|
भक्तपुरमा बन्दमा पनि विद्यालय खोल्ने संस्कृतिको विकास
िचक्रबहादुर चाकतु, नेक्राशिसङ्घ शिक्षकहरूले आफ्नो कर्तव्य निर्वाह गरेको कारण भक्तपुर शैक्षिक क्षेत्रमा अगाडि बढेको हो। यहाँका अभिभावकहरू पनि सचेत र सङ्गठित छन्। यसले गर्दा लामो समयको विद्यालय बन्दको प्रतिकार गर्नसमेत जतिखेर जुनबेला पनि तयार हुन्छन्। बन्दको समयमा अतिरिक्त कक्षा सञ्चालन गरेर विद्यार्थीलाई राजनीतिक रुपले सचेत गराउने कार्य पनि भइरहेको छ। विद्यार्थीको अधिकार खोस्ने काम जायज नभएकोले हामीले बन्दमा समेत विद्यालय सञ्चालन गरेर नयाँ संस्कार सिकाइरहेका छौं। िज्ञानसागर प्रजापति, नेक्राशिसङ्घ पढ्ने विद्यार्थीको अधिकार सम्मान गर्नुपर्छ। हामीले नयाँ पुस्तालाई विद्यालय नियमित सञ्चालन गरेर नयाँ संस्कार सिकाइरहेका छौं। भक्तपुर शैक्षिक क्षेत्रमा अगाडि बढ्नुको नै यही हो। विद्यार्थीले पढ्न पाउनु नैसर्गिक अधिकार भएकोले हामीले भविष्यका कर्णधार विद्यार्थीलाई भविष्य उज्ज्वल बनाउन लागिरहेका छौं। ि मोहनप्रसाद प्रजापति, वागीश्वरी उमावि भक्तपुरमा बन्दमा पनि विद्यालय खुल्ने संस्कृति विकास भएको छ। शैक्षिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा अगाडि बढेका देशमा विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको छ। जस्तोसुकै गृहयुद्धको अवस्था आए पनि ती देशमा विद्यालय बन्द गरिन्नन्। नेपालमा भने विद्यालय बन्द गर्ने विकृतिको रुपमा आइरहेको छ। भक्तपुरमा शिक्षक, अभिभावक र विद्यार्थीको समन्वयको कारण विभिन्नखाले बन्दमा पनि हामीले पठनपाठन सञ्चालन गरिरहेका छौं। जनतामा सामूहिक भावना भएकाले भक्तपुरमा शैक्षिक संस्थामा बन्दको असर कम हुन्छ। िबालमुकुन्द बासुकला, बासु उमावि सर्वसाधारण जनताका छोराछोरी पढ्ने विद्यालयलाई बन्द गराउँदा गरिबका छोराछोरी शिक्षामा पछाडि पर्छन्। नेपालमा शैक्षिक क्षेत्र बन्द गराउने बहानामा गरिबका छोराछोरीलाई आफ्ना छोराछोरी विदेशमा पढ्न पठाउने अनि देशमा विद्यालय बन्द गराएर विदेशीको चाकडी गर्ने काम गर्नेहरू छन्। विद्यालय शान्ति क्षेत्र हो। विद्यार्थीले निर्वाध रुपमा पठनपाठक गर्न पाउनुपर्छ भनेर हामीले विद्यालय बन्द नगराएका हौं। िनाति कवां, आदर्श आजाद उमावि आ–आफ्नो हकहित र अधिकारको नाममा गर्ने शैक्षिक क्षेत्रको बन्दबाट बाल अधिकारको हनन भएको तर्फ कमले ध्यान दिएको छ। हामीले बालबालिकाको पढ्ने अधिकारलाई संरक्षण गर्न विद्यालय सञ्चालन गरेका छौं। जबरजस्ती विद्यालय बन्द गराउनु कसैको निम्ति हितकर छैन। भक्तपुरका १५ वटा सामुदायिक विद्यालय जो संयुक्त परीक्षा समितिमा छन् उनीहरूले बन्दमा पनि विद्यालय सञ्चालन गरिरहेका छन्। हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय