September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

प्रजग कोरियाका जनताप्रति ऐक्यबद्धता

आक्रमणको धम्कीविरुद्ध प्रजग कोरियाको हाइड्रोजन बम परीक्षण –प्रेम सुवाल पाँच हजार वर्ष पुरानो इतिहास भएको कोरिया संरा अमेरिकी साम्राज्यवादको कारण उत्तर र दक्षिणमा विभाजित भएको ७० वर्ष भयो। दोस्रो विश्वयुद्धको लगत्तै सन् १९४५ मा जापानी उपनिवेशवादबाट कोरिया मुक्त भयो तर संरा अमेरिकाले “मुक्तिदाता” भेषमा दक्षिण कोरियालाई  बलपूर्वक कब्जा गरी उपनिवेश बनायो। संरा अमेरिकाले सन् १९५० मा कोरियाविरुद्ध युद्ध गर्‍यो। तीन वर्षको युद्धमा संरा अमेरिकी नेतृत्वको साम्राज्यवादी देशहरूले कोरियालाई ध्वंसात्मक आक्रमण गरे। तर महान नेता किम इल सङको नेतृत्वमा कोरियाली जनताले संरा अमेरिकालाई घुँडा टेकाए। परिणाममा संरा अमेरिकाले सन् १९५३ मा प्रजग कोरियासँग युद्धविराम सम्झौता गर्नुपर्‍यो। तर संरा अमेरिकाले युद्धविराम सम्झौतालाई उल्लङ्घन गर्दै आएको छ। दक्षिण  कोरियासँग मिलेर संरा अमेरिकाले प्रजग कोरियाविरुद्ध सन् १९५४ मा ायअगकीभलक नामको संयुक्त सैनिक युद्ध अभ्यास गर्‍यो भने सन् १९६० मा च्भतष्लब र भ्बनभि नामक संयुक्त युद्ध अभ्यास गर्‍यो। सन् १९७० जुलाई ४ मा उत्तर र दक्षिण कोरियाले देश पुनः एकीकरणको लागि संयुक्त वक्तव्य प्रकाशित गरे  तर सन् १९७६ मा संरा अमेरिकाले त्भब्क क्उष्चष्त र ग्विष् ायअगक ीभलक नामको संयुक्त सैनिक युद्ध अभ्यास गरी दुई कोरियाको सम्बन्धमा नयाा द्वन्द्व ल्यायो। सन् १९९२ मा दुई कोरियाले एकता, अनाक्रमण र सहकार्यको सम्झौता गरे तर संरा अमेरिकाले सन् १९९३ मा दक्षिण कोरियासँग मिलेर त्भब्क क्उष्चष्त संयुक्त सैनिक युद्ध अभ्यासलाई पुनः चालू गर्‍यो र अर्को विपद् निम्त्यायो।  सन् २००० जून १५ मा उत्तर र दक्षिण कोरियाबीच देश पुनः एकीकरणको संयुक्त सहमति घोषणा भयो। यसलाई रोक्न संरा अमेरिकाले पुनः संयुक्त सैनिक युद्ध अभ्यास सुरु गर्‍यो। गत वर्ष दुई देशको ग्विष् ाचभभमय्क न्गबचमष्बल नामको संयुक्त सैनिक अभ्यासमा दक्षिणी कोरियाली सैनिकको मृत्यु भयो। तर संरा अमेरिकाले उत्तर कोरियाको आक्रमणमा दक्षिण कोरियाली सेना मरेको आरोप लगाई कोरियाली प्रायःद्वीपलाई युद्धको नजिक पुर्‍यायो। 

