September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

हारेकाहरू हिरो बन्न खोज्दा

संविधानसभाको आयु अन्ततः अकल्पनीय रुपमा टुङि्गएको छ। चार शासक दलका शीर्षस्थ नेताहरूको दैनिकजसो भएका बैठक र छलफल अन्ततः बेक्काम सावित भए। फेरि एकपटक नेपाली जनता निरासाको भूमरिमा फस्न पुगेका छन्। देशको सङ्क्रमणकालीन अवस्था फेरि लम्बिने देखिएको छ।  

यसको मूल कारण जनताबाट निर्वाचित ६०१ जना सभासद्हरू ६ जना नेताको होमा हो मिलाउने र उनीहरूको सहमतिको मुख टाकेर बस्नु नै हो। त्यसमाथि संविधानसभा निर्वाचनमा जनताबाट अस्वीकार गरेका नेताहरू काङ्ग्रेसका सुशील कोइराला, कृष्णप्रसाद सिटौला, एमालेका माधवकुमार नेपाल, केपी ओलीलगायत नेताको सहमतिमा भरपर्नु नै हो। त्यसकारण देशले यो अवस्थाको सामना गर्नुपर्नाको प्रमुख कारण भन्नु नै हारेकाहरू हिरो बन्न खोज्नु हो। 

– सुनिल बोहजू