September 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

मस्को घोषणापत्र र मस्को वक्तव्यको आधारमा हामी एक होऔं !–१

(मस्को घोषणापत्र र मस्को वक्तव्यका आधारमा हामी एक होऔं ! विश्व कम्युनिष्ट आन्दोलनलाई तुहाउन र छिन्नभिन्न पार्न संशोधनवादीहरूले निरन्तर दुस्प्रयास गरिरहेका छन्। शब्द र वाक्यलाई नकेलाउने र भाव र अर्थलाई विश्लेषण नगर्ने हो भने अन्तर्राष्ट्रवाद भड्खालोमा पर्नसक्छ। 

मस्को घोषणापत्र र मस्को वक्तव्य विश्व कम्युनिष्ट आन्दोलनमा र त्यसबारे जानकारी राख्न चाहनेहरूका निम्ति महत्त्वपूर्ण दस्तावेज हुन्। ती दस्तावेजलाई 'च्यातेर फाल्न' संशोधनवादीहरूले गरेको दुस्साहसविरुद्ध चिनियाँ कम्युनिष्ट पार्टीले चलाएको अविचलित सैद्धान्तिक संघर्षबारे पाठकहरूलाई जानकारी दिन नेपाल (काठमाडौंं) स्थित जनवादी गणतन्त्र चीनको दूतावासको सूचना विभागद्वारा 'सारा मुलुकका मजदुरहरू एक होऊ, हाम्रा साझा दुश्मनको विरोध गर !' (तीन सम्पादकीय) शीर्षकमा अनौपचारिक अनुवाद गरी प्रकाशित गरेको थियो। – सम्पादक) 

जनवरी १५ देखि २१ तारिखसम्म जर्मनीको समाजवादी एकता पार्टीको छैठौं महाधिवेशन भयो। 

विश्वशान्ति, राष्ट्रिय मुक्ति, जनवाद तथा समाजवादको लागि गरिने जनसङ्घर्षको सफल विकासलाई रोक्ने आफ्नो प्रयासमा साम्राज्यवादीहरु, विभिन्न देशका प्रतिक्रियावादीहरु र युगोस्लाभियाली संशोधनवादीहरु विश्वका जनताको एकतालाई र खास रुपमा समाजवादी शिविर तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकतालाई छुटाउन सक्दो प्रयास गरिरहेका छन्। सबै देशका कम्युनिष्टहरु र समस्त प्रगतिशील मानव जाति अन्तर्राष्ट्रिय कम्युनिष्ट पङ्क्तिहरुको एकतामा परिरहेको अधिकाधिक बढ्दो नोक्सानलाई देखेर गहिरो रुपमा चिन्तित तथा व्याकुल छन् र उनीहरु मस्को घोषणापत्र तथा मस्को वक्तव्यको आधारमा दुश्मनको विरुद्ध गरिने साझा सङ्घर्षमा रहेका मतभेदहरु हटाएर एकतालाई बलियो पार्ने उत्सुकतापूर्वक माग गरिरहेका छन्। 

यो हाम्रो आसा थियो कि यस्तो परिस्थितिमा भएको जर्मन समाजवादी एकता पार्टीको महाधिवेशनले मस्को घोषणापत्र तथा मस्को वक्तव्यको अवलम्बन गर्दै समाजवादी शिविरको तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकतामा योगदान गर्नेछ। जर्मन जनवादी गणतन्त्र समाजवादी शिविरको पश्चिमी मोर्चामा अवस्थित छ र यसले अमेरिकाली साम्राज्यवादद्वारा समर्थित पश्चिम जर्मन सैन्यवादको खतराको सामना गरिरहेको छ। सङ्घर्षको मुख्य हमला स्वाभाविक रुपमा हाम्रा साझा दुश्मनहरुको विरुद्ध परिलक्षित हुनुपर्ने थियो। उक्त महाधिवेशनले त्यस्ता व्यवहारहरुलाई दोहोर्‍याउनुपर्ने एकदम कुनै कारण थिएन जुन व्यवहारहरुले हाम्रा नजीकका मानिसहरुलाई दुःखी बनाउँछन् र दुश्मनलाई खुसी पार्छन्। 

