September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

सडक

कविता
 इ. राकेश कार्की 

सडक सडकमै हुन्छन् 

जनता सडकमै हुन्छन् 

विरोध सडकमै हुन्छन् 

आन्दोलन सडकमै हुन्छन्। 

 

रगत पसिना सडकमै कराउँछन् 

भोका पेटहरू सडकमै हराउँछन् 

नाङ्गा शरीरहरू सडकमै छोडिन्छन् 

स्वाधीनता सडकमै उफ्रिंदै रून्छन्। 

 

केवल नेतृत्व वर्ग फेरिन्छन् 

भाषणको शैली फेरिन्छन् 

कहिले सडकमा आन्दोलन गर्छन् 

कहिले सरकार चलाउँछन्। 

 

कहिले भाषण गर्छन् 

सडक नै रननन तताएर 

कहिले शासन गर्छन् 

सडकमै कफर्यु लगाएर।