प्रचण्ड सरकार झुक्नैपर्छ
सविधान संसोधनको विधेयक प्रस्तावमा नौ दलका नेताहरूलाई समर्थन गर्नका निम्ति भनियो। तर सो विधेयकमा समर्थन गर्नुको सट्टा नौ दलले विरोधमा आन्दोलन गर्दैै आएको छ। देशघाती संशोधन फिर्ता गर भन्दै देशभक्त जनता आन्दोलित छन्।
गत मंसिर १४ गते राती प्रचण्ड सरकारले उक्त संविधान संशोधन विधेयक संसदमा पेस गरेको थियो। भारतीय शासकहरूको दबाबमा आएको उक्त प्रस्ताव देशहितविपरीत छ। प्रदेश नम्बर ५ लाई टुक्राउने विधेयकको मुख्य लक्ष्य हो। अनि विस्तारै नेपाललाई नै भारतले आफ्नो बनाउने।
संविधान संसोधनको विधेयक जनताको हितमा हुनुपर्छ। तर अहिलेको विधेयक ठिकविपरीत रहेको छ। त्यसैले नौ दलको आह्वानमा पुस २२ गते विशाल जनसभा भयो। जनताले पनि सडकमा ओर्लेर नौ दलको मतलाई समर्थन गरे।
जनता जुलुस सिधिसक्दा पनि नारा लगाएर जुलुस गर्दै थिए। यसले सच्चा नेपाली नागरिकको आवाज बुलन्द गरेको थियो।
जुलुस पछि सभामा परिणत भएको थियो। नौ दलका शीर्ष नेताले सभाको सम्बोधन गर्नुभयो। सहभागी सबैले ध्यानपूर्व सुने। यसरी सबै एकजुत भई लाग्ने हो भने प्रचण्ड सरकारले झुक्नैपर्छ र हामी जित्नेछौं भन्ने भाव सबैमा थियो। र यो गर्नु अत्यावश्यक पनि छ।
– हिना सुवाल
|