|
जनताले पानी पाएनन्
भक्तपुर नगरपालिकाले खानेपानीको हाहाकार भएको समयमा टोलटोलमा ट्याङ्करबाट राहतस्वरुप ट्याङ्करबाट पानी वितरण गर्नु राम्रो भए पनि वास्तविक पानीको समस्या झेल्न बाध्य जनताले प्यास मेट्न पाइरहेका छैनन्। भक्तपुर नगरमा अधिकांश जनता किसान छन्। उनीहरू दिनभरजसो खेतमा नै काममा व्यस्त हुन्छन्। यता नपाले भने दिउँसोको समयमा खानेपानी वितरण गर्दा वास्तविक समस्यामा परेका जनताले पानी पाउन सकेका छैनन्। नपाले साँच्चै खानेपानीको समस्याले आक्रान्त जनताको निम्ति यो कार्य गरेको हो भने बिहान सबेरै खानेपानी वितरण गर्नुपर्छ। नगरपालिकाले स्थानीय जनताको समयलाई ध्यानमा राखेर वितरण नगर्ने हो भने बसी खानेको निम्ति मात्र राम्रो हुन्छ। यसतर्फ नपाले सोच्ने हो कि ! अझ नगरमा गरिएको खानेपानी वितरण अपुग छ। नपाले जनतालाई पुग्दो किसिमले पानी वितरण गर्नुपर्ने देखिन्छ। नगरपालिकाले कहिले कुन ठाँउ/टोलमा के कति खानेपानी वितरण गर्ने हो, त्यसबारे जनतालाई सार्वजनिक गर्नेतर्फ पनि ध्यान दिने हो कि? – सुबोध, भक्तपुर
|