दुर्भाग्यवश, महाधिवेशनमा घटेका घटनाहरु हाम्रो आशाको विपरीत रहे। 

कुरा र काम 

बन्धु पार्टीहरुको बीचमा हमलाहरुलाई बन्द गरेर एकतालाई बलियो पार्ने धेरै कुराहरु भन्दाभन्दै चिनियाँ कम्युनिष्ट पार्टी र अरु बन्धु पार्टीहरुमाथि ज्यादै नै असभ्य हमलाहरु गर्न वक्तव्य जारी गरियो जसले मतभेदहरुलाई अरु फराकिलो पार्छ र एकतालाई अरु नोक्सान पुर्‍याउँछ र मस्को घोषणापत्र तथा मस्को वक्तव्यको समर्थन गर्ने धेरै कुरा भन्दाभन्दै मस्को घोषणापत्र तथा मस्को वक्तव्यको खुला रुपमा उल्लङ्घन गरेर मार्क्सवाद–लेनिनवादप्रति विश्वासघात गर्ने टिटो गुटबारे स्वीकृत फैसलालाई उल्टाउन निर्लज्ज प्रयत्नहरु गरिए, यी नै महाधिवेशनका प्रमुख विशेषताहरु थिए। 

निमन्त्रणा पाएर महाधिवेशनमा भाग लिएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेताले आफ्नो भाषणको सिलसिलामा मस्को वक्तव्यमा गरिएको युगोस्लाभियाली संशोधनवादको आलोचनाको उद्धरण तथा व्याख्या गर्नुहुँदा महाधिवेशनको कार्यकारी सभापतिले उहाँलाई बारम्बार रोक्नुभयो। यो सङ्केतबाट उत्तेजित भई महाधिवेशनको भवनमा असन्तोषको शब्द, सिठ्ठीको आवाज तथा खुट्टा बजारेको आवाजले कोलाहल भयो। अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यस्तो घटना हुनु साँच्चिकै अनौठो र करिब करिब विश्वास नलाग्दो थियो। चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिले आफ्नो भाषण सिध्याएपछि महाधिवेशनको कार्यकारी सभापतिले विरोध पनि गर्नुभयो। उहाँले भन्नुभयो कि चीनको कम्युनिष्ट पार्टीको प्रतिनिधिद्वारा गरिएको युगोस्लाभियाली संशोधनवादको आलोचनालाई उहाँ 'अधिकतम निर्णयात्मक रुपमा अस्वीकार गर्नुहुन्छ' र उहाँले यसलाई 'कम्युनिष्ट तथा क्रान्तिकारी मजदुर पार्टीहरुको बीचमा प्रचलित सारा नियमहरुको विपरीत' भनी बताउनुभयो। त्यसपछि सोभियत अखबार 'इज्भेस्टिया'ले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिद्वारा गरिएको युगोस्लाभियाली संशोधनवादको आलोचनालाई 'एकदमै अनाधिकारपूर्ण' भनेर बताउँदै चिनियाँ प्रतिनिधिमाथि हमला गर्‍यो। 

जर्मनीको समाजवादी एकता पार्टीको यस महाधिवेशनले समस्त विश्वका कम्युनिष्टहरुको सामु निम्नलिखित साह्रै महत्त्वपूर्ण सवालहरुलाई प्रस्तुत गरेको छ: 

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका पङ्क्तिहरुलाई एक पार्ने हो कि होइन? 

वास्तविक एकता हुने हो कि झूठो एकता हुने हो? 

कुन आधारमा एकता हुने हो, मस्को घोषणापत्र तथा मस्को वक्तव्यको आधारमा एकता हुने हो अथवा युगोस्लाभियाली संशोधनवादी कार्यक्रमको आधारमा वा अरु कुनै आधारमा 'एकता' हुने हो? 

