दक्षिण कोरियामा एकल जीवनको मोह, पारिवारिक विसृङ्खलता बढ्यो
सोङ साङ–हो
सिओल, २० पुस। दक्षिण कोरियाको राजधानी सहर सिओलमा कार्यरत एकजना ४० वर्षीया जो चो दुई दसकदेखि एक्लो जीवन बाँचिरहेकी छिन्। उनी पारिवारिक जिम्मेवारीको बोझबाट मुक्त रहेको र पेशागत करिअरलाई निरन्तर अघि बढाएको बताउँछिन्।
कहिलेकाँही, विदेश यात्रामा निस्कदा साथीसँगीको साथ नपाउँदा दुखित हुन्छिन्, तर उनी बन्धनमुक्त जीवनशैलीबाट सन्तुष्ट छिन्। उनको विचारमा विवाहपछि यो सन्तुष्टि हराउँछ – किनभने उनका धेरै साथीहरू काममा र शिशुस्याहारमा अल्भि्कएका छन्।
“साँचो कुरा के भने मेरा धेरै साथीहरू बालबच्चा हुर्काउनेजस्तो चुनौतीपूर्ण कामले थिचिएका छन्, र केहीले त घरायसी कामले जागिरबाटै राजीनामा दिएका छन्,” चोले बताइन्। “मेरा साथीहरूको तुलनामा मैले बढी स्वतन्त्र जीवन बिताउन सक्षम भएकी छु, र यसमा म खुसी छु।”
दक्षिण कोरियामा चो एकजना प्रतिनिधि पात्रमात्र हुन्। उनीजस्ता धेरै कोरियालीले आजभोलि एक्लो जीवन बिताउन थालेका छन्। यसका पछिल्तिर धेरै कारण छन्ः आर्थिक कठिनाई, सम्बन्ध विच्छेद तथा पति वा पत्नीको आकस्मिक मृत्यु।
कोरियाली तथ्याङ्क ब्यूरोको पछिल्लो विवरणअनुसार गत वर्षसम्म एकल रुपमा बस्ने व्यक्ति (परिवार) को सङ्ख्या ५२ लाख पुगेको छ, र यो सङ्ख्या देशभरका एक करोड ९१ लाख घरपरिवारको २७.२ प्रतिशत हो। सन् १९९० को तुलनामा यो नौ प्रतिशतको वृद्धि हो।
उमेरको आधारमा, कूल एकल परिवारको १८.३ प्रतिशत ३० वर्ष उमेरको हाराहारीका छन् भने ७० वर्ष वा सोभन्दा बढी उमेरका १७.५ प्रतिशत तथा २० वर्षको हाराहारी उमेरका १७ प्रतिशत छन्।
तीस वर्षको समूहमा रहेका एकल परिवार जोन किम पनि हुन्। सिओलको दक्षिणी नगर सुओनमा कार्यरत किम एक दसकदेखि एउटा घरमा एक्लै बस्छन्। उनी विश्वविद्यालयमा भर्ना भएसँगै बाबुआमासँग अलग्गिएर त्यहाँ बस्न थालेका हुन्। किमका लागि आफ्नै किसिमको स्वतन्त्र जीवन प्राप्त छ र समय तथा पैसा पूर्णरुपमा आफ्नै लागि खर्चिने गरेका छन्।
“अरुका कुरालाई लिएर तपाईंले आफूलाई बदल्नु पर्दैन,” उनले भने, “तपाईंले जहाँ, जहिले पनि धुमपान गर्न सक्नुहुन्छ, कुनै पनि बखत सुत्न सक्नुहुन्छ र आफू खुसी पैसा खर्च गर्न पाउनुहुन्छ।”
तर यस्तो मनमौजी जीवनशैलीका पनि आफ्नै किसिमका समस्या छन्। “हो, तपाईं एक्लो हुनुहुन्छ भने सबैभन्दा ठूलो दुर्गुण नै समयसमयमा तपाईंले एक्लोपनको महसुस गर्नुपर्ने हुन्छ,” किम भन्छन्। “अर्को नकारात्मक पक्ष, केही नराम्रो भयो। बिरामी हुँदा तपाईंलाई हेरचाह गर्ने कोही हुँदैन।”
