September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

सडक र नालीको गुणस्तरहीन निर्माण


    नगरकोट सडकखण्ड कमलविनायकमा वर्षाको पानी बग्ने कुलो र सडक कालोपत्र गर्ने ठेक्का पाएका दीपक राना र मधु लामिछानेको काममा ढिलासुस्ती र निर्माणमा गुणस्तरहीनको कारण आउने असारमा जनताले दुःख पाउने अवस्था देखिंदै छ। कुलो बनाइसकेपछि मात्र सडक बिगार्नुपर्नेमा त्यसो नगर्दा जनता धुलोमा लट्पटिनु परेका छन्।
    नगरकोट सडकको सल्लाघारी खण्ड जीर्णाेद्धार गर्न डोजर चलाएको महिनौं भयो। विद्युत प्राधिकरण र नेपाल टेलिकमका खम्बाहरू सार्नुपर्ने काम ढिलो हुँदा डिभिजन सडक कार्यालय भक्तपुरले निहुँ पायो। नगरकोट सडक देकोचाबाट चाँगुनारायण पुग्ने बाटो तीन वर्षअघि मर्मत गरियो तर एक हप्तामै सो सडक बिग्रियो र अद्यापि धुलाम्मे छ। दरबार क्षेत्रबाट सल्लाघारी जोड्ने बाटोमा रातारात कालोपत्र थपियो। अहिले मिनिबस पार्क वरपर बाटो बिग्रिसक्यो।
    कमलविनायकमा बन्दै गरेको नालीमा नक्कली सिमेन्ट नै प्रयोग भएको देखिन्छ। गलत काम गरेका ठेक्केदारलाई जिल्लाले कालोसूचीमा राख्ने सिफारिस गरे पनि विभाग र मन्त्रालयले संरक्षण गरेको हुँदा गलत काम गर्नेहरूको मनोबल बढ्यो। यस्ता विषयमा अख्तियार मौन बस्नु भएन।
– सागर र साथीहरू, कमलविनायक