अर्काे शब्दमा, मतभेदहरुलाई हटाएर एकतालाई बलियो पार्ने हो अथवा मतभेदहरुलाई बढाएर फूट पैदा गर्ने हो? 

चिनियाँ कम्युनिष्टहरु, अरु सबै मार्क्सवादी–लेनिनवादीहरु र तमाम प्रगतिशील जनता एकमतले एकतालाई कायम राख्न र फूटको विरोध गर्न चाहन्छन्, वास्तविक एकता ल्याउन र झूटो एकताको विरोध गर्न चाहन्छन्, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकताको समान आधारको सुरक्षा गर्न र त्यस आधारलाई कमजोर पार्ने कुराको विरोध गर्न चाहन्छन् र मस्को घोषणापत्र तथा मस्को वक्तव्यको आधारमा समाजवादी शिविरको तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकतालाई कायम राख्न र बलियो पार्न चाहन्छन्। 

मुख्य कुरो एकता हो 

चीनको कम्युनिष्ट पार्टीको सधैं यो मत रहेको छ कि समाजवादी शिविरको तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकता सबै देशका जनताको क्रान्तिको विजयको निम्ति, साम्राज्यवाद तथा यसका पाल्तु कुकुरहरुको विरुद्ध गरिने सङ्घर्षको निम्ति, विश्वशान्ति, राष्ट्रिय मुक्ति, जनवाद तथा समाजवादको लक्ष्यको निम्ति र विश्वभरमा कम्युनिष्ट लक्ष्यको निम्ति विजयको विश्वस्त प्रत्याभूति हो। यस्तो एकताको आधार मार्क्सवाद–लेनिनवाद तथा सर्वहारा अन्तर्राष्ट्रवाद, १९५७ को मस्को घोषणापत्र तथा १९६० को मस्को वक्तव्य हुन्। जीवन तथा ऐतिहासिक महत्त्वका उक्त दुई दस्तावेजहरु सबै देशहरुका कम्युनिष्ट तथा मजदुर पार्टीहरुद्वारा एकमतले स्वीकृत गरिएका थिए र उनीहरु अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका साझा कार्यक्रम हुन्। उनीहरुप्रति अटल रुपमा कर्तव्यनिष्ठ रहेरमात्र एकतालाई बलियो पार्न सम्भव छ र वास्तविक एकता हुन सम्भव छ। उक्त दुई दस्तावेजहरुको उल्लङ्घन गर्नाको फलस्वरुप एकता कमजोरमात्र हुनसक्छ वा झूठो एकतामात्र हुनसक्छ। मस्को घोषणापत्र तथा मस्को वक्तव्यमा स्वीकृत क्रान्तिकारी सिद्धान्तहरु र बन्धु पार्टी तथा देशहरुको बीचका सम्बन्धहरुका निर्देशक साझा सिद्धान्तहरुलाई बढाउनु र मस्को घोषणापत्र तथा मस्को वक्तव्यको विपरीत हुने सबै कुरा तथा कामहरुको विरुद्ध सम्झौताहीन सङ्घर्ष चलाउनु सबै देशहरुका कम्युनिष्टहरुको पवित्र कर्तव्य हो। 

चीनको कम्युनिष्ट पार्टीले समाजवादी शिविरको र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकतालाई बढाउन तथा बलियो पार्न अविचल रुपमा काम गरेको छ। १९५६ मा साम्राज्यवादीहरु, विभिन्न देशका प्रतिक्रियावादीहरु र युगोस्लाभियाली संशोधनवादीहरुले विश्वव्यापी सोभियतविरोधी तथा कम्युनिष्टविरोधी हमलाको सङ्गठन गरे तथा हङ्गेरीमा क्रान्तिविरोधी विद्रोहको सिर्जना गरे। अरु बन्धु पार्टीहरुको साथ मिलेर चीनको कम्युनिष्ट पार्टीले सङ्घर्ष चलाएर मार्क्सवाद–लेनिनवादलाई सुरक्षित पार्‍यो र समाजवादी शिविरको सुरक्षा गर्‍यो। 

