उच्च शिक्षा डुबाउँदै विश्व बैङ्क
काठमाडौं ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस तीन वर्षअघि स्वायत्ततामा गए पनि क्याम्पस प्रमुखसम्म नियुक्त गर्न सकेको छैन। ९ महिनादेखि यो कलेज प्रमुखविहीन छ। स्वायत्तामा गए पनि विश्वविद्यालयमा भइरहेको दलीय भागवण्डाले त्यस्ता कलेज स्वतन्त्र हुन सकेका छैनन्।
कलेज प्रमुख नियुक्तिमा एमालेभित्रका गुटउपगुटबीच विवाद उत्पन्न भएपछि सञ्चालक समिति नियुक्त गर्न पछि हटेको रहस्य खुलेको छ।
स्वायत्ततामा जाँदाताका १२ हजारको सङ्ख्यामा रहेका विद्यार्थी अहिले घटेर ५ हजारमा सीमित भएको छ।
बिनातयारी दाताको दबाबमा त्रिभुवन विश्वविद्यालयले आफ्ना आङ्गिक कलेजलाई रकमको प्रलोभन देखाउँदै स्वायत्तता दिँदा पठनपाठन स्तर खर्स्कदै गएको छ। पहिलो र दोस्रो उच्च शिक्षा परियोजना असफल भएपछि विश्व बैङ्कले पुनः साढे ६ अर्ब रुपैयाँ लगानीमा उच्च शिक्षा सुधार परियोजना नामक ५ वर्षे कार्यक्रम नेपाली उच्च शिक्षामा लादेको छ। यसै कार्यक्रममार्फत स्वायत्तता नाममा उसले सरकारी कलेज र उच्च शिक्षा ध्वस्त पार्ने काम गरिरहेको आरोप सरोकारवालाको छ।
विश्वविद्यालयबाट स्वायत्ततामा जाने कलेज भौतिक, प्रशासनिक पूर्वाधारले पूर्ण हुनुपर्छ। त्यस्ता कलेजले आफ्नै पाठ्यक्रम बनाउने, परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने, विद्यार्थी सङ्ख्या बढाउने र कलेज प्रमुख नियुक्ति गर्नसक्ने, नयाँ विषय थप्ने, आवश्यकताअनुसार दरबन्दी सिर्जना गर्न अधिकार राख्छन्।
रुवी
|