संरा अमेरिकाकोे प्रजग कोरियाविरुद्ध पटक–पटकको संयुक्त सैनिक युद्ध अभ्यासको लक्ष्य अन्य देशको सैनिक युद्ध अभ्यासभन्दा फरक छ। संरा अमेरिकाले प्रत्येक दुई वर्षमा प्रजग कोरियाविरुद्ध एउटा ठूलो सैनिक युद्ध अभ्यास गर्दै आएको छ। सन् २०१४ मा संरा अमेरिकाको नेतृत्वकोे च्क्ष्ःएब्ऋ नामक संयुक्त सैनिक युद्ध अभ्यासमा २३ देश, ४७ युद्धपोत, ६ पनडुबी जहाज, २०० युद्धविमान र २५ हजार सेना संलग्न थिए। शीत युद्धपछि युरोपमा ल्ब्त्इ ले गरेको क्धषत च्भकउयलकभ(ज्ञछ नामको एउटा ठूलो सैनिक युद्ध अभ्यासमा १० देशका ५ हजार सैनिकमात्र संलग्न थियो। तर संरा अमेरिका र दक्षिण कोरियाले ५ लाखभन्दा बढी सेना परिचालन गरी सबै किसिमा युद्ध सामानहरू, आण्विक हातहतियार, युद्धविमान, अचुक निशानाका वमवाहक आणविक हतियारयुक्त पनडुब्बी संलग्न गरी बर्सेनी ४० भन्दा बढी प्भथ च्भकयखिभ, ायब िभ्बनभि, ग्विष् ाचभभमय्क न्गबचमष्बल जस्ता संयुक्त सैनिक युद्ध अभ्यास गरे भने इएीब्ल् छण्द्दठ नामको कारबाही योजनाको संयुक्त युद्ध अभ्यासमा ६ लाख ९० हजार अमेरिकी सेना, १६० युद्ध विमान परिचालन गरेे। अमेरिका र दक्षिण कोरियाले यी सबै संयुक्त सैनिक युद्ध अभ्यास आफ्नो प्रतिकारको लागि होइन प्रजग कोरियालाई आक्रमण गरी कब्जा गर्नेतर्फ लक्षित गर्दैछ। 

सन् १९५० मा कोरिया युद्ध सुरुलगत्तै संरा अमेरिकाले दक्षिण कोरियामा पहिलो पटक आणविक हतियार तैनाथ गरेको थियो। सन् १९५० नोभेम्बर ३० मा तत्कालीन अमेरिकी राष्ट्रपति त्चग्कबल ले कोरिया युद्धमा परमाणु बम प्रयोग गर्ने धम्की दिएका थिए। संरा अमेरिकाले कोरिया युद्धपछि प्रजग कोरियाविरुद्ध नाकाबन्दी र आणविक धम्की तीव्र पार्‍यो। सन् १९५७ मा संरा अमेरिकाले आणविक हतियारसहित सेना दक्षिण कोरियामा तैनाथ गरेको घोषणा गरे भने सो विषयलाई सन् १९५८ जनवरी २९ मा मात्र खुलासा गर्‍यो। सन् १९८० दसकको मध्यमा संरा अमेरिकाले प्रजग कोरियालार्ई आक्रमण गर्न दक्षिण कोरियामा १७२० थान आणविक हतियारसहित ठूलो आणविक भण्डार नै बनायो। सन् २००२ जनवरी ३० मा बुश प्रशासनले प्रजग कोरियालाई ९बहष्क या भखष्०ि “दुष्ट मण्डली”को आरोप लगाई सन् २००२ को मार्चमा आणविक आक्रमणको निशाना बनायोे। संरा अमेरिकाले सन् १९५०–५३ को कोरिया युद्धमा जस्तै चालू संयुक्त सैनिक युद्ध अभ्यासहरूमा बेलायत, फ्रान्स, अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, डेनमार्क र जापानका सेनालाई समावेश गर्दैछ। 