१९५७ र १९६० का मस्को सम्मेलनहरुमा आफ्ना संयुक्त प्रयत्न तथा पूर्ण सर–सल्लाहद्वारा अरु बन्धु पार्टीहरु र चीनको कम्युनिष्ट पार्टीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको लागि साझा नीतिको प्रतिपादन गरे तथा बन्धु पार्टी तथा देशहरुका सम्बन्धहरुलाई निर्देशित गर्ने साझा सिद्धान्तहरुको स्थापना गरे। उक्त दुवै सम्मेलनहरुमा हामीले एकताको निम्ति हानिकारक केही गलत प्रवृत्तिहरुको विरुद्ध आवश्यक सङ्घर्ष चलायौं र कुनै कुराहरुमा आवश्यक सम्झौता पनि गर्‍यौं र यसरी सम्मेलनहरुमा सर्वसम्मत सम्झौतामा पुग्न योगदान गर्‍यौं। 

चिनियाँ कम्युनिष्ट पार्टीको हार्दिक सल्लाह 

१९६१ मा सोभियत सङ्घको कम्युनिष्ट पार्टीको बाइसौं महाधिवेशनमा त्यस्तो पहिलो घटना घट्यो जसमा आफ्नै महाधिवेशनमा एक पार्टीले नामै लिएर अर्काे बन्धु पार्टीमाथि, अल्बानियाली लेबर पार्टीमाथि खुला हमला गर्‍यो, त्यसबेला चीनको कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले दृढ विरोध गरेर आवाज उठायो र हार्दिक सल्लाह प्रदान गर्‍यो। त्यही बेला नै हामीले यो कुरा भन्यौं कि यस किसिमको व्यवहारले 'एकतालाई मद्दत गर्दैन र यो समस्याहरुको समाधान गर्नमा मद्दत दिने खालको छैन। बन्धु पार्टी तथा बन्धु देशहरुको बीचको झगडालाई खुला रुपमा दुश्मनको सामु ल्याउने कामलाई मार्क्सवादी–लेनिनवादी दृष्टिकोणप्रति गम्भीर भएको ठान्न सकिंदैन। यस्तो दृष्टिकोणले हाम्रा नजीकका मानिसहरुलाई दूषितमात्र पार्नेछ र हाम्रा दुश्मनहरुलाई खुशी पार्नेछ। चीनको कम्युनिष्ट पार्टी दिलैदेखि यो आसा गर्छ कि जुन बन्धु पार्टीहरुको बीचमा झगडा वा मतभेदहरु छन् उनीहरु मार्क्सवाद–लेनिनवादको आधारमा र स्वाधीनता तथा समानताप्रति आपसी सम्मानको आधारमा फेरि एक हुनेछन्। यो खेदको कुरा हो कि हाम्रा प्रयत्नहरुले सोभियत–अल्बानियाली सम्बन्धहरु अझ बिग्रनुबाट रोक्न सकेनन्। केही मानिसहरुले हाम्रा असल अभिप्रायहरुको पटक–पटक निन्दा गरे। 

