September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

निर्वाचनको स्थानीय घोषणा कहिले?

स्थानीय निकायको निर्वाचन यसै वर्षभित्र गर्नु वेश हुनेछ। अब निर्वाचनलाई हात्ती आयो हात्ती फुस्सा बनाउनु हुँदैन। सरकारले कुनै पनि काम गर्ने भनेर आश्वासन दिनुभन्दा गरेरै छाड्नुपर्छ या देखाउनुपर्छ। स्थानीय निर्वाचन गर्ने भन्दाभन्दै १२।१३ वर्ष बितिसकेको छ। निर्वाचन गर्न र गराउन मधेसी मोर्चा र नेका सरकारमा सहभागी हुनैपर्छ भन्ने होइन। के उनीहरु सरकारमा सहभागी नभएसम्म स्थानीय निकायको निर्वाचन कहिल्यै नगर्ने? सबभन्दा पहिले सरकारले निर्वाचनको लागि पूर्वाधार तयार गर्नुपर्छ, मतदाता सूचीको बन्दोबस्त गर्नुपर्छ। मतदाता नामावली तयार भएपछि मतदान बाकस र मतपत्र काम गर्दागर्दै व्यवस्था गर्न सकिन्छ। सबभन्दा पहिले निर्वाचन कहिले गर्ने  या गर्दा भ्याउँछ, सोको टुङ्गो लगाउनुपर्छ। 

मौसमको हिसाबले स्थानीय निकायको निर्वाचनको लागि उपयुक्त समय वैशाख/जेठ हो। वैशाख /जेठमा भ्याइएन भने कार्तिक/मंसिर पर्खनुपर्ने हुन्छ। छिट्टै मिति घोषणा गर्न लागेको सरकारको स्थानीय निकायको  निर्वाचनको तार्जेट कहिले हो, त्यो मितिको कति दिन अघि निर्वाचन घोषणा गर्नुपर्ने हो? विचारणी छ। 

हो, सरकारले स्थानीय निकायको निर्वाचनको मिति छिट्टै घोषणा गर्नुपर्छ। अब निर्वाचन गर्न ढिलाई गर्नु हुँदैन। फेरि ढिलाइ गरेर निर्वाचनलाई पछि सार्नु हुँदैन। निर्वाचन नेपाली काङ्गे्रस सरकारमा सहभागी नभए पनि हुनुपर्छ। निर्वाचनको लागि अब कुनै दललाई पर्खेर बस्नु पर्दैन। निर्वाचन जति ढिलाइ हुन्छ त्यति नै विकास पछि पर्छ , जनताका काम कारबाही पछि पर्छ। निर्वाचन कुनै दल सरकारमा सहभागी नभए पनि, कुनै दलको सहमति नभए पनि गर्नुपर्छ। निर्वाचन कसैको सहमति र असहमतिमा रोक्ने होइन। निर्वाचन प्रत्येक ५ वर्षको एकचोटि गर्नैपर्छ।  निर्वाचन नभएको १२।१३ वर्ष बितिसकेपछि पनि फेरि किन कसैको अनुमति लिनुपर्‍यो? के सरकार अझ निर्वाचन गराउने पक्षमा छैन? सहमतिको कुरा जोडेर निर्वाचनमा ढिलाइ गर्न मिल्छ? निर्वाचन नगराउने सरकार पनि कहिल्ये प्रजातान्त्रिक सरकार हुन्छ? 

–मेरिना शाक्य