September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

कमलविनायक सडकको वास्तविक सत्य तथ्य !

  नगरकोट सडक खण्ड कमलविनायकमा आजभन्दा करिब ६ महिना अगाडि बोलपत्र आह्वान भई महालक्ष्मी एण्ड/सिंह ब्रदर्श जेभीले कालोपत्र र लालीगुराँस कन्सट्रक्सनले आरसीसी ह्यूम पाइपको ढल राख्ने काम र आरसीसी सडक ढलानको कामको सम्झौता भएको थियो। सडक बनाउने सम्बन्धित डिभिजन सडक कार्यालय नं. ४ भक्तपुरलाई पटकपटक सम्पर्क राख्दा नगरपालिका क्षेत्रभित्र निर्माण काम परेको हुँदा ढलको निकासको विषयमा समन्वय गर्नुपर्छ भन्ने जवाफ पाएको हो।
    सडकले नगरपालिकासँग सम्बन्ध राख्दा कन्सल्टेन्सीले प्राविधिक कारण देखाउँदै समय लिने डिभिजन सडक कार्यालय नं. ४ भक्तपुरका डिभिजन प्रमुखदेखि सम्पूर्ण साइट इन्चार्ज सरुवा पत्र बुझी सरुवा हुने स्थिति भएको हुँदा सडक विभाग र नगरपालिकाको दूरी टाढा भएकोले हामीले समय अवधिभर लाइन पाएनौं। त्यसको अलावा महालक्ष्मी एण्ड सिंह ब्रदर्श जे.भी.ले समयमा लाइन नपाइएमा भविष्यको समय निश्चित छैन। हप्तैपिच्छे बन्द, हड्ताल, महङ्गो र वर्षाले काम हुनसकेन भने निर्माण व्यवसायी दोषीको भागिदार हुनेछैन भनी चारवटा निवेदन सम्बन्धित कार्यालयमा दर्ता गराइसकिएको छ। डिभिजन सडक कार्यालय नं. ४ भक्तपुरमा नयाँ डिभिजन प्रमुखलगायत प्राविधिक आई यसै स्थितिमा कालोपत्रे गर्ने भनी लाइन दिंदा स्थानीय बासिन्दाहरूले ढल नबनाउने भयो भनी बाटो रोकी अवरोध गरेपछि, ढल कुलोको निर्माण हाल आएर सुरु भएको छ। उक्त नाली ढलको निकासको काम यो महिना आ.व. लाग्ने देखिन्छ। उक्त काम सक्दा वर्षा भेटिसक्छ। त्यसकारण यो अवस्थामा स्थानीय बासिन्दाले हिलो, धूलो भयो भन्दैमा कालो पत्र गरी हाल्ने स्थिति छैन। म पिचवाला व्यवसायी हात बाँधेर बस्नुपरेको छ। समयमा निर्माण गर्न नसक्नु (पिच गर्न नसक्नु) डिभिजन सडकको दोष छ कि नगरपालिकाको हो कि निर्माण व्यवसायीको? यहाँहरूले नै मनन गर्नुस्।
– प्र.प्रो. मधुराम लामिछाने, निर्माण व्यवसायी भक्तपुर