बन्धु पार्टी तथा देशहरुका आपसी सम्बन्धहरुका निर्देशक सिद्धान्तहरुलाई बढाउने र एकतालाई बलियो पार्ने इच्छाले चिनियाँ कम्युनिष्ट पार्टीले १९६२ को अप्रिलमा केही बन्धु पार्टीद्वारा सम्बन्धहरुलाई राम्रो पार्न तथा वातावरणलाई सुधार्नको लागि प्रस्तुत प्रस्तावहरुको सक्रिय समर्थन गर्‍यो र सम्बन्धित बन्धु पार्टीलाई लेखेको चिठीमा यो विचार प्रकट गर्‍यो कि मैत्रीपूर्ण छलफल तथा सल्लाहद्वारा मतभेदहरुलाई हटाउन र एकतालाई बलियो पार्न सबै देशहरुका कम्युनिष्ट तथा मजदुर पार्टीहरुका प्रतिनिधिहरुको एउटा सम्मेलनको आयोजना गरिनुपर्छ। हामीले यो पनि भन्यौं कि सम्मेलन हुनुभन्दा अघि, सम्मेलनको लागि अनुकूल अवस्थाहरुको सिर्जना गर्न र यसको सफलतालाई सुनिश्चित पार्नको निम्ति सबै बन्धु पार्टीहरुले अर्काे बन्धु पार्टीमाथि गरिने रेडियो तथा प्रेस हमलालाई बन्द गर्नुको साथै केही विस्तृत तयारीहरु गर्नुपर्छ। 

हाम्रो निम्ति ठूलो दुःखको कुरा हो कि चीनको कम्युनिष्ट पार्टी र अरु बन्धु पार्टीहरुका उक्त प्रस्तावहरुको सम्बन्धित बन्धु पार्टीबाट कुनै मिल्दो जवाफ पाइएन। त्यसको उल्टा, बन्धु पार्टी तथा देशहरुका सम्बन्धहरुका निर्देशक सिद्धान्तहरुको उल्लङ्घन गर्ने व्यवहार र खास रुपमा कुनै पार्टी महाधिवेशनमा नामै लिएर अरु बन्धु पार्टीहरुमाथि खुला हमला गर्ने व्यवहार झन अधिक खराब भएको छ। हालका बन्धु पार्टीहरुको हरेक अधिवेशनमा अल्वानियाली लेबर पार्टीमाथि हमला गर्ने कामलाई जारी राखियो र चीनको कम्युनिष्ट पार्टीमाथि हमलाहरु गरिए र एउटा महाधिवेशनमा कोरियाली मजदुर पार्टीमाथि हमला गरियो। 

नयाँ चरम सीमा 

योविपरीत प्रवाह जुन मस्को घोषणापत्र तथा मस्को वक्तव्यको विरुद्ध छ र जसले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकतालाई खलबलाइरहेको छ जर्मनीको समाजवादी एकता पार्टीको छैठौं महाधिवेशनमा आएर नयाँ चरम सीमामा पुग्यो। त्यहाँ धेरै उपायहरु गरेर युगोस्लाभियाली संशोधनवादी गुटलाई बचाइयो र मस्को वक्तव्यअनुसार युगोस्लाभियाली संशोधनवादको आलोचना गर्ने बन्धु पार्टी प्रतिनिधिलाई एकदमै अमैत्रीपूर्ण तथा असभ्य ढङ्गले व्यवहार गरियो। यस्तो व्यवहार ज्यादै अशिष्ट र साथै पूर्णरुपले निरर्थक छ। कुनै कामरेडहरुको दृष्टिमा बन्धु पार्टीहरुद्वारा एकमतले स्वीकृत भएको मस्को वक्तव्यका सिद्धान्तहरुप्रति दृढ प्रतिज्ञा हुनु अनाधिकारपूर्ण तथा अनुचित भयो, जबकि मस्को वक्तव्यद्वारा निन्दा गरिएका युगोस्लाभियाली संशोधनवाद स्वागतयोग्य र उचित भयो। एकातिर उनीहरुले मार्क्सवाद–लेनिनवादप्रति दृढ प्रतिज्ञा रहने कामरेडहरुमाथि जथाभावी हमला गरे तथा अर्कोतिर, उनीहरुले पूरा संशोधनवादीहरुसित एकताबद्ध हुने चञ्चलतापूर्वक कुरा गरे। एकातिर उनीहरुले युगोस्लाभियाली संशोधनवादको विरोध गरिरहेका बन्धु पार्टीहरुका प्रतिनिधिहरुलाई बोल्ने अवसरबाट बञ्चित गर्न हरसम्भव उपायको उपयोग गरे र अर्काेतिर उनीहरुले मार्क्सवाद–लेनिनवादका विश्वासघातीहरुको प्रशंसा गरे। यस निर्लज्ज व्यवहार नियोजित रुपमा गरिएको हुनाले यो झन् बढ्ता गम्भीर हुनगयो। 

