September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

नाकाबन्दीविरुद्ध खडा युवा सङ्घलाई धन्यवाद !

मणिराम तिवारी,  

अध्यक्ष, नेमकिपा सुर्खेत 

विगत १३/१४ वर्षदेखि स्थानीय निकाय निर्वाचन नहुँदा गा.वि.स., जि.वि.स. कर्मचारीको जिम्मामा छ। विकास अनुदानको रकम ठूला भनिने दलका कार्यकर्ताहरूको भागवण्डामा हिनामिना भइरहेको छ। भ्रष्टाचार, कालोबजारी व्याप्त छ। न्यायाधीश, राजदूतहरूको नियुक्तिमा समेत भागवण्डा चलेको छ। योग्यताको कदर छैन। सीमा मिचिएको छ। मधेसवादी दलहरूको वहानामा भारतले अघोषित नाकाबन्दी लगायो तर ठूला भनिने दलहरूले त्यसविरुद्ध बोलेनन्। निर्वाचनमा जसबाट मोटो रकम ल्याएर खर्च गरे उसैका विरुद्ध बोल्न सक्ने साहस ती दलहरूको हुने कुरा भएन। जनताले पीडा भोगिरहेकोमा उनीहरूलाई दुःख छैन। 

विगतमा नेपाल क्रान्तिकारी युवा सङ्घले जनतामा आइपर्ने समस्याहरूसँग जुझ्दै विभिन्न विनासकारी भूकम्प र भारतले लगाएको नाकाबन्दीले देश र जनतालाई आइपरेको पीडा कम गर्न जुन महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो त्यसको लागि म सङ्घलाई धन्यवाद दिन्छु। साथै यस सम्मेलनले देश र जनताको सेवामा क्रियाशील रहने कर्म र साहसी साथीहरूलाई नयाँ समितिमा छनोट गर्नेछ भन्ने विश्वास गर्दछु।