मधेसमा आन्दोलनको नाममा अराजकता भयो
संविधानसभाबाट संविधान लेख्ने प्रक्रिया अगाडि बढ्ने बित्तिकै संविधान लेख्न नदिन देशीविदेशी शक्तिहरूले अनेकखाले बाधा पुर्याए। नेपाली जनताको चाहनाअनुसार संविधान सभाबाट संविधान घोषणा भयो। लगत्तै नेपाललाई अप्ठ्यारो हुने गरी भारतीय विस्तारवादले नाकाबन्दी गर्यो। मधेस केन्द्रित दलहरूले आफ्नो स्वार्थपूर्ति गर्न आम हड्ताल र नाकामा धर्ना दिने काम सुरु गर्यो। लगातार ६ महिनाको बन्दले देशलाई ठूलो नोक्सान भयो। मधेसमा आन्दोलनको नाममा अराजकता भयो। तराईमा भइरहेको आन्दोलन मजदुर र किसानको पक्षमा छैन। तराइमा जनताको समस्या भनेको जमिन जोत्नेको हो, रोजगारीको हो। अहिले आन्दोलनकारी भनिएका दलहरूले विदेशीको इसारामा काम गरिरहेका छन्।
तराईमा जमिनदार वर्गको नेतृत्वमा भइरहेको आन्दोलनले भारतीय एकाधिकार पूँजीको मात्रै सेवा भएको छ। हाम्रा सबै कलकारखाना बन्द भएका छन्। नाकाबन्दीले तराईका अधिकांश स्कूल कलेजहरू बन्द भए। गरिबका सन्तानहरूले पढ्न पाएनन्। धनीका छोराछोरीहरू विदेशमा पढ्न पठाए। त्यसैले तराई आन्दोलनलाई तराईका कामदार जनताले साथ दिइरहेका छैनन्।
पँूजीवादी संविधान र जातीय, क्षेत्रीय आन्दोलनले शोषित पीडित, गरिब र मजदुरको हित हुननसक्ने भएकोले नेपाल मजदुर किसान पार्टीले वर्गीय आन्दोलनबाट देशमा आर्थिक समानतासहितको समाजवादी ब्यवस्था स्थापना गरि सम्पूर्ण देशवासी शोषित पीडित जनतालाई शोषण र दमनबाट मुक्त गर्न चाहेकाले सम्पूर्ण देशभक्त क्रान्तिकारी युवा, विद्यार्थी, मजदुर, किसानहरूलाई एकजुट भएर समाजवादको लागि समाजवादी क्रान्ति अगाडि बढाउन आह्वान गर्दछौं।
|