यहाँ हामीले पूरा गम्भीरताका साथ यो भन्नैपर्छ कि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन सङ्कटमय स्थितिमा छ। तमाम देशहरुका कम्युनिष्ट तथा मजदुर पार्टीहरुको एकताको समान आधार, मस्को घोषणापत्र तथा मस्को वक्तव्य सार्वजनिक रुपमा च्यातिन जाने ठूलो खतरामा परेका छन्। समाजवादी शिविर तथा अन्तर्राष्ट्रिय आन्दोलनको एकता गम्भीर सङ्कटको सङ्घारमा रहेको छ। 

आजको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा युगोस्लाभियाली संशोधनवादप्रतिको दृष्टिकोण सानो होइन कि ठूलो सवाल हो, यो कुनै एउटा विवरणसित सम्बन्धित होइन किसम्पूर्णसित सम्बन्धित सवाल हो। यो मार्क्सवाद–लेनिनवादप्रति दृढ प्रतिज्ञा रहने हो वा युगास्लाभियाली संशोधनवादीहरुसित दलदलमा फस्न जाने हो भन्ने मस्को घोषणापत्र तथा मस्को वक्तव्यलाई एकताको आधार मान्ने हो वा युगोस्लाभियाली संशोधनवादी कार्यक्रम या अरु कुनै चीजलाई 'एकता' को आधारमात्रै हो भन्ने र वास्तविक रुपमा एकतालाई बलियो पार्ने हो वा एकताप्रति ओठे सेवामात्र गरेर वास्तवमा एकतालाई फुटाउने हो भन्ने सवाल हो। अन्तिम विश्लेषणमा, यो मस्को घोषणापत्र तथा मस्को वक्तव्यप्रति दृढ प्रतिज्ञा रहने हो वा तिनीहरुलाई च्यातेर पठाउने हो भन्ने सवाल हो। 

युगोस्लाभियाली संशोधनवादीहरुको निन्दा 

१९६० को मस्को वक्तव्यमा स्पष्ट रुपमा भनिएको छ – “कम्युनिष्ट पार्टीहरुले अन्तर्राष्ट्रिय अवसरवादको युगोस्लाभियाली रुपकोत्र केन्द्रीभूत रुपमा आधुनिक संशोधनवादी 'सिद्धान्तहरु' को विविध रुपको एकमतले निन्दा गरेका छन्। मार्क्सवाद–लेनिनवादलाई पुरानो बताउँदै त्यसप्रति विश्वासघात गरिसकेपछि युगोस्लाभियाको कम्युनिष्ट लीगका नेताहरुले १९५७ को घोषणापत्रको विरोधमा आफ्नो लेनिनवादविरोधी संशोधनवादी कार्यक्रमलाई पेश गरेत्र उनीहरुले सम्पूर्ण अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विरोधमा युगोस्लाभियाको कम्युनिष्ट लीगलाई खडा गरे, आफ्नो देशलाई समाजवादी शिविरबाट अलग्याए, यसलाई अमेरिकी तथा अरु साम्राज्यवादीहरुको तथाकथित 'सहायता' माथि निर्भर बनाए र यसरी युगोस्लाभियाली जनताले वीरतापूर्वक सङ्घर्षद्वारा प्राप्त गरेका क्रान्तिकारी सफलताहरुलाई गुम्न जाने खतरामा पारे। युगोस्लाभियाली संशोधनवादीहरु समाजवादी शिविर तथा विश्व कम्युनिष्ट आन्दोलनको विरुद्ध ध्वंसात्मक कामलाई बढाउँछन्। गुटबाट बाहिर रहने नीतिको बहाना गरेर उनीहरु यस्ता गतिविधिहरुमा लाग्छन् जसले सबै शान्तिप्रेमी शक्ति तथा देशहरुको एकतालाई नोक्सान पार्छन्। युगोस्लाभियाली संशोधनवादी नेताहरुको अरु उदांग्याउनु र युगोस्लाभियाली संशोधनवादीहरुको लेनिनवादविरोधी विचारहरुबाट कम्युनिष्ट आन्दोलन तथा मजदुरवर्गीय आन्दोलनलाई सुरक्षित पार्नु मार्क्सवादी–लेनिनवादी पार्टीहरुको एक आवश्यक काम रहन्छ।” 

युगोस्लाभियाली संशोधनवादको विरुद्ध चिनियाँ कम्युनिष्ट पार्टीले अपनाएको स्थिति ठीक मस्को वक्तव्यमा स्वीकृत भएको स्थिति होत्र त्यो त्यही स्थिति हो जसलाई सबै मार्क्सवादी–लेनिनवादी पार्टीहरुले अपनाउनुपर्छ र अपनाउनु नै पर्छ। यो ती युगोस्लाभियाली संशोधनवादीहरुको स्थितिको ठीक उल्टो छ जो मस्को घोषणापत्र तथा मस्को वक्तव्य दुवैको मौलिक रुपमा विरोधी छन् र जो सबै देशहरुका कम्युनिष्ट तथा मजदुर पार्टीहरुको साझा कार्यक्रमको विरुद्ध आफ्नो संशोधनवादी कार्यक्रम पेश गर्छन्। युगोस्लाभियाको कम्युनिष्ट लीगको कार्यक्रममा टिटो गुट समाजवादी शिविर तथा साम्राज्यवादी शिविरको बीचमा रहेको मूलभूत विरोधलाई अस्वीकार गर्छ र उनीहरु 'गुटभन्दा बाहिरको' स्थितिको वकालत गर्छन्त्र उनीहरु सर्वहारावर्गीय क्रान्ति तथा सर्वहारावर्गीय अधिनायकत्वको सिद्धान्तलाई अस्वीकार गर्छन् र पूँजीवादी देशहरु समाजवादमा 'शान्तिपूर्ण ढङ्गले बढ्न' सक्छ भनेर भन्छन्त्र उनीहरु समाजवादी देशहरुमा रहेको सम्पूर्ण जनताको मालिकत्वलाई 'राजकीय पूँजीवाद' भन्छन् र मार्क्सवाद–लेनिनवादलाई अप्रचलित ठान्छन्। यो सबै मस्को घोषणापत्र तथा मस्को वक्तव्यमा मार्क्सवादी–लेनिनवादी प्रस्थापनाहरुसित त्यतिकै मिल्दैन जति आगो पानीसित मिल्दैन। 

१९५७ को मस्को सम्मेलनपछि त्यही साल डिसेम्बरमा प्रकाशित आफ्नो केन्द्रीय कमिटीको नवौं विस्तारित बैठकको विज्ञप्तिमा युगोस्लाभियाको कम्युनिष्ट लीगले घोषणा गरेको थियो: 'यो विस्तारित सभा ठान्छ कि प्रतिनिधिमण्डलले युगोस्लाभियाको कम्युनिष्ट लीगको केन्द्रीय कमिटीको राजनीतिक नीतिको अनुसरण गर्दै बाह्र समाजवादी देशहरुका कम्युनिष्ट तथा मजदुर पार्टीहरुको सम्मेलनमा भाग नलिएर तथा त्यस सम्मेलनको घोषणापत्रमा सही नगरेर ठीक गर्‍यो जुन घोषणापत्रमा यस्ता केही दृष्टिकोण तथा मूल्याङ्कनहरु छन् जो युगोस्लाभियाको कम्युनिष्ट लीगको दृष्टिकोणको विपरीत छ र जसलाई लीग गलत ठान्दछ।' 

 

क्रमश: