|
'पार्टी कार्यकर्ताका केही खोटपूर्ण दृष्टिकोण र निराकरण' मा घोत्लिंदा – २
यहु प्रकाश दोस्रो, 'आफूलाई पढेलेखेका सम्झने स्नातक र स्नात्तकोत्तर बुद्धिजीवीहरू आफै मार्क्सवादजस्तो विदेशी दर्शन र सर्वहारा क्रान्तिको बारेमा अध्ययन गर्नसमेत अल्छी गर्छन् ..... सार्है तल्लो सांस्कृतिक स्तरलाई माथि उठाउन नसकेकै कारण पूँजीवादी शासनमा भाग लिने कम्युनिष्ट भनिने पार्टीहरूमा सरकार पनि पद र पैसा कमाउने प्रतिस्पर्धा चलेको छ वा सांस्कृतिक रुपले सार्है पछि परेको प्रदर्शन हुँदैछ।' 'सांस्कृतिक स्तर' भनेको अति संवेदनशील र गम्भीर पक्ष हो। यसमा लवाइ–खवाइ, बोली–वचन, नैतिक चरित्र, सुसंस्कार आदि धेरै विषयहरू पर्छन्। कम्युनिष्टहरूको सांस्कृतिक स्तर' त अझ माथिल्लो तहको कुरो हो। यस सम्बन्धमा एउटा अभियान नै चलाउनुपर्ने देखिन्छ। के कसरी अभियान चलाउने भन्ने सम्बन्धमा व्यापक छलफल हुनुपर्छ। कतिपय अवस्थामा सङ्गठन विस्तारमा सिद्धान्तले भन्दा सांस्कृतिक स्तरले ठूलो भूमिका खेल्ने गर्छ भने तल्लो सांस्कृतिक स्तरको कारणले गर्दा सङ्गठन खुम्चिने पनि गर्छ। मलाई 'हरोहर प्रिन्टिङ्ग प्रेस' द्वारा प्रकाशित 'फ्रेडरिक एंगेल्सको जीवनी' नामक पुस्तिकाको पेज २१ मा शिर्षको भागमा 'मेरी वर्न्सको वियोग' उल्लेखित '... एंगेल्सको धर्मपत्नी मेरी वर्न्सको मृत्युमा कार्ल मार्क्सले एंगेल्सलाई समवेदना पठाउँदा 'म आफ्नो मनको भावना विलकुल बयान गर्न सक्दिनं। विचरी केटी मलाई सर्है मन पराउँथिन्। हुन पनि मानिसहरू आफ्ना मित्रहरूबाट बढी आशा गर्छन्, एंगेल्स यस कुरामा अपवाद देखिंदैन। मार्क्सले मेरीको मृत्युमा उचित समवेदनाका शब्दहरू लेख्न सकेका थिएनन्। तर एंगेल्सले मार्क्सको समवेदनाको उत्तर चाँडै दिन आवश्यक सम्झेनन्।' थप प्रकारको समवेदनाले एंगेल्सलाई झन् चोट पर्यो किन भने उनले मार्क्सबाट त्यसभन्दा राम्रा समवेदनाका शब्दहरू आशा गरेका थिए भन्ने कुरा पढेको राम्ररी याद छ। उहाँहरूजस्ता महान नेताहरूमा त सांस्कृतिक कुरामा अलि तलमाथि हुँदा त्यस्तो चित्त दुख्ने कुरा हुँदोरहेछ। सुरुमा एमालेहरू सरकारमा जाँदा क्रान्तिकारी संसदकै भावनामा काम गर्नेछन् भनी आशा गरिएको थियो। सांस्कृतिक स्तरको कमीले मात्र पैसा र पदको लोभमा लागेको भनी अनुमान गरियो। पछि तिनीहरूले समाजवादी सिद्धान्तलाई परित्याग गरेको र 'कम्युनिष्ट' शब्दलाई साइनबोर्डको रुपमा मात्र झुण्ड्याएको प्रस्ट भयो। आज व्यवहारले एमाले र माओवादीहरू कम्युनिष्ट रहेनन् र पूँजीवादमा पतन भइसकेको सबैले बुझेका छन्। तेस्रो, 'महिनामा २–४ रुपैयाँदेखि २–४ प्रतिशत पार्टीलाई चन्दा दिने साथीहरूले सानो रकम चन्दा दिनु नै आफूले ठूलो त्याग वा समाज, क्रान्ति र साम्यवादको निम्ति ठूलो योगदान गरेको गलत धारणा मनमा पालेका छन् .....।' पक्कै पनि केही रकम चन्दा दिएर के के न गरेको जस्तो गरेर खोक्दै हिंड्नु त राम्रो कुरो हुँदै होइन। यो निर्विवाद छ। यद्यपि, कतिपयले चन्दा दिनुलाई बोझको रुपमा लिंदै भन्ने गर्छन् – 'यति चन्दा वा लेभि दिन नपरेको भए बच्चाको एक महिनाको महिना शुल्क तिर्नलाई पुग्ने, २–३ छाक तरकारी खर्च पुग्ने, ... खाली चन्दा देऊ र जुलुसमा आऊमात्र भन्ने आर्थिक क्रियाकलाप सम्बन्धमा केही क्रियाकलाप गर्नु छैन, क्रियाकलाप त के कार्यकर्ताहरू पद र पैसाको पछि लाग्नु हुँदैन भनी नारा दिइन्छ ...।' कतिपय गैर पार्टीका मान्छेहरूले अलि अलि ठट्टा अलि अलि साँच्चिकैको भाषामा 'अहो कामरेड, उत्तर कोरिया त जनतासँग कर नै नलिने संसारमा एउटैमात्र देश भन्छ। अब पार्टीले पनि चन्दै लिन नपर्ने एउटा व्यवस्था गर्नुपर्यो।' भनी सुनाउने गर्छन्। यसरी गुनासो पोख्ने र सुनाउनेहरूलाई 'हामीले अरु साथीहरूले जस्तै चन्दा पनि दिने, जुलुस, धर्ना र अन्य साङ्गठनिक कार्यक्रमहरूमा पनि सक्रिय भई लाग्न नेमकिपा पनि आफ्नो गढअनुसार मन फुकाएर चन्दा दिनुपर्छ। हिजोको हाम्रो अवस्थालाई सम्झौं र आज हामी यस अवस्थामा पुग्न सक्नु भनेको पार्टीकै देन हो। पार्टीले गैर–कानुनी सङ्घर्षको अलावा कानुनी सङ्घर्षमार्फत् गरिब जनताको हित हुने काम गर्दै आएको छ। उदाहरणको लागि, निजी क्लिनिकहरूमा खकार, दिसा–पिसाब, रगत आदि जचाउन हजारौं हजार लाग्छ भने स्वास्थ्य केन्द्रहरूमा ५०–१०० रुपैयाँ जचाउन सकिन्छ र निःशुल्क स्वास्थ्य जाँच गर्नुको साथै कतिपय औषधिहरू निःशुल्क वितरण गरिन्छ। निजी कलेजमा इन्जिनियर, डाक्टर, नर्स आदि विषयलाई पढ्न दसौं लाख तिर्नुपर्ने हुन्छ। स्थानीय निकायले खोलेको प्लस टु र कलेजहरूमा २–३ लाखमा उत्कृष्ट भौतिक सुविधा सम्पन्न र स्तरीय शिक्षा प्रप्त गर्न पाउँछन् भने हामीले केही चन्दा दिनु त केही पनि होइन।..... आदि कुरा सम्झाई–बुझाई गर्ने साथीहरूको सही मूल्याङ्कन भएकै छ। यति हुँदाहुँदै पनि स्वेच्छाले चन्दा दिइआएका र अप्रत्यक्ष रुपले पार्टीलाई सघाउने र सानो चित्तले गुनासो गर्नेहरूलाई सम्झाउने बुझाउने गरेका साथीहरूको कतै मन त दुख्दैन होला? चौथो, 'व्यक्ति जुनसुकै पेशामा रहे पनि, उसले जतिसुकै चन्दा दिए पनि एक कम्युनिष्टको नाताले सङ्गठन विस्तार गर्ने काममा आफूले वर्षमा कतिजना नयाँ साथीलाई शिक्षित र सङ्गठित गरियो .... २–४ जनाको व्यवहारबाट असन्तुष्ट भएको बहाना बनाई पार्टीबाट टाढा जानु स्वयं पलायनवाद हो। ....' यस परिच्छेदमा उल्लेख भएका पक्षहरू सबैले मनकै गहिराईबाट बुझ्नुपर्छ। यहाँ नेर हामीले पार्टी कार्यमा सक्रिय सहभागी हुन नसकेका सकारात्मक निस्कृय शक्तिको ९एबककष्खभ ायचअभ० सम्बन्धमा पनि सक्रिय पक्षले गम्भीर विचार पुर्याइ त्यसबाट अधिकतम फाइदा लिने तौरतरिकामा पनि ध्यान पुर्याउनुपर्ने देखिन्छ। त्यस्तै समयमा भोलि त्यो 'निष्कृय शक्ति' 'सक्रिय शक्ति' मा फेर्न सकिन्छ। पाँचौं, 'भर्खर २–४ वर्ष पार्टीमा सक्रियतापूर्वक लागेका साथीहरू बारे ..... आफू एक्लै पार्टी लामबाट नभागी पार्टीका अन्य कार्यकर्तालाई समेत विचलित गर्ने खालका काम भइरहँदा समितिका साथीहरू गम्भीर हुनु आवश्यक छ। ..... ' यसमा प्रस्तुत सचेत रहनुपर्ने कुरा त जिम्मेवारी पार्टी सदस्यहरूले सबैभन्दा पहिले मनमा राख्नुपर्ने कुरा हो। यहाँनेर २०६६ साल चैत १७ गते श्रमिक साप्ताहिकमा प्रकाशित किम जङ इलद्वारा लिखित 'जुछे क्रान्तिकारी पार्टी निर्माणका आधारभूत सिद्धान्तहरू – ३' मा उल्लेख भएको एउटा परिच्छेद प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ – 'हाम्रो पार्टीले आफूभित्र एउटा विचाराधारात्मक शिक्षाको सुव्यवस्थित प्रणाली स्थापना गरेको र यसलाई नियमित रुपले सञ्चालन गर्दै आएको छ। विकसित परिस्थितिको आवश्यकताअनुसार हाम्रो पार्टीले विचारधारात्मक शिक्षाको रुप र विधिलाई स्थिर रुपले परिमार्जन र परिष्कृत गर्दै आएको छ। विचारधारात्मक शिक्षा भनेको आलोचनाबाट अघि बढ्ने विचारधारात्मक रुपान्तरणको एउटा महत्त्वपूर्ण रुप हो। आलोचना भनेको विचारधारात्मक अस्वस्थतालाई रोक्ने एउटा शक्ति प्रदायक तत्त्व हो। क्रान्तिकारी ढङ्गले पार्टी कार्यकर्ता र सदस्यहरूलाई आलोचनाको माध्यमबाट प्रशिक्षित गर्न विचारधारात्मक सङ्घर्ष हुन सकोस् भनेर हाम्रो पार्टीले पार्टीभित्रै आलोचना गर्ने एउटा स्वस्थ वातावरण स्थापना गरेको छ। .... |