एकल परिवार सङ्ख्याको लगातार बढ्दो स्थितिले खाना खाने ठाउँहरू, बारहरू, कफीसपहरूमा एकल व्यक्तिहरूको सङ्ख्या बढेको देखिएको छ। स्थानीय रेस्टुराँ लान्चेस्टर एफएन्डबी कम्पनीले सिओल र अन्य सहरहरूमा १६ वटा रेस्टुराँ सञ्चालन गरिरहेको छ जसले एकल व्यक्तिका लागि रात्रिकालीन खानाको विशेष प्रबन्ध गर्दछ।
“यी प्रत्येक रेस्टुराँमा हामीले ठूलो बार स्थापना गरेका छौं जहाँ प्रत्येक एकल ग्राहकले आरामसँग बस्न र खाना लिन सक्छ। हामीले के पनि सुनिश्चित गरेका छौं भने एकअर्को सिटबीच निकै फराकिलो ठाउँ छाडिएको र त्यसबाट कोहीपनि ग्राहकलाई समस्या हुँदैन,” लान्चेस्टरका उपाध्यक्ष पार्क जिओन–ऊक बताउँछन्।
सिओलमै एकल व्यक्तिहरूलाई लक्षित गरी बढीभन्दा बढी मदिरा पसल (पब) हरू खुल्न थालेका छन्। दुई वर्षअघि मध्य सिओलको होन्गीक विश्वविद्यालय नजिकै ली साङ–हूनले एटलान्टिस नामको पब खोलेका थिए। यो पबले एकल ग्राहकहरूका लागि कफी, बियर र अन्य मदिराजन्य पेयपदार्थ बिक्री गर्दछ।
“मैले आफैं यो क्याफे–पबको आन्तरिक साजसज्जा गरेको हुँ। कुनै ग्राहक एक्लै यहाँ आए पनि कुनै किसिमको अप्ठ्यारो अनुभव गर्नु नपरोस् भन्नेमा विशेष ध्यान दिइएको छ,” लीले भने, “म उनीहरूको साथी हुने कोसिस गर्दछु र घरकै वातावरण यहाँ उपलब्ध गराउने प्रयत्नमा छु।”
एकल व्यक्ति परिवारको वृद्धिलाई ध्यानमा राखी डोङ्बु डेऊ इलेक्ट्रोनिक्स कर्पोरेसनले रेफि्रजेरेटर, वासिङ मेसिन र माइक्रोवेभ ओभनसमेतका साना घरेलु उपकरणहरूको उत्पादनलाई तीव्रता दिएको छ। “आफ्नो आर्थिक क्षमताको आधारमा एकल जीवन बाँच्न चाहनेहरूको सङ्ख्या बढेसँगै घरायसी उपकरणहरूको बजार वृद्धि भएको छ,” डेऊका प्रवक्ता ग्वोन डाई–हून बताउँछन्।
व्यापारिक व्यक्तिहरूका लागि, एकल व्यक्तिहरूले व्यापारिक अवसरहरू पनि सिर्जना गरिदिएका छन्। तर केही अध्येताहरूको विचारमा यो निकै संवेदनशील र सरोकारको विषय हो। उनीहरू यसले मुलुकमा जनसाङ्ख्यिक चुनौतीहरू निम्त्याउँछ, खासगरी न्यून जन्मदरलाई यसले बढावा दिनेछ। कोरियाको हाल जन्मदर १.२ को हाराहारीमा छ, र सन् २००५ मा यो दर सबैभन्दा न्यून १.०८ रहेको थियो।
“वयस्क व्यक्तिहरूले विवाह गर्न नरुचाउनाले मुलुकको प्रजनन दरमा असर पर्नेछ, र यसले ठूलो सामाजिक समस्या निम्त्याउनेछ,” कोरियाली स्वास्थ्य तथा सामाजिक मामिला इन्स्टिच्यूटका एसोसिएट अनुसन्धान फेलो ली साङ–लिमले बताए। “दीर्घकालीन दृष्टिकोणबाट विचार गर्दा, यी एकल व्यक्तिहरू विस्तारै बुढ्यौलीमा प्रवेश गर्नेछन्, र उनीहरूकै लागि सामाजिक कल्याण लागतमा वृद्धि हुनेछ।”
उनको विचारमा सरकारले बढ्दो हाउजिङ लागत र अस्थिर रोजगारीको कारण सिर्जित समस्यामा ध्यान दिनुका साथै विवाहसँग सम्बन्धित सरोकारलाई न्यून गर्न विस्तृत, दीर्घकालीन नीतिहरू ल्याउनेतर्फ तत्कालै आवश्यक कदमहरू चाल्नुपर्दछ। न्यूज एजेन्सीप्रस्ताव पारित गर्न पदको लोभ !
