September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

हिटलरका जनरलहरू र अमेरिकी राजनीतिज्ञहरू

लरेन्स सेल्लिनदोस्रो विश्वयुद्धको समाप्तिको बेला जर्मन सेनाका जनरलहरूले आफूहरूलाई होलोकास्ट (नाजी नरसंहार) र पूर्वी मोर्चामा तिनीहरूले प्रदर्शन गरेको व्यापक बर्बरताबारे जानकारी नभएको बयान दिएका थिए। तिनीहरू झूट बोल्दै थिए।
    १९४२ र १९४५ को बीचमा बेलायती गुप्तचर सेवा–एसआईएसले पक्राउ गरिएका ६४, ४२७ भन्दा बढी जर्मन जनरल र अरु वरिष्ठ सैनिक अफिसरहरूको बयान रेकर्ड गरेको थियो। तिनीहरूलाई उत्तरी लण्डनस्थित ककफोस्टर नगरमा टे्रन्ट पार्कका भवनहरूमा अत्यन्त सुविधाजनक आवास उपलब्ध गराइएको थियो।
    नाजी अफिसरहरूसित लिइएका ती बयान युद्धकै निम्तिमात्र उपयोगी सीमित भए तर तिनीहरूले नाजी शासनको प्रकृति, कार्य र जर्मन र सेनाका उच्च तहका अधिकृतहरूको विचारबारे व्यापक सूचना दिएका थिए। मेन्ज विश्वविद्यालयका एक प्राध्यापक सोन्के नैरजेलले 'हिटलरका जनरलहरूसितको बयानः गोप्य कुराकानीको पाण्डुलिपि–१९४२–४५' नाममा एक मोटो पुस्तक बयानको टेप रेकर्ड उतारबाट तयार गरी सम्पादन गरेका छन्।
    उक्त रेकर्ड गरिएको बयानअनुसार ती तीन वर्षमा नाजी सेनाद्वारा यहुदीहरूको व्यापक नरसंहार, युद्ध बन्दीहरूको गोली हानी हत्या, मानिसहरूलाई भित्रै राखी चर्च जलाइएको र रुसी तथा युक्रेनियालीहरूविरुद्ध गरिएका अरु युद्ध अपराधका लामो श्रृङ्खला थाहा हुन्छ र वर्णन गरिएको छ। बीसौं शताब्दीका केही सबभन्दा भयानक पाशविकतामध्ये जर्मन जनरलहरूले गरेका धेरै कुकर्महरू पर्ने कुरामा कुनै शङ्का छैन। तिनीहरूले किन त्यस्तो गरेका थिए होलान्?
    परम्परागत बुद्धिमानीका विपरीत धेरैजसो जर्मन अधिकृतहरूले हिटलरको उदयलाई मन पराएका थिए। किनभनले उसले सेनाको सङ्ख्या बढाउने वाचा गरेका थिए र उसले तिनीहरूको शक्ति र प्रतिष्ठा बढाएको मान्थे। कुनै आश्चर्य छैन, जर्मन जनरलहरू जसले हिटलरको अत्याचार रोक्ने क्षमता राख्थे, धेरैजसोले घुँडा टेके, डरको कारण होइन बरु तिनीहरूको शक्ति प्रतिष्ठा गुम्ला भने जोखिमले।
    त्यसैप्रकारले मात्रामा घटबढ होला, अमेरिकी राजनीतिज्ञहरू र मूलधारका सञ्चारमाध्यमका तिनीहरूका भित्रियाहरू आजकल संरा अमेरिकाकै इतिहासमा सुन्दर मुखुण्डो लगाएर सबभन्दा ठूलो झूट मञ्चन गरिरहेका छन्। किनभने सत्यले संरा अमेरिकी सरकारको निर्मूल नहुने भ्रष्टाचारको रोगलाई पर्दाफास गर्छ, त्यस राजनीतिक व्यवस्थाको जरैदेखि हल्लिने हुन्छ र तिनीहरूको शक्ति र प्रतिष्ठा जोखिममा पर्छ।