साम्राज्यवाद, विस्तारवादविरोधी र जनताको हक, हित र अधिकारको निम्ति हुने आन्दोलनलाई समर्थन गर्दै आएका छौं। तर सानातिना बन्दमा भने विद्यालय सञ्चालन गर्दै आएका छौं। हाम्रो क्षमताले भ्याएसम्म जनतालाई सचेत र सङ्गठित बनाउँदै सकभर विद्यालयलाई पूर्ण रुपले शान्ति क्षेत्र बनाउन लागिरहेका छौं। िअम्बिका न्याइच्याईं, बासु उमावि विद्यालय बन्द गराउँदा विद्यार्थीहरू शिक्षा आर्जन गर्ने अधिकारबाट बञ्चित हुने हुँदा हामीले बन्दमा पनि विद्यालय सञ्चालन गर्ने गरेका छौं। विद्यार्थी भनेका भविष्यका कर्णधार भएकाले विद्यार्थीलाई स्कूलमा पढ्नबाट बञ्चित गराउनु देश र जनताको निम्ति हितकर छैन। हामीले अभिभावक, शिक्षक र विद्यार्थीसँग समन्वय गरेर अगाडि बढेका हौं। बन्दकै अवसर पारेर विद्यार्थीलाई रचनात्मक कुरासमेत सिकाउने गरेका छौं। िउद्धव सुजखु, शारदा उमावि सर्वसाधारण जनताका छोराछोरी पढ्ने विद्यालयमा सानातिना विषयलाई लिएर बन्द गरिंदा शिक्षा धनी वर्गको पहुँचमा पुग्छ। हाम्रो उद्देश्य नै शोषित, पीडित र गरिबका छोराछोरीलाई सचेत र सङ्गठित गर्ने गरिबका छोराछोरी सधैंभरि पछाडि पर्ने देखेर नै हामीले नमुनाको रुपमा यो कार्य थालेका हौं। हामीले बन्दमा बन्द किन गरियो, कसका लागि गरियो भनेर विद्यार्थी, शिक्षकसँग अन्तरक्रिया गर्ने गरेका छौं। बन्दलाई सही सदुपयोग गर्नको निम्ति अभिभावकसँग छलफल गरेर विद्यालय सञ्चालन गर्ने गरेका छौं। भक्तपुरले थालेको अभियानले निकै राम्रो सन्देश दिएको छ। िकृष्णप्रसाद धन्छा, वागीश्वरी उमावि विद्यार्थीको अधिकार पढ्न पाउनु नै हो। एक पक्षले अधिकार खोजेर गर्ने बन्दले विद्यार्थीको बाल अधिकारको हनन गर्दछ। अन्तरिम संविधानले दिएको अधिकार कुनै दल विशेषले खोस्नुहुँदैन। कुनै जाति, समाज वा संस्थाको बन्दप्रति हाम्रो समर्थन वा विरोध होइन तर उहाँहरूको माग संविधानमा सम्बोधन गर्न विद्यालय बन्द र खुलाले असर गर्दैन। संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने क्रममा विद्यालय बन्द खुलाले कुनै असर नपर्ने हुँदा सानोतिनो निहुँमा बन्द गर्ने संस्कारलाई बन्द गरेमा नयाँ नेपाल निर्माण गर्न नयाँ पुस्ता तयार हुनेछ। जुन काम भक्तपुरका सामुदायिक विद्यालयले गरिरहेका छन्। िलक्ष्मीनारायण दुवाल, समाज सुधार मावि भक्तपुरमा धेरै वर्ष अगाडिदेखि नै विद्यालय बन्द नगरी सञ्चालन गर्ने परिपाटी चलेकेा हो। नेपाल क्रान्तिकारी शिक्षक सङ्घले विद्यार्थीको पढ्न पाउने अधिकारको हनन गर्न हुँदैन भनेर शैक्षिक हड्तालमा पनि विद्यालय खुलाउने कार्य भएको हो। आन्दोलन जस्तोसुकै भए पनि उनीहरूको हकहित र अधिकार प्राप्त गर्न विद्यालय बन्द गर्दा सर्वसाधारण जनता नै