेकबहादुर विष्ट, गोरख पुन, विनोद साहु, हरि विष्ट र भीमबहादुर बाघको छालासहित समातिएको भनेर चितुवाको तस्विर राखिएको छ। यति ठूला स्तनधारी र सजिलै छुट्याउनेमा त गलत पहिचान भएको छ भने अन्य साना स्तनधारी र वन्यजन्तुको पहिचानमा के भइराखेको होला, सहजै अनुमान लगाउन सकिन्छ। पत्रकारले सबै विषयमा आफूलाई विज्ञ ठान्ने र विज्ञहरूसँग परामर्श नलिने बानीले पनि यस्तो भइरहेको छ। हुन त, मनाङ जिल्लामा स्वचालित क्यामेरामा नेपालमै पहिलोपटक परेको एबििबक ऋबत (नेपाली नामकरण हुन् बाँकी) विज्ञ ठान्नेहरूहरूकै आँखाबाट ओझेलमा पर्‍यो। २ वर्षपछि फेसबुकको मद्दतले पहिचान गर्न सम्भव भयो। डीएनए परीक्षणबिना छुट्याउन सम्भव नभएको टिबेटन ब्वाँसोलाई नेपालका विज्ञहरूले नयाँ उपप्रजाति पाएको भनेर पत्रकार सम्मेलन नै गर्दिए। 

गत पुस २७ गते विराटनगरमा समातिएको गोठे लाटोकोसेरोलाई जिल्ला वनले समेत हुचिल भनेर प्रचारप्रसार गरिदिए। केही वर्षअघि पोखराको विश्व शान्ति जैविक विविधता पार्कको कार्ययोजना प्रस्तुत गर्दा नेपालमा अभिलेख नगरिएको वन बिरालो (वाइल्ड क्याट) छ भनेर विज्ञहरूले पोखरामा कार्यपत्र नै प्रस्तुत गरे। 

सरकारको झन् बेहाल  

वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रजाति पहिचानका लागि बेग्लै शाखा त छैन, तर सरकारलाई सहयोग गर्न बनाइएको प्राविधिक समितिमा समेत सबैलाई समेटिएको छैन। उक्त समितिमा विज्ञहरू राख्ने त कुरै भएन। आफ्नालाई र आर्थिक स्रोत बढी भएका संस्थालाई काखा अरुलाई पाखा गर्ने परिपाटी समिति गठनको क्रममा पनि देखियो। 

संसारभरका वैज्ञानिकहरूले होभन्दा पनि यो समितिले हुम्लामा भेटिएको जङ्गली चौरीगाई नै हो भन्न ९ महिना लगाएको थियो। यही घटनाबाट यसको क्षमता अनुमान गर्न सकिन्छ। 

नेपालको वन्यजन्तु अध्ययन, अनुसन्धान र संरक्षणको जिम्मेवारी पाएको सरकारी संस्थाको वेबसाइटमा (जततउःररधधध.मलउधअ.नयख.लउ 

रउचयतभअतभम)कउभअष्भकरकउभअष्भकर्कब्क्कबकि) समेत नेपालमा नपाउने वन्यजन्तुहरूलाई नेपालका संरक्षित स्तनधारी भनेर उल्लेख गरिएको छ। 

घरपालुवा झोपालाई (घरेलु याक र गाईको क्रोस) जङ्गली चौरीगाई भन्नु र तस्विर राख्नु नौलो कुरै भएन। मुनाललाई चुनाल भन्नु, सारस चरा भनेर अर्कै चराको फोटो (लक्ष्मन सारस) राख्नुलाई के नौलो भन्नु। हिमाली रातोभालु भनेर नेपालमा नपाइने ग्रिज्ली भालु, हुँडार भनेर अफ्रिकामा पाइने स्पोटेड हुँडारको, ध्वाँसे चितुवा भनेर छिरबिरे बिरालोका तस्विरहरू राखिएका छन्। वेबसाइटमा थुप्रै तस्वीरहरूका स्रोत समेत उल्लेख गरिएको छैन। लामो समयदेखि अभिलेख नभएका स्तनधारीजस्तै चिरुको तस्वीरको स्रोत के हो भनेर समेत उल्लेख छैन। संस्थाको वेबसाइटमा यस्ता थुप्रै गल्तिहरू बग्रेल्ती भेटिन्छन्। 

माथि उल्लेखित त्रुटीहरू सच्याउन पनि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागलाई दाता नै चाहिने त होइन होला नि? औंलामा गन्न मिल्ने वन्यजन्तुको क्षेत्रमा काम गर्ने सस्थाहरूबीच समन्वय गराएर काम गर्न विभागलाई कसले रोक्छ कुन्नि? विज्ञहरू र अन्य संस्थाहरू सम्मिलित बृहत प्राविधिक समिति बनाएर अगाडि बढ्दा नेपालले अन्तर्राष्ट्रिय स्तरमा पाएको जस, थप बढ्ने निश्चित छ। विभागले केही संस्थाको सिन्डिकेटको घेरा बाहिर निस्केर काम गर्न आँट देखाउनुपर्छ।