    बाराक हुस्सैन ओबामा संवैधानिक रुपमा अवैध राष्ट्रपति हुन्। उनले २७ अप्रिल २०११ का दिन राष्ट्रिय टेलिभिजन अगाडि नक्कली जन्म प्रमाणपत्र आफ्नो भनी देखाएका थिए। उनको जन्मबारे त्यस सम्बन्धित सेवा कार्यालयमा कहिल्यै दर्ता गरिएको थिएन र उनको त्यो अपराधका निम्ति उक्त सङ्घीय कार्यालय (राष्ट्रपति कार्यालय) कहिल्यै पुग्न नपाउनुपर्ने हो। ओबामा उनका निम्ति जारी नभएको सामाजिक सुरक्षा नम्बर पनि प्रयोग गर्छन्। मे १७, २०१२ मा एक पत्रिका ब्रेइटबर्ट ९द्यचभष्तदबचत० ले १९९१ मा बाराक ओबामाको साहित्यिक संस्था एक्सन एण्ड डिस्टेल ९ब्अतष्यल ब्लम म्ष्कतभ०ि ले ओबामा 'केन्यामा जन्मेको र इण्डोनेसिया र हवाई हुर्केका' बताउँदै आएको थियो। ओबामाले राष्ट्रपतीय  उम्मेदवारीको अभियान थाल्नु दुई महिनाअघि २००७ को अप्रिलको अन्तिमसम्म पनि एक्सन एण्ड डिस्टेलले ओबामालाई केन्यामा जन्मेका भनी प्रचार गरेको थियो।
    यदि ओबामा संरा अमेरिकामा जन्मेका होइनन् भने उनी आफ्ना अमेरिकी आमाबाट अमेरिकी नागरिकता पाउन योग्य होइनन्। अमेरिकी आमाबुबाबाट विवाहअघि या पछि जन्मेका केटाकेटी र विदेशी आमा बुबाबाट जन्मेकाहरूले सेक्सन ३०१(जी) आईएनए अनुसारमात्र नागरिकता पाउँछन्। केटाकेटीहरूलालाई नागरिकता पाउनका निम्ति उसको आमाबुबा अमेरिकी नागरिक हुनु र देशभित्रै उपस्थित हुनुपर्छ, कमसेकम बच्चा जन्मने अवधिका निम्ति भए पनि। डिसेम्बर २४, १९५२ र नोभेम्बर १३, १९८६ को बीचमा जन्मेकाहरूको हकमा १० वर्षको अवधि, चौध वर्ष पुगेपछिको थप पाँच वर्ष अमेरिकी नागरिकता लिनका निम्ति संरा अमेरिकी भूमिमा भौतिक उपस्थिति हुनैपर्छ। बाराक ओबामा जन्मेको बेलामा उनकी आमा १८ वर्षकीमात्र थिइन्। यदि उनी केन्यामा जन्मेका भए अमेरिकी संविधानको १४ औं संशोधन र सेक्स ३०१ (जी) आईएनएअनुसार उनी जन्मसिद्ध अमेरिकी नागरिक होइनन्।
    यस्तो ठूलो राजनीतिक र ऐतिहासिक अवैधानिक घटना भइरहेको दृश्य देखिंदा पनि अमेरिकी राजनीतिज्ञ र मूलधारका सञ्चारमाध्यमहरू अनुसन्धान गर्न र ओबामाको पृष्ठभूमिबारे कुनै प्रश्न उठाउन पनि पछि हटिरहेका छन्।
    तिनीहरूको गुपचुप उल्लेख्य र रहस्यमय दुवै छन्। तिनीहरूले किन यस्तो गर्दैछन्? किन कि तिनीहरूको पूर्वनिश्चित धारणाका कारण अमेरिकी राजनीतिज्ञहरूले ओबामाले वा उनका मान्छेहरूद्वारा पेश गरेका झुटा प्रमाणहरूलाई बेवास्ता गरे। तिनीहरूले आफूले पाउँदै आएको या विशेष रुपमा प्राप्त गरेको प्रतिष्ठा र धनको रक्षाका निम्ति तिनीहरू यस्तो गरेका छन्। तिनीहरूको अहिलेको रहस्यमय अनिच्छुकताका निम्ति भविष्यमा कयौं फौजदारी मुद्दामा पर्नसक्ने देखिन्छन्।जर्मन जनरलहरूजस्तै अमेरिकी राजनीतिज्ञहरूले पनि नैतिक जिम्मेवारी र मूल्य मान्यतालाई अस्वीकार गरेका छन् र शक्ति र प्रतिष्ठालाई आफ्नो देशप्रतिको कर्तव्यभन्दा ठूलो ठानेका छन्। 
    (प्रो. लरेन्स सेलिन पीएचडी डिग्री हासिल गरेका संरा अमेरिकी सेनामा २९ वर्ष सेवा गरी अवकाशप्राप्त एक कर्णेल हुन्। उनी अफ्गानिस्तान र इराकमा पनि खटिएका थिए। कर्णेल सेलिन 'अफ्गानिस्तान र सैनिक नेतृत्वको संस्कार' प्रस्तुतका लेखक पनि हुन्। उनलाई ९ीबधचभलअभ क्भििष्ल२न्कबष्।िअय्क) मा प्रतिक्रियामा सन्देश इमेल गर्नसकिन्छ।)
प्राभ्दा.रुस
ज्ष्तभिच'क न्भलभचबकि बलम ब््कभचष्अबल एयष्तिष्अष्बलक
अनुवाद: प्रकाश