September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

निजी स्कूल खोल्न ३२ मापदण्ड

भक्तपुर। ३२ प्रकारका मापदण्ड पूरा गरेपछि मात्रै नीजि विद्यालय खोल्ने प्रक्रिया सुरु हुने भएको छ। अभिभावकसँग चर्को शुल्क लिने तर विद्यालय हुन आवश्यक पूर्वाधार तथा जनशक्ति मेत नहुने फेला परेपछि अनुमति तथा कक्षा थप गर्नुअघि नै शिक्षा विभागले कडाई गरेको हो। हालै जारी संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिकामा विद्यालय हुन आवश्यक कुराहरूलाई तीन वटा क्षेत्रमा समेटिएको छ। विद्यालय सञ्चालन तथा जनशक्ति व्यवस्था, सिकाइ सुविधा व्यवस्था र शिक्षण सिकाइ तथा मूल्याङ्कनका मापदण्ड गरी उल्लेख गरिएका तीन क्षेत्रका ३२ मापदण्ड पूरा नगर्ने विद्यालयले स्वीकृति नपाउने भएका हुन्। 

निर्देशिकामा भएको व्यवस्थाअनुसार न्यूनतम मापदण्ड पूरा नगर्ने विद्यालयलाई कक्षा तथा तह थपको अनुमतिसमेत नदिइने विभागले जनाएको छ। यसका अलावा शिक्षा नियमावली २०५९ अनुसार विद्यार्थी सङ्ख्या तथा विद्यालय नक्साङ्कन प्रतिवेदनका आधारमा विद्यालय खोल्नुपर्ने कारण तथा तह वा कक्षा थप्नुपर्ने औचित्य पुष्ट्याई गर्नुपर्ने छ। 

शैक्षिक सत्र २०७३ का लागि आवश्यक नयाँ विद्यालय तथा कक्षा र तह थप गर्ने विद्यालयको विवरण अद्यावधिक गर्नका लागि विभागले सबै जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गरेको छ। उक्त परीपत्रमा चैत १० गतेभित्र विवरण पठाउन भनिएको छ। यसरी विवरण पठाउँदा माग गरेको कक्षा, पूर्वाधारको पुष्ट्याई र अनुमति दिनुपर्ने कारण खुलाउनुपर्ने गरी विभागले निर्देशन दिएको छ। 

यस अघि नै अनुमति लिई सञ्चालन भएका र कक्षा र तह थपको प्रवि्र्कयामा रहेका विद्यालयहरूको हकमा समेत न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने छ। तर, यस्ता विद्यालयलाई आवश्यक मापदण्ड पुर्‍याउन तीन वर्षको समय तोकिएको छ। उक्त अवधिभित्र पनि मापदण्ड पूरा नगर्ने विद्यालयलाई समयसहितको विकल्प दिएर विद्यालय गाभ्ने प्रवि्र्कयामा लगिने गरी सूचना प्रकाशन गर्ने निर्देशिकामा व्यवस्था छ। 

विद्यालयको न्यूनतम मापदण्डका लागि विद्यालय सञ्चालन तथा जनशक्ति व्यवस्थाअन्तर्गत निम्न मापदण्ड कायम गरिएको छ: 

–    विद्यालय सञ्चालन संयन्त्र – शिक्षा ऐन, शिक्षा नियमावली, संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका र विद्यालय विनियमावलीको अधीनमा रहेरमात्र विद्यालयका प्रत्येक गतिविधि सञ्चालन भएको हुनुपर्ने। 

–    जनशक्ति प्रकार– विद्यालयमा १ जना प्रधानाध्यापकसहित शिक्षकहरू र आवश्यक सङ्ख्यामा प्रशासनिक सहायक कर्मचारीको पद नाम भएका जनशक्तिमात्र कार्यरत रहनुपर्ने। 

–    शिक्षक सङ्ख्या– प्रतिकक्षा १: १.४ का दरले शिक्षक सङ्ख्या हुनुपर्ने। विद्यार्थी सङ्ख्याको आधारमा १ः२२ भन्दा कम हुन नहुने। 

–    शिक्षकको न्यूनतम योग्यता – शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिमको तहगत शिक्षकको न्यूनतम योग्यता हुनुपर्ने। नियुक्ति पत्रको विवरण जिल्ला शिक्षा कार्यालयमा अद्यावधिक गरिएको हुनुपर्ने। 

–    स्थायी नियुक्ति– शिक्षा नियमावली, २०५९ को नियम १०५ (क) बमोजिमको विद्यालय विनियमावलीको अधिनमा रही शिक्षकको नियुक्ति गरेको हुनुपर्ने। 

–    शिक्षक कर्मचारीहरूको तलब भत्ता – नेपाल सरकारले सरकारी अनुदानअन्तर्गत कार्यरत शिक्षक कर्मचारीका लागि तोकेको सरकारी स्केल नघट्ने गरी तलब भत्ता बैङ्क सुविधा भएको स्थानमा बैङ्क खातामार्फत भुक्तानी गरेको हुनुपर्ने। 

–    विद्यार्थी परामर्श कक्षा – विद्यार्थीको मनोवैज्ञानिक समस्यालाई बुझेर परामर्श उपलब्ध गराउनका लागि विद्यार्थी परामर्श कक्षाको व्यवस्था भएको हुनुपर्ने। 

सिकाइ सुविधा व्यवस्थाअन्तर्गत निम्न मापदण्ड कायम गरिएको छ: 

–    जग्गा र घरको स्वामित्व    – विद्यालयको नाममा आफ्नो नामको जग्गा र घर वा कम्तीमा ५ वर्षको घर भाडाका लागि जग्गा र घर धनीबीच विधिवत् सम्झौता भएको। ५ वर्षपछि आफ्नै जग्गा र घर खरिदको योजना बनाएको र विद्यालय सञ्चालककै लगानीमा खरिदको प्रवि्र्कया प्रस्ट्याइएको हुनुपर्ने। 

–    जग्गाको क्षेत्रफल– विद्यालय भवनबाहेक एकै पटक कम्तीमा सबै विद्यार्थीका लागि  एसेम्बली सञ्चालन गर्न र कम्तीमा व्याडमिन्टन र भलिबल खेल्न पुग्ने पर्याप्त जमिन हुनुपर्ने। 

–    विद्यालय हाता – सुरक्षित, सफा सुग्घर र हरियालीयुक्त हुनुपर्ने। 

–     कक्षागत विद्यार्थी सङ्ख्या   – प्रत्येक कक्षामा कम्तीमा २२ जना र बढीमा ४४ जना विद्यार्थी औसतमा ३३ जना विद्यार्थी हुनुपर्नेछ। 

–    कक्षा कोठा – कम्तीमा आधारभूत तहको हकमा १ .० वर्ग मिटर र माध्यमिक तहको हकमा प्रतिविद्यार्थी १.२ वर्ग मिटर क्षेत्रफल पुग्ने गरी प्रत्येक कक्षा कोठाको साइज हुनुपर्ने र सञ्चालित कक्षा र ऐच्छिक विषय समेतलाई पुग्ने छुट्टाछुट्टै प्रकाश तथा हावा ओहोरदोहोर गर्न सक्ने कक्षा कोठा हुनुपर्ने। 

–    कोठाको उचाइ –विद्यालयले आफ्नै जग्गामा घर निर्माण गर्दा कम्तीमा हिमाली क्षेत्रमा ८ फुट, उपत्यकामा ९ फुट र तराईमा ११ फुट  उचाइ भएको कक्षा कोठा हुनुपर्ने। प्रत्येक कक्षा कोठामा २ वटा प्रवेशद्वार हुनुपर्ने। 

–    भवनको गुणस्तर – सरकारद्वारा निर्धारित भवन मापदण्डका आधारमा नक्सापास र भूकम्प प्रतिरोधात्मक तथा प्रत्येक कोठामा हि्वलचेयरको पहुँच पुग्ने गरी अपाङ्ग मैत्री भवनको निर्माण भएको हुनुपर्ने। 

–    प्रशासनिक प्रयोजनका कोठा – कम्तीमा प्रधानाध्यापक कार्यकक्ष,  शिक्षक स्टाफकक्ष, प्रशासन र लेखाकक्ष, पुस्तकालय र वाचनालय कक्ष, स्टोरकोठा र  प्रयोगशाला कक्षका लागि छट्टाछुट्टै कोठाको व्यवस्था भएको हुनुपर्ने। 

–    खानेपानी व्यवस्था – सबै  विद्यार्थीहरूका लागि पर्याप्त र स्वच्छ पिउने पानी उपलव्ध गराउन सक्ने गरी धारा र पानी ट्याङ्कीको व्यवस्था भएको हुनुपर्ने। 

–    शौचालय र सफाइ व्यवस्था – कम्तीमा ५१ विद्यार्थी बराबर पानीको धारा जडित १ शौचालय र युरिनल छात्र छात्राको लागि छुट्टाछुटै पुग्ने गरी उपलब्ध हुनुपर्ने। 

–    फर्निचर – विद्यार्थीको उमेर सुहाउँदो हुने गरी उचाइका हकमा आधारभूत तहमा १६ह२२ र माध्यमिक तहमा २२ह२६ इञ्च र चौडाइ कम्तीमा १५ इञ्च भएको  बेन्च डेस्क हुनुपर्ने। 

–    बुक र्‍र्याक र बुक कर्नर– सबै विद्यार्थीले प्रयोग गर्न पाउने गरी प्रत्येक कक्षा कोठामा आवश्यक सङ्ख्याका बुकर्‍योकर बुक कर्नर उपलब्ध हुनुपर्ने। 

