|
अव्यवस्थित ढल निकासबाट वातावरणीय प्रदूषण
भक्तपुर नगरभित्रबाट बगेको ढललाई अव्यवस्थित रुपमा खोलामा छोड्दा वरपरको वातावरण प्रदूषित भएको छ। विशेष गरेर हनुमानघाट, भीमसेन स्थान तथा राम मन्दिर पुलको छेउबाट बगेको ढललाई सिधै खोलामा छोडेको कारण वरपरको वातावरण प्रदूषित भएको हो। यसले स्थानीय बासिन्दाहरूलाई होइन बाह्य पर्यटकलाई समेत असर नपर्ला भन्न सकिन्न। सूर्यविनायक र जगाती भएर भक्तपुर नगरभित्र प्रवेश गर्ने मुख्य द्वारमै अनियन्त्रित रुपमा ढल खोलामा छोड्दा स्थानीय बासिन्दाहरूलाई मात्र होइन यसले विश्वका विभिन्न देशहरूबाट भक्तपुर घुम्न आएका पर्यटकहरूलाई समेत नकारात्मक असर पारेको देखिन्छ। हनुमानघाट, डपिङ्गसाइट र राममन्दिरका स्थलहरू पर्यटकीय र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण छ। त्यस्ता स्थलहरूको वरपरको वातावरणलाई स्वच्छ, पवित्र तथा सफासुग्घर राख्न निकै जरुरी छ। अतः यसरी अनियन्त्रित रुपमा बगेको ढलको निकासलाई उपयुक्त स्थानमा बिसर्जन गरी भक्तपुरको गरिमामा रहेको उक्त पर्यटकीय तथा धार्मिक स्थलहरूको वरपरको वातावरणलाई ध्यान दिनु आवश्यक छ। त्यसको लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ। – रवि ध्वजू, प्रशिक्षाथीर् |