सन् २००९ मा संरा अमेरिकाले आण्विक छाताको निहुँमा कुनै पनि बेला दक्षिण कोरियामा अमेरिकी सेना र हतियार लाने व्यवस्था गर्‍यो। सन् २०१४ मा  संरा अमेरिकाको रक्षा विभागले प्रजग कोरियालाई अमेरिकाको लागि खतराको रुपमा परिभाषित गरी सैनिक आक्रमण गर्ने धम्की दियो। सन् १९९१ मा संरा अमेरिकाले दक्षिण कोरियाबाट आणविक हतियार फिर्ता गर्ने घोषणा गर्‍यो, तर त्यो झूटा चाल थियो। सन् २०११ अक्टोबरमा दक्षिण कोरिया पुगेका तत्कालीन अमेरिकी रक्षा सचिव ीभयल एबलभततब ले संरा अमेरिकाले आवश्यक भए प्रजग कोरियाविरुद्ध आणविक हतियार प्रयोग गर्ने बताए। 

संरा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैनिक युद्ध अभ्यास नै कोरियाली प्रायः द्वीपमा तनावको कारण हो। यसले दुई कोरियाको अन्तरसम्बन्ध र एकतामा बाधा पुगेको छ भने संरा अमेरिकाको अपराधिक इतिहासलाई देखाएको छ। 

एकहप्ता अगाडि मार्च ७ का दिन संरा अमेरिका र दक्षिण कोरियाले प्रजग कोरियाविरुद्ध प्भथ च्भकयखिभ र ायब िभ्बनभि ज्ञट नामका ठूलो आकारको दुई महिना चालू हुने आक्रमक संयुक्त सैनिक सैनिक युद्ध अभ्यास सुरु गरे। यसै वर्ष इएीब्ल्छण्द्दठ र इएीब्ल् छण्द्दढ को संयुक्त इएीब्ल् छण्ज्ञछ नामको आक्रमक संयुक्त सैनिक युद्ध अभ्यास गरे। यसबारे चीनको न्यिदब ित्ष््कभक र रुसको एचबखमब पत्रिकामा कोरियाली प्रायद्वीपमा युद्धको नङ्ग्रा गाडिएको टिप्पणी प्रकाशित भयो। संरा अमेरिकाको पूर्वरक्षा सचिव ध्ष्ििष्ब्क एभचचथ ले अमेरिकी पत्रिका ज्गााष्लनतयल एयकत मा ओबामा प्रशासनको विरोध गर्दै मध्यपूर्व र  कोरियाली प्रायःद्वीपमा संरा अमेरिका संलग्न हुन नहुने र ७० वर्ष लामो संरा अमेरिका र प्रजग कोरियाको द्वन्द्व अन्त्य गर्नुपर्ने उल्लेख गरे। संरा अमेरिकाको सत्तरी वर्षदेखिको नाकाबन्दीलाई सामना गर्दै प्रजग कोरियाले कोरियाली मजदुर पार्टीको नेतृत्वमा कोरियाली शैलीको समाजवादलाई अगाडि बढाउँदै छ। जनताको लागि शिक्षा, स्वास्थ्य निःशुल्क गरी स्वदेशमा रोजगारीको व्यवस्था गरेको छ। वैज्ञानिक अनुसन्धानमा सफलता प्राप्त गर्दैछ। सन् २०१६ को नयाँ वर्षको अवसरमा प्रजग कोरियाले जनवरी ६ का दिन हाइड्रोजन बमको सफल परीक्षण गर्‍यो। त्यसको एक महिनापछि फेब्रअरी ६ का दिन पृथ्वीबारे वैज्ञानिक अध्ययन गर्ने भू–उपग्रहको सफल प्रक्षेपण गर्‍यो।  सन् १९९८ र सन् २००९ मा पनि प्रजग कोरियाले भूउपग्रहको सफल प्रक्षेपण गरेको थियो। तर संरा अमेरिकालगायत साम्राज्यवादी देशहरूले प्रजग कोरियाको वैज्ञानिक अनुसन्धानलाई आणविक हतियार र क्षेप्यास्त्र परीक्षणको आरोप लगाए। संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमार्फत नाकाबन्दी तीव्र पारी प्रजग कोरियालाई एक्लाउन खोज्दैछ।  प्रजग कोरियाले सन् २०१५ जनवरीमा संरा अमेरिकासँग संयुक्त सैनिक युद्ध अभ्यास बन्द गर्न प्रस्ताव राख्यो। सो प्रस्ताव यस वर्ष पनि राखियो। संसारकै सबैभन्दा धेरै आणविक हतियार भएको देश संरा अमेरिकाले प्रजग कोरियालाई आक्रमण गर्ने तयारी गर्छ भने प्रजग कोरियाको हाइड्रोजन बम परीक्षण गर्ने कार्यलाई कसैले रोक्न सक्दैन। यतिबेला प्रजग कोरियाको लागि देशको सार्वभौमिकता र स्वाधीनता रक्षा गर्न आणविक शक्तिलाई मजबुत बनाउने एउटै उपाय रहेको छ। 