राजनीतिक दलका नेताहरू पद र पैसा भुलेसम्म देशको राजनीति सही ढङ्गले अघि बढ्दैन र राजनीतिक निकास निस्किंदैन। सत्तारुढ दलका नेताहरू कहिले सरकार टिकाउने, कहिले लम्ब्याउन त कहिले देशघाती र जनविरोधी ऐन कानुन बनाउने काममा समर्थन पाउन पद र पैसाको लोभ देखाउँछन्। त्यही पद र पैसामा फसाएर संविधान संसोधन प्रस्तावमा दुईतिहाई मत पुर्याउन सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्न थालेको जानकारी प्रकाशमा आएको छ। यो प्रयास सरकारको हो भने त्यो गलत छ। संविधान संशोधन प्रस्ताव पारित गर्न मन्त्रिपरिषद् विस्तार गरेर अरु दलको मन तान्ने सरकारको यो गुलियो पोतेको विष हो भन्ने कुरा कुनै देशभक्त दलका नेता तथा सांसदहरूले भुल्नुहुन्न।
संविधान संशोधन प्रस्तावको पक्षमा दुईतिहाइ नपुग्ने कुरा सत्तारुढ दललाई राम्ररी थाहा छ। त्यसकारण पर्याप्त मत पुर्याउन सरकारले साम, दाम, दण्ड र भेदको नीति अपनाउनु स्वाभाविक हो। अनेक चलखेल र षड्यन्त्र हुन्छ, लोभलालच देखाउँछ। यसको एउटा पछिल्लो उदाहरण मन्त्रिपरिषद्को विस्तारको प्रयास हो। अहिले रहेको मन्त्रीपरिषद् नै ठूलो भइसकेको छ। फेरि मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने जरुरी छैन, आवश्यक छैन। मन्त्रिपरिषद् विस्तार गर्ने समय पनि होइन। मन्त्रीपरिषद् विस्तारको नाउँमा अरु दललाई उपप्रधानमन्त्री र मन्त्रिको जिम्मा दिएर सरकारले संविधान संशोधन प्रस्ताव पारित गर्ने जालो फ्याकेको छ। त्यो जालोमा फस्नु हुँदैन। देशघाती कदममा फसेर मन्त्री बन्नु बेइमानी नै हो। यसमा सरकारको नियत सफा नभएको थाहा हुन्छ। इज्जत जोगाउन धौ धौ परेको सरकारले एकपछि अर्को गल्ती गर्दैछ। एउटा गल्ती छोप्न अर्को गल्ती गर्नु महाभूल हो। भूलै भूल गर्ने माओवादी केन्द्रका अध्यक्ष एवम् प्रम पुष्पकमल दाहाल आफ्नो पार्टीको मात्र होइन कम्युनिष्टको खोल ओढेर कम्युनिष्टको बद्नाम गर्दैछन्।मेरिना शाक्य
|