–    कम्प्युटर ल्याब – कम्तीमा एक पटक प्रयोग गर्दा २ विद्यार्थी बराबर १ कम्प्युटर पुग्ने गरी कम्प्युटर विषय शिक्षण र सबै विद्यार्थीलाई कम्प्युटर साक्षरता कक्षा सञ्चालन गर्न पर्याप्त सङ्ख्यामा कम्प्युटर, प्रिन्टर र ीऋम् उचयवभअतयच सहितको अय्कउगतभच विद हुनुपर्ने। 

–    प्रयोगशाला – विज्ञानलगायतका प्राविधिक र व्यावसायिक विषय शिक्षणका लागि सबै विद्यार्थीले कार्यशाला सञ्चालन गर्न पुग्ने उपकरणसहितको प्रयोगशाला हुनुपर्ने। 

–    पुस्तकालय – विद्यालयमा पठनपाठन हुने सबै कक्षाका सबै विषयहरूसँग सम्बन्धित शिक्षक र विद्यार्थीका लागि उपयोगी कम्तीमा आधारभूत तहमा ११११ थान र माध्यमिक तहको विद्यालयमा १५११ थान सन्दर्भ सामग्रीहरूको सङ्कलनसहितको पुस्तकालय हुनुपर्ने। 

–    उपचार कक्ष     – विद्यार्थी तथा शिक्षकहरूका लागि सामान्य स्वास्थ्योपचार गर्न औषधि, उपकरण र जनशक्तिसहितको उपचार कक्ष हुनुपर्ने। 

शिक्षण सिकाइ तथा मूल्याङ्कनका मापदण्डअर्न्तगत निम्न मापदण्ड कायम गरिएको छ: 

–    पाठ्यक्रम –    नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा स्वीकृत पाठ्यक्रम लागू गरेको हुनुपर्ने। 

–    पाठ्यपुस्तक – पाठ्यक्रम विकास केन्द्रद्वारा जारी र स्वीकृत गरिएको विषयगत पाठ्यपुस्तक लागू गरेको हुनुपर्ने। 

–    थप पाठ्यसामग्री (चभाभचभलअभ ्कबतभचष्बकि) –  पाठ्यक्रम विकास केन्द्रले थप पाठ्य सामग्रीको रूपमा स्वीकृत सन्दर्भ सामग्री (बममष्तष्यलब ितभहत दययप) प्रयोग भएको हुनुपर्ने। थप पाठ्यसामग्री प्रयोग गर्दा तहअनुसार, विद्यार्थीको उमेर र परिपक्वताजस्ता मनोवैज्ञानिक पक्षलाई समेत ध्यानमा राखेर सङ्ख्या यकिन गर्नुपर्ने। 

–    शिक्षक सहयोगी सामग्री – शिक्षकका लागि विषयगत रूपमा तयार गरेको सहयोगी सामग्री (तभबअजभचक218 नगष्मभ दययप) व्यवस्था हुनुपर्ने। 

–    वार्षिक पठनपाठन तालिका – पाठ्यक्रमले निर्धारण गरेअनुसार वर्षमा २२१ दिन विद्यालय सञ्चालन र १९२ दिन खुद पठनपाठन सञ्चालन भएको हुनुपर्ने। 

–    कक्षागत परीक्षा – पाठ्यक्रमले तोकेअनुसार प्रत्येक विषयमा त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षा विषयगत शिक्षकबाट प्रश्नपत्र निर्माण गरी विद्यालयमै सञ्चालन गर्ने साथै निर्माणात्मक र निर्णयात्मक (ायच्कबतष्खभ बलम कग्क्कबतष्खभ) दुवै प्रकारका मूल्याङ्नका साधनहरू प्रयोग गरेको हुनुपर्ने। 

–    आधारभूत तह उत्तीर्ण परीक्षा – (कक्षा–८ को जिल्लास्तरीय परीक्षा) निम्न माध्यमिक शिक्षा उत्तीर्ण समितिले तोकेअनुसार जिल्ला शिक्षा कार्यालयले आधारभूत तहको अन्त्यमा लिइने परीक्षा सञ्चालन गरेको हुनुपर्ने। 

–    कक्षा–३ र ५ को सिकाइ उपलब्धि परीक्षण –  प्रत्येक विद्यालयले प्रत्येक वर्षको वार्षिक परीक्षा सम्पन्न भएको १ महिनाभित्र स्रोतकेन्द्रले नमुनाका रूपमा अथवा सबै विद्यार्थी समेटेर सञ्चालन गर्ने कक्षा–३ र ५ को सिकाइ उपलब्धि परीक्षामा विद्यार्थी सहभागी गराउने। 

–    शैक्षिक उपाधिको प्रमाण पत्र – प्रत्येक विद्यालयले वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्पन्न गर्नासाथ प्रत्येक विद्यार्थीलाई शैक्षिक प्रमाण पत्र अनिवार्य प्रदान गर्ने तथा विद्यालय छाडेर अन्यत्र जाने विद्यार्थीहरूलाई अनिवार्य रुपमा स्थानान्तरण प्रमाणपत्र प्रदान गर्ने। 

निर्देशिका लागू भएपछि निजी विद्यालयका संस्थाहरूले भने विरोध गरेका छन्।