मर्कामा पर्ने हुनाले विद्यालय शान्ति क्षेत्र हुनुपर्छ भनेर हामीले यो अभियान थालेका हौं। िराजाराम छुकां, देवी उमावि पार्टी, सङ्घसंस्थाले जेसुकै बहानामा बन्द गराए पनि हामीले नियमित कक्षा सञ्चालन गर्दै आएका छौं। विद्यालय शान्ति क्षेत्र भएकोले र सामुदायिक विद्यालयको स्तर पनि कमजोर हुँदा कक्षा नियमित सञ्चालन गर्नुपर्ने बेलामा उल्टै बन्दले सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किन्छ। बन्दले टाढाटाढाबाट आउने शिक्षकलाई समस्या परे पनि कक्षा खाली नगरी सञ्चालन गरिरहेका छौं। हाम्रो विद्यालय बन्दमा पनि खुलेपछि अभिभावक वर्गमा राम्रो छाप परेको छ। हाम्रो प्रभावले पनि कति विद्यालय खुलेका छन्। िपुष्पलाल सुखजु, तारा मावि भक्तपुरमा विद्यालयलाई शान्ति क्षेत्र बनाउनुपर्छ भन्ने आवश्यकता महसुस भयो र हामीले बन्दमा समेत विद्यालय सञ्चालन गरेका छौं। विद्यार्थीको शिक्षा पाउनु मानव अधिकारमात्र नभई मौलिक अधिकार भएकोले हामीले यो कदम चालेका हौं। भविष्यका कर्णधार बालबािलका हुन्। आन्दोलन त समयसमयमा भइरहन्छन्, त्यसको नाममा विद्यालय बन्द गर्नु जायज छैन। िसन्तराम दुलाल, पञ्चकन्या मावि हामी बाल अधिकार हनन गर्न दिंदैनौं। बालबालिका देवता र शिक्षक पुजारी हुन्। शिक्षालाई मौलिक हकमा राखिएकोले आ–आफ्नो अधिकारको नाममा बन्द हाम्रो लागि स्वीकार्य छैन। विद्यार्थीको भविष्य अन्धकार बनाएर विद्यालयलाई बन्द गराउनु उचित हुँदैन। अभिभावक, शिक्षक र विद्यार्थीको सहयोगले विद्यालयलाई शान्ति क्षेत्र बनाउन लागिपरेका छौं। िराजाराम सुवाल, भुवनेश्वरी मावि हामीले विद्यालयलाई शान्ति क्षेत्र बनाउने र भक्तपुरको शैक्षिक क्षेत्रलाई अगाडि बढाउने उद्देश्यले विद्यालय निर्वाध रुपमा सञ्चालन गरिरहेका छौं। विभिन्न समयमा हुने बन्दमा दबाब सहेर पनि अभिभावक, शिक्षक र विद्यार्थीको सहयोगले विद्यालय बन्द नगराई बालबालिकाको अधिकार संरक्षण गरिरहेका छौं। िविष्णुभक्त राजचल, चाँगुनारायण उमावि बन्दमा पनि विद्यालय सञ्चालन गर्ने सराहनीय कार्य हुँदाहुँदै पनि कतिपय बाध्यताले केही समस्या भने ल्याएको छ। टाढाटाढाबाट आउने शिक्षकलाई बन्दले समस्या बनाएको छ। जोखिम मोलेर भए पनि विद्यालय नियमित रुपले सञ्चालन गरिरहेका छौं। सामूहिक भावना सबैमा भएकाले यो कार्य गर्न सफल भएका छौं। िशेरबहादुर ङाखुसी, जोरपाटी मावि भक्तपुरका विद्यालयमा बन्दले पनि त्यति प्रभाव पार्न सकेको छैन। विद्यालय बन्द गराएर शैक्षिक क्षेत्र तहसनहस पार्न चाहने शैक्षिक गिरोहहरू हरेक बहानामा बन्द गराएर विद्यार्थी तान्ने कार्यमा सक्रिय छन्। हामीले नयाँ सोच र दृष्टिकोण बोकेर विद्यार्थीलाई सस्तोमा गुणस्तरीय शिक्षा दिन लागिपरेका छौं। |