|
बाँच्नको निम्ति पानी अति आवश्यक
खानेपानी पनि नेपाली जनताले सर्वसुलभ रुपमा पाउन सकेका छैन। मानिस खाना नखाई २–४ दिन बाँच्न सकिएला तर पानी नपिई बाँच्न मुस्किल हुन्छ। यस्तो संवेदनशील विषयमा स्थानीय निकाय र सरोकारवाला पक्षले किन ध्यान पुर्याउँदैनन्? पानी किन सजिलै उपलब्ध गराइँदैन? के यो राष्ट्रको दायित्व होइन? विश्वको ठूलो जलस्रोतको धनी भएर पनि काठमाडौं उपत्यकाजस्तो ठाँउमा यसको सुलभ तरिकाले उपलब्ध छैन। चोक–चोक, गली गली जहाँ सार्वजनिक धाराहरू छन्, त्यहाँ पानी भर्नको निम्ति लाइन राखेका भाडाहरूको दृश्य देखिन्छ। यो वर्ष समस्या झन् अति नै भयो। पानीको पर्खाइमा बसी, पानी नआई यत्रतत्र पानीको खेती गरिरहेको विरक्तलाग्दो दृश्य जताततै देखिन्छ। पिउनको निम्ति पानीको अभाव हुनुु हाम्रो राष्ट्रको निम्ति लाजमर्दाे कुरा हो। हाम्रा नेताहरूले भाषणकोे सट्टामा काम गरेका भए यो समस्याबाट पहिले नै हामीले मुक्ति पाइसक्यौं होला। तर यस्तो हुन्न सकेन। सम्बन्धित पक्ष यस विषयमा किन मौन छ? के यस विषयमा ध्यान पुर्याउनु आफ्नो जिम्मेवारी ठान्दैनन्? जनतालाई पानीको उपभोग गर्न पाउने अधिकारबाट किन बन्चित गर्दैछन्? के पानीको मुहान सुकेर नै पानीको अभाव भएको हो त? यसो भएको हो भने नेपालीलाई जलस्रोतको धनी देश भन्नु अब जरुरी छैन ! अज्नवी
|