|
पूँजीवादको तेस्रो सङ्कट
िफ्रेइ बेटो, अडिटल पूँजीवादको वर्तमान विश्वव्यापी सङ्कटको पहिलो सङ्केत संरा अमेरिकामा सन् २००७ मा देखा परेको थियो तर त्यसभन्दा अघि नै ब्राजिलमा अनिश्चितता देखिएको थियो। पूँजीवादी प्रणाली भनेकै सात वटा श्वासप्रश्वास प्रणाली भएको बिरालो हो। बितेको शताब्दीमा त्यस प्रणालीले दुईओटा प्रमुख सङ्कटहरूको सामना गर्यो– पहिलो, बीसौं शताब्दीको पूर्वार्द्धमा, साम्राज्यवादको सुरुका दिनहरूमा। जसले आर्थिक उदारवाद अर्थात् एकाधिकार पूँजीपतिहरूले सम्पूर्ण पूँजी एकत्रित पार्ने नीति अगाडि ल्यायो। बजार कब्जा गर्नका निम्ति भएको त्यही आर्थिक युद्धले पहिलो विश्वयुद्धलाई जन्म दियो। त्यसको अर्को 'परिणाम' को रुपमा १९१७ को अक्टोवर समाजवादी क्रान्ति जन्मियो। सन् १९२९ मा महामन्दीको अर्को सङ्कट देखियो। रातारात हजारौं हजार मानिसले आफ्नो रोजगारी गुमाए, न्युयोर्कको शेयर बजार दुर्घटनाग्रस्त बन्यो, मन्दी लामो अवधिसम्म कायम रह्यो र त्यसको दुष्प्रभाव विश्वव्यापी रुपमा पर्यो। त्यसबेला त्यस सङ्कटको परिणतिस्वरुप नाजीवाद जन्मियोर त्यसैबाट दोस्रो विश्वयुद्ध पनि निम्तियो। पूँजीवादको तेस्रो सङ्कट अघिल्लाभन्दा भिन्न छ। कुनै हिसाबले यो अचम्मलाग्दो पनि छ। त्यसै प्रणालीको वरपर निर्माण भएका देशहरू (ब्राजिल, चीन, भारत, इण्डोनेशिया) मा आजको दिनसम्म ठूलै अर्थतन्त्र भएका पूँजीवादी देशभन्दा राम्रो भइरहेका छन्। यो वर्ष ल्याटिन अमेरिकी देशहरूको आर्थिक वृद्धिदरले संरा अमेरिका र युरोपलाई उछिन्ने अनुमान गरिएको छ। विश्वको यस गोलार्द्धमा आर्थिक वृद्धिको बृहत्तर अवस्था देख्न सकिन्छ। जस्तो – ज्यालामा वृद्धि, बेरोजगारीमा उल्लेख्य कमी, प्रशस्त लगानी र व्याजदरमा कमी। धनी देशहरूमा वित्तीय घातालाई बेरोजगारी दर राज्यले उछिन्नेको छ (युरोपेली सङ्घमा २४ करोड ३० लाख मानिस बेरोजगार छन्।) युरोपमा ल्याटिन अमेरिकामा यो सिनेमा (प्रगति) पहिल्यै देखिसकेकाहरूलाई यो इतिहास लाग्न सक्छ। इतिहास फेरि दोहोरिन लागेको छ: अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विभिन्न देशको अर्थतन्त्र निर्देशित गर्न थालेको छ। ग्रीस र इटालीमा हस्तक्षेप गरिसकेको छ र शीघ्र नै पोर्चुगलमा गर्दैछ। जर्मनीले साहुको भूमिका निर्वाह गर्दैछ – हिटलरले जसरी युरोजोन क्षेत्रका देशहरूमाथि बलपूर्वक शासन थोपर्ने कोसिस गरेका थिए, आज जर्मनीको पूँजीले गर्र्दैछ। अहिलेसम्म त्यस सङ्कटबाट निस्कने कुनै तेस्रो मार्ग भेटिएको छैन। संरा अमेरिका र युरोपेली राष्ट्रले अपनाएका सबै उपायहरू उपचारात्मक हुन् तर अहिलेसम्म उक्त सङ्कट अन्त्य हुने कुनै लक्षण देखिएको छैन। चौतर्फी रुपमा धेरै अघि नै माग गरिएझैं चीनको वृद्धिदर कम गर्न र त्यसको निर्यातको दर कम गर्न कोकोहालो मच्चाउँदै छन्। ब्राजिलको अर्थतन्त्रका निम्ति नाटकीय नै हुनेछ। विश्वव्यापी व्यापार २० प्रतिशतले खुम्चिएको छ। अर्थतन्त्रको प्रगति पुनः औद्योगीकरण भइरहेको छ। त्यसले ब्राजिललाई प्रभाव पारिसकेको छ। वित्तीय नाफालाई अहिले केहीले सहयोग गर्छ भने त्यो उत्पादन र अड्कलबाजीले नै हो। बैङ्कहरूको माध्यमद्धारा उपभोगको व्यापारीकरणलाई बढावा दिइँदै छ। ऋण त छँदैछ, त्यसमाथि पानीका फोकाहरू फुट्दै छन र त्यसको दुष्प्रभाव प्लेगजत्तिकै फैलिंदै छ। यस सङ्कटबाट निस्कने वामपन्थ र दक्षिणपन्थ छाडेर अर्को तेस्रो बाटो हुनसक्ला? मलाई डर लाग्छ, मानव जाति दुईवटा गम्भीर जोखिममा रहेको छ। पहिलो पहिले नै स्पष्ट छः जलवायु परिर्वतन। अहिले हामी खाद्यान्नको उपभोग गर्दा घाटाको मूल्य पनि चुक्ता गरिरहेका छौं। वित्तीय बजारले निर्धारण गरेको खरिद मूल्यमा किन्नैपर्ने जस्तै भएको छ। अहिले तथाकथित उदाउँदो अर्थतन्त्रको पुनःप्राथमिकीकरण बढिरहेको छ। ब्राजिलजस्तै देशहरू पहिलेकै समयमा फर्कंदै छन् र वस्तुको निर्यातमा भर पर्दैछन्। उदाहरणका लागि कृषि उत्पादनहरू, तेल र कच्चा फलामको निर्यात हँुदैछ जसको मूल्य बहुराष्ट्रिय निगम र वित्तीय बजारले निर्धारण गर्छ। समग्र योजनामा नश्ल सुधारिएका बीउ र कृषि विषादिमाथि नियन्त्रण कायम गरेका ठूल्ठूला बहुराष्ट्रिय निगमहरूको शक्तिको अगाडि ब्राजिलियाली कृषि क्षेत्र निकै कमजोर रहेको देखियो। दोस्रो खतरा भनेको आणविक युद्ध हो। पछिला दुईवटा आर्थिक सङ्कटसित भयानक विश्वयुद्धहरू गाँसिएका छन्। व्यापक बेरोजगारीको सामना गर्न, बेरोजगार मजदुरहरू भर्ना गर्न हतियार उद्योगभन्दा राम्रो विकल्प अर्को देखेनन्। आज हजारौं आणविक बमहरू विश्वभर तैनाथ छन्। आणविक हतियार सक्रिय अवस्थामा र हिरोसिमा र नागासाकीमा झंै ध्वस्त पार्नुपर्ने ठाउँ तोकेर राखिएका छन्। यो समय पृथ्वीको अन्त्यको दुष्प्रयासलाई अस्वीकार गर्नु र त्यसप्रति कडा प्रतिक्रिया जनाउने समय हो। पूँजीवादी व्यवस्थाको समाधान खोज्नुपर्छ। खराब उद्देश्यसाथ उल्लेख्य रुपमा खरबौं डलर वित्तीय बजारको निम्ति जम्मा गरिदैं छ र करोडौं मानिसहरूलाई गरिबी र कष्टसाध्य जीवन बाँच्न बाध्य पारिंदैछ। हामीले सङ्गठित भएर आशा सिर्जना गर्नसक्यौं भने बृहत् जनपरिचालन गर्नसक्यौं भनेमात्र विकल्प रहन्छ र त्यसले मानवताको नेतृत्व गर्नेछ– ब्राजिलको इखारिष्ट पर्वमा प्रार्थना गरिएझैं। 'पृथ्वीका वस्तुहरूको र मानव श्रमको फल बाँडचुँड गरौं !' मननयोग्य छ। प्राब्दा रुस त्जभ त्जष्चम ऋचष्कष्क या ऋबउष्तबष्कि्क ज्ञद्द ्कबथ, द्दण्ज्ञज्ञ
|