|
औद्योगिक क्षेत्र हटाएर सम्बन्धित किसानलाई जग्गा फिर्ता गर्नुपर्ने
भक्तपुर औद्योगिक क्षेत्र स्थानीय किसानहरूको जग्गा अधिग्रहण गरी स्थापना गरिएको हो। यहाँ स्थानीय जनता विशेषगरी जग्गा परेका किसानका परिवारलाई रोजगारी दिने कुरा गरिएको थियो। तर, त्यसो गरिएन। यो क्षेत्रको ७१ रोपनी जग्गामध्ये अधिकांश पूँजीपति वर्गले सस्तो बहालमा कब्जा गरेका छन्। विश्व सम्पदा सूची दरबार क्षेत्र नजिकै र सहरको बीचमा परेको यो औद्योगिक क्षेत्र हटाउनु आवश्यक नै भइसक्यो। एउटा उद्देश्यको लागि लिएको जग्गा केही पूँजीपति वर्गको कमाइ खाने भाँडो बनाइएको हुँदा सो जग्गा सम्बन्धित सावित जग्गावालाहरूलाई नै फिर्ता गर्नुपर्दछ। – सम्बन्धित एक किसान, डी.बी. सुवाल
|