संरा अमेरिकाले प्रजग कोरियाविरुद्ध नाकाबन्दी र युद्धको धम्की दिंदै आए पनि संसारमा प्रजग कोरिया एक्लो छैन। साम्राज्यवादविरोधी सङ्घर्षमा कोरियाली जनताको साथमा विश्वका न्यायप्रेमी जनताको सदा साथ र समर्थन रहँदै आएको छ। कोरियाली जनताको साथमा नेपाली जनता पनि छन्। आज नेपाली जनताको यही भावना प्रस्तुत गर्ने अवसरको रुपमा यो ऐक्यबद्धता सभा आयोजना गरिएको हो। 

कोरियाली सेना र जनता प्रजग कोरियाको सार्वभौमिकता रक्षाको लागि संरा अमेरिकी साम्राज्यवाद र यसका पिछलग्गुको सामना गर्न तयार छन्। प्रजग कोरियाविरुद्ध नाकाबन्दी र युद्धको धम्कीको कारण कोरियाली जनताले भोग्नुपरेको अत्यन्त कष्टकर जीवनबारे अमेरिकी साम्राज्यवाद र यसका पिछलगुहरूले बुझ्न नसक्नु खेदजनक हो। 

सन् १९७० को दसकमा आणविक देश नभएको प्रजग कोरियासँग आज महत्त्वपूर्ण आणविक देश भएको छ। कोरियाली जनता आफ्नै देशका सेनाको बलमा संरा अमेरिकी नेतृत्वको साम्राज्यवादको जरासमेत उखेल्न तयार छन्। यदि कोरियाली प्रायःद्वीपमा युद्ध भए अन्य क्षेत्रमा पनि सङ्कटका श्रृङ्खला सुरु हुनेछ र यसले संरा अमेरिकालाई पराजयमा पुर्‍याउने छ। कोरियाली प्रायःद्विपमा युद्धको खतरा हटाउन कोरिया पुनः एकीकरणलाई जोड दिने र बाहिरी हस्तक्षेपविना अन्तर कोरियाली सम्बन्धलाई स्वतन्त्रतापूर्वक विकास गर्ने दुवै देशका जनताको चाहना छिट्टै पूरा हुनेछ। दक्षिण कोरिया संरा अमेरिकालगायत साम्राज्यवादको शक्तिको आडमा आफ्नो विचार जबरजस्ती लाड्न तथा उत्तर कोरियाको मौलिक संस्कृति निमिट्यान्न पार्न जर्मन शैलीको एकीकरण प्रस्ताव गरेको छ। पूँजीवादी पश्चिम जर्मनीले समाजवादी पूर्वी जर्मनीलाई दबाबपूर्ण एकीकरण गरेको थियो। जर्मनीले दक्षिण कोरियालाई यसरी नै एकीकरण गर्न उक्साई रहेको छ र यसको लागि दक्षिण कोरियाले २०१४ सेप्टेम्बरमा जर्मनीसँग आवश्यक राय–सल्लाह लिने निकाय स्थापना गरेको छ। तर प्रजग कोरियाले आफ्नो व्यवस्था दक्षिणमा लाद्ने नियत राखेको छैन। संरा अमेरिकाले जापान र दक्षिण कोरियासमेतसँग तीन पक्षीय सैनिक संरचना बनाएको छ। सन् १९६० को दसकदेखि दक्षिण कोरियाले अमेरिकी सैन्य अखडाका सैनिकहरूको लागि यौन दासीहरू कानुनी र संस्थागत तवरले राख्दैछ। दक्षिण कोरियाले अमेरिकी सैनिकहरूको लागि पठाएका यौन दासीहरूको विषयमा क्षमायाचना नगरी हातहतियारसहितका अमेरिकी सैन्य तैनाथको समर्थन गरिरहेको छ। दक्षिण कोरियाले राजनीतिमा महिला सहभागिता बढाउने र एक लाख महिलाहरूलाई तालिम दिने वाचा पटकपटक गरे पनि पूरा गरेको छैन। विश्व आर्थिक मञ्च ९त्जभ ध्यचमि भ्अयलय्कष्अ ायचग्क० ले आफ्नो वार्षिक प्रतिवेदनमा दक्षिण कोरियाको राजनीतिक वृत्तमा गम्भीर लैङ्गिक विभेद भएको प्रकाशित गर्‍यो। केही समय अगाडि बेलायतको ूभ्अयलय्कष्कतू पत्रिकामा दक्षिण कोरियाली महिलाहरूको स्थिति दयनीय र जर्जर रहेको तथ्याङ्क प्रकाशित भएको थियो। विचारशून्य र भ्रष्टाचारपूर्ण पश्चिमेली संस्कृति र जीवनशैलीसहित महिलाहरूलाई खेलौनाजस्तै चित्रण गरिएका साहित्य र कलाकृतिहरूको निर्वाध उत्पादन र वितरणकै कारण दक्षिण कोरियामा यौनजन्य अपराधहरू निकै बढेका हुन्। दक्षिण कोरियाको यस्ता विकृतिबारे कुनै स्वदेशी या विदेशीले विरोध गरेमा प्रजातन्त्र र मानव अधिकारको हनन गरेको निहुँमा सजाय दिइन्छ। कोरिया पुनः एकीकरणबारे संरा अमेरिका र दक्षिण कोरियाको भित्री स्वार्थ अर्कै छ। ती दुवै पुनः एकीकरणमार्फत अमेरिकी आणविक गतिविधिलाई पूरै कोरियाली प्रायःद्विपभरि फैलाउन र एसियामा अमेरिकी साम्राज्य विस्तार गर्न चाहन्छन्। पूर्वसोभियत सङ्घबाट जर्मन एकताको समर्थन लिंदा अमेरिकाले ल्ब्त्इ विस्तार नगर्ने भनी गरेको वाचा तोडी अमेरिकाले धोखा दिएको छ। जापानी साम्राज्यवादको ७७ वर्ष लामो उपनिवेश भएको दक्षिण कोरिया अहिले अमेरिकी सैनिक दमनको कारण आफ्नो अधिकारबाट बञ्चित छ। सन् १९९७ मा प्रजग कोरियाले संरा अमेरिकासँग शान्ति सम्झौता गर्ने प्रस्ताव राखेको थियो। यो प्रस्ताव नयाा शताब्दीमा पनि अघि बढाएको छ। 

(नेपाल मजदुर किसान पार्टीको विदेश सम्बन्ध विभागका प्रमुख एवं कोरिया पुनः एकीकरण सहयोग समितिका अध्यक्ष प्रेम सुवालले संरा अमेरिका र दक्षिण कोरियाको आक्रमक संयुक्त सैनिक अभ्यासको विरोधमा सङ्घर्ष गरिरहेका प्रजग कोरियाका जनताको समर्थन गर्न आयोजित ऐक्यबद्धता सभामा चैत ३ गते दिनुभएको मन्तव्यको सार–संं.)