एक वर्षमै एउटा ज्याकेटको मूल्य एक हजार बढ्यो
वर्षै पिच्छे सामानहरूको भाउ अपत्यारीलो तरिकाले बढीरहेको छ। पोहोर साल मैले एउटा 'लेदर लुक्स ज्याकेट' २५ सय रुपैयाँमा किनेको थिए। यसपाली त्यस्तै क्वालिटीको ज्याकेटलाई पसलेहरूले ३५ सय भन्छन्। एकै वर्षमा एक हजार मूल्यवृद्धि, यो त अति भयो नि। हामीजस्तो विद्यार्थीहरूलाई मूल्यवृद्धिले प्रत्यक्ष असर पारेको छ। यस विषयमा पनि सरकारले ध्यान दिए हुन्थ्यो।
–अमृत बस्नेत बानेश्वर, थापागाउँँ
|