|
के माहेश्वरी ग्यारेज खाल हो?
भक्तपुर माहेश्वरी खेलमैदान नजिक नगरपालिकाको ग्यारेज छ। ग्यारेज नजिकै विभिन्न स्थानबाट पशु बेच्न आउनेहरूको सङ्ख्या पनि बाक्लो हुने गरेको छ। ग्यारेजमा २/३ जना नपाका कर्मचारीहरू रहेका छन्। पछिल्लो समयमा ग्यारेज तास खेल्ने एउटा राम्रो भरपर्दाे र सुरक्षित स्थान बनिरहेको छ। ग्यारेज छिर्ने ढोकामा रहेको पालेघरमा दिउँसो तास खेल्ने गरिएको छ। तास खेल्नका लागि नपाका विभिन्न कार्यालयका कर्मचारीहरू पनि आउने गरेका छन्। नजिकै पशु बेच्नेदेखि किन्नेहरूका लागि पनि त्यो ग्यारेज तास खेल्ने ठाउँ बनिरहेको छ। त्यहाँ बाहिरबाट आएका अरु मान्छेहरू र नपाका कर्मचारीहरू मिलेर तास खेल्छन्, दिनभरि। योतर्फ नपाको ध्यान गए राम्रो होला कि? – विक्रम